बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दाङमा २५ विघाभन्दा बढी जमिनमा फूल खेती

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दाङमा २५ विघाभन्दा बढी जमिनमा फूल खेती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

घोराही । दाङमा २५ विघाभन्दा बढी जमिनमा फूल खेती गरिएको छ । तिहारमा प्रयोग हुने प्लाष्टिक मालालाई हटाउँदै फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सयपत्री  फूलको व्यावसायिक खेती गरिएको हो ।

जिल्लामा व्यवसायिक फूल खेती बढेपछि यस बर्ष तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले प्लाष्टिक मालाको प्रयोगलाई प्रतिबन्ध लगाएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र दंगीशरण गाउँपालिकामा व्यावसायिक रुपमै सयपत्री फूलको खेती गरिएको छ ।

तिहारको बेला मात्र होइन, यसपालि अन्य सार्वजनिक मेला, महोत्सव र कार्यक्रमहरुमा मालाका लागि सहजै फूल पाइने व्यवसायीको भनाइ छ । दाङमा तिहारका बेला फूलको अभाव नहुने कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जिल्लाभर करिब २५ विघा क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष जिल्लामा पुष्प व्यवसाय बढेकाले जिल्लामा चाडपर्वको समयमा पुष्पको अभाव हुनेछैन । उहाँले भन्नुभयो, ‘विगतका बर्षहरुको तुलनामा यसबर्ष धेरै ठाउँहरुमा पूmल खेती छ । जस्लेगर्दा विगतमाजस्तो यसबर्ष बाहिरबाट पूmल ल्याउनुपर्ने अवस्था छैन ।’

उहाँका अनुसार सबैभन्दा धेरै यसबर्ष तुलसीपुर उपमहानगरपालिका –१७ मा एकै ठाउँमा १६ विघा क्षेत्रफलमा फूल खेती गरिएको छ । त्यहाँबाट दाङका बजार र बाहिरी जिल्लामा समेत फूल निर्यात भइरहेको छ ।

तुलसीपुर उपमहानगरपालिका –१७ मा १६ विघासँगै तुलसीपुर–१५ मा १० कठ्ठा र अन्य क्षेत्रको समेत गरी तुलसीपुरमा १८ विघा क्षेत्रफलमा फूल खेती गरिएको छ । घोराही उपमहानगरपालिकामा करिब पाँच विघा क्षेत्रफलमा फूल खेती गरिएको लामिछानेले जानकारी दिनुभयो ।

जिल्लामा पूmल खेती बढेकाले आम्दानी पनि राम्रो हुने आशामा रहेको घोराही उपमहनगरपालिका –१४ झिगौरामा फूल खेती गर्नुभएका दाङ एग्रोमार्ट कृषि फर्मका सञ्चालक बीरेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगत बर्षमा विक्री भएको अवस्था र यो बर्ष बढेको  फूल खेतीले जिल्लाका लागि प्रयाप्त उत्पादन भएको छ । बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन ।’

त्यसैगरी घोराही उपमहानगरपालिका –१४ मा जलजला पुष्प व्यवसाय सञ्चालन गर्दै आनुभएका लोकेन्द्र रोका मगर पनि जिल्ला फूल खेती बढेकाले यो बर्ष बाहिरबाट ल्याउन नपर्ने अवस्था रहेको बताउनुभयो । विगत छ सात बर्षदेखि पूmल खेती गर्दै आउनुभएका रोकाले भन्नुभयो, ‘विगतको तुलनामा यसबर्ष धेरै ठाउँमा खेती भएको छ । यस्ले जिल्लाको आवश्यकतालाई पुरा गर्ने देखिन्छ ।’ उहाँका अनुसार जिल्लामा यस बर्ष एक सयदेखि एक सय ५० रुपियाँसम्म माला तथा  फूल प्रतिकेजी ३ सयदेखि ४ सय रुपियाँसम्म विक्री भइरहेको छ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१९ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक