काठमाडौं । लामो समयको विवादपछि अन्ततः सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान निजीकरणमा गएको छ । बीमा ऐन २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान खारेज भएपछि संस्थान राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएसँगै हिजो सोमबारदेखि कम्पनीमा रुपान्तरण भएको हो ।
राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक रुपमा शुरु गरिएको छ । कम्पनीमा रुपान्तरण भएपनि बीमा प्राधिकरणबाट लाइसेन्स लिने लगायतका थुप्रै प्रक्रिया पूरा गरेपछि मात्रै औपचारिक रुपमा बीमा पोलिसी जारी हुने जनाइएको छ ।
२०२९ साल फागुन ७ देखि औपचारिक रुपमा जीवन बीमाको कारोबार सुरु गरेको कम्पनीले छुट्टै ऐनद्वारा स्थापित संस्थानलाई कम्पनीको रुपमा परिवर्तन गर्न लागिएको छ ।
करिब ५० वर्षे इतिहास बोकेको कम्पनीले अहिले अधिकांश जीवन बीमा व्यवसायको हिस्सा सरकारी कर्मचारीको बीमा गरेर जोगाइरहेको छ भने अब कम्पनीमार्फत कारोबार गरिने छ ।
कर्मचारीहरु पनि अब के गर्लान् रु प्रतिक्षाकै बिषय छ ।


