आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

पीडितलाई न्याय दिने प्रक्रिया पुराना दलहरूले रोकेका छन्

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
चुनावका बेला गरेको बाचा बिर्सिएको छैन : गृहमन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रवि लामिछाने

सदनले गर्ने कामकारबाही मूलतः सरकारको गम्भीरता र कार्यक्षमतामा भरपर्छ । सदनको नेतृत्व त सभामुखले गर्नुहुन्छ तर सदनका काम कारबाही पनि अन्ततः बहुमत र अल्पमतमा हुने भएकोले सरकारसँग जोडिएको हुन्छ । किनकि, सरकार सदनमा जसको बहुमत छ उसैले बनाउँछ ।

यस हिसाबमा, सदनले गर्ने काम प्रत्यक्ष र परोक्ष सरकारसँग नै सम्बन्धित हुन्छ । यस अर्थमा, यो सदनले के गर्‍यो कति गर्‍यो भन्ने कुरा सरकार र सत्ता गठबन्धनसँग जोडिन आउँछ । जहाँसम्म टीआरसी सम्बन्धी विधेयकको कुरा छ– हामीले प्रष्ट भनेका छौं कि यो कुनै पार्टी विशेषको कुरा होइन । यो आजको राष्ट्रिय कार्यभार हो । यो राज्यद्वारा न्याय सम्पादन गर्ने कुरा हो, तसर्थ यो महत्वपूर्ण कुरा हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी संक्रमणकालीन न्यायलाई छिटो र उपयुक्त विधिबाटै गर्नुपर्छ भन्ने कुरामा प्रष्ट छ र हामी यो प्रक्रियालाई एउटा जिम्मेवार पार्टीका हिसाबले सहयोग गर्न तयार छौं । यो राष्ट्रिय सहमति वा गठबन्धन सहमतिको विषय होइन, यो त पीडितलाई न्याय दिने कुरा हो ।

यसमा दुवै पक्षबाट भएका गम्भीर मानवअधिकारको उलंघन र जघन्य अपराधका प्रशस्त घटना छन् । सत्ता शक्ति वा सहमतिबाट झुक्याएर वा झुलाएर समाधान गरिन खोजिएका कारणले १७ वर्ष बित्यो । यसलाई पीडितलाई न्याय दिने हेतुले सही प्रक्रियामा लग्न कसैले रोकेको छ भने त्यो पुराना दलहरूले नै हो । राजनीतिक पार्टीहरू जो हिजो यो द्वन्द्वका बेलामा कुनै न कुनै रूपमा सम्बन्धित थिए उनीहरू नै गम्भीर छैनन् ।

 

जहाँसम्म शीर्ष तहको सहमति, छलफल र बैठक भनिन्छ यो आफैंमा कति लोकतान्त्रिक छ रु यो नेतृत्वले कसको विचार बोक्छ रु आफ्नो पार्टीको वा नेपाली जनताको रु तसर्थ, यो शीर्ष भन्ने अवधारणा आफैंमा त्यति सुहाउँदो भएन । न्यायले केवल विधि र विधान चिन्छ कुनै शीर्ष चिन्दैन । तर हाम्रा पुराना पार्टीहरूले विधि र विधानलाई कहिले पनि महत्व दिएनन् । जसका कारण न्याय पाउन पनि अमूक नेताहरूमा भरपर्नुपर्ने भयो र जनताका अति आवश्यक कुराहरू पनि प्रथामिकतामा पर्न सकेनन् ।

अझ, प्रतिनिधि सभाको सवालमा त हामीले सभाको कामकारबाही व्यवस्थित गर्न प्रतिनिधिसभा नियमावली पनि बनाएका छौं । तर, पुराना पार्टीहरूले आजको परिवर्तित व्यवस्थामा पनि आफ्ना पुरानो संसदीय प्रवृत्ति नछोडेका कारण, आज पनि सदन प्रभावकारी हुन सकेको छैन । सदन प्रतिनिधि सभा सदस्यहरूले सभामुखको नेतृत्वमै सञ्चालन हुनुपर्ने हो र कार्यसूची अनुसार नै जानुपर्ने हो । तर, अगाडि मैले भने जस्तो सरकारको भूमिका यसमा महत्वपूर्ण हुन्छ । तर गठबन्धनको सरकार सदनलाई देश र जनताको पक्षमा होइन, आफ्नो सत्तास्वार्थमा मात्र प्रयोग गर्न चाहन्छ । जसले गर्दा, सदन प्रभावकारी हुन सकेको छैन ।

शान्ति सम्झौताका हस्ताक्षरकर्ता नै अहिले प्रधानमन्त्री हुनुहुन्छ, सत्ता साझेदार कांग्रेससँग घाँटी जोडिएको पनि वर्षौं भैसकेको छ । त्यसैले गर्दा मलाई लाग्छ( नेताहरूले बाहिर आफूलाई सिरियस देखाए पनि भित्र चाहिं संवेदनशील छैनन् । निश्चितरूपमा सदनको नेतृत्व पनि यसमा जिम्मेवार हुन्छ तर यसो भन्दै गर्दा, संसदीय प्रणालीमा सरकार भनेको सदनको बहुमत हो भन्ने तथ्यलाई पनि हामीले नकार्न मिल्दैन ।

विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएर १८ वर्ष लाग्यो । राजनीतिक पार्टी वा राजनीतिकर्मीको रूपमा हाम्रो उदय भएको डेढ वर्ष हुँदैछ । यो विषय नटुङ्गिर अहिलेको सदनसम्म आइपुग्नु नै विडम्बना हो । तथापि अहिलेको सदनसम्म आइपुगेपछि अहिलेको राजनीतिक शक्तिको रूपमा हाम्रो पनि भूमिका रहन्छ । तर पूराना हस्ताक्षरकर्ता दलहरूले सर्वपक्षीय बैठकहरू गर्दा पनि हामीलाई बोलाउने गर्नुभएको छैन ।

यी विषयहरू उहाँहरूले नै सम्झौता गरी टुंग्याउनुहुन्छ भने लौ न त भनेर हामी चुपचाप बसिदिएका छौं । तापनि उहाँहरूको सम्झौता कस्तो हुन्छ, गम्भीर मानवअधिकार उल्लघंनका विषय कसरी समेटिन्छन् भनेर हामी नियालेर हेरिरहेका छौं ।

दलीय सहमतिको नाममा सदनभित्र छलफल नगरी बाहिर बाहिर छलफल गरिनु कदापि ठीक होइन । तर पनि परिणाम निस्किएको भए त्यसलाई अन्यथा भनिहाल्ने पक्षमा हामी थिएनौं । सदनबाहिरबाट उहाँहरूले निकास दिन नसकेपछि अब सदनबाट निकास दिनेगरी अघि बढ्नुपर्छ, नत्र १७ वर्ष भइसक्यो, अझै कति ढिला गर्ने हो र रु अब भने निकास दिनपर्छ र सदनको नेतृत्व यसमा जिम्मेवार हुनपर्छ । हामीले पनि अब यसको निकासका लागि दबाब दिनपर्ने अवस्था आएको महसुस हुन थालेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

४ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक