जाजरकोटको रानीडाडलाई केन्द्रबिन्दू भएर मध्यरातमा आएको भूकम्पको चपेटामा परी जारजरकोट र रुकुममा कम्तिमा १२८ जनाले ज्यान गुमाएको र ठूलो संख्यामा मानिसहरु घाइते भएको घटनले नेपाल कम्युनिष्ट पार्टी स्तब्ध र दुःखी भएको छ ।
प्राकृतिक बिपत्तिको यस दुःखद घडीमा भूकम्पले कालकलबित हुनु भएका नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
यस बिपत्तिका बेला भूकम्पको मारमा परेका परिबारको उद्धार र राहत कार्यमा तत्काल जुट्न सरकार, राजनीतिक दल र समाजसेवी संस्थाहरु तथा चिकित्सक सबैमा नेपाली कम्युनिष्ट पाटी हार्दिक आग्रह गर्दछ ।
क्षतिको सम्पूर्ण बिवरणहेरी पीडित परिबारको भरणपोषण, स्वास्थ्यो उपचार र जीवन धान्न आबश्यक राहत सहीत क्षतिपूर्ति प्रदान गर्न सरकारसँग नेपाल कम्युनिष्ट पार्टी बिशेष आग्रह गर्दछ ।


