काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १५ नेताको टोली आज चीन भ्रमणका लागि प्रस्थान गर्ने भएकाे छ ।
पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेताहरू चीन भ्रमणमा जान लागेका हुन् ।
दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले जनाए ।


