बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाले नेपालको स्तरोन्नतिमा थप सहयोग गर्ने प्रतिबद्धता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अमेरिकाले नेपालको स्तरोन्नतिमा थप सहयोग गर्ने प्रतिबद्धता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा अमेरिकी सरकारले नेपालको स्तरोन्नतिलाई सघाउ पुग्ने गरी थप सहयोग तथा साझेदारी गर्ने प्रतिबद्धता जनाएको छ ।

अमेरिका भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदमार्फत अमेरिकी सरकारले नेपाल अमेरिकाको पुरानो र अभिन्न मित्र रहेको सन्देश दिँदै नेपालको विकास समृद्धिमा अमेरिकाको साथ र सहयोग सदैव रहने प्रतिबद्धता जनाएको हो ।

मन्त्री साउद र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच न्युयोर्कमा द्विपक्षीय साझेदारी र विकास सहकार्यमा गहन छलफलसहितको भेटवार्ता भयो । भेटवार्ता नेपालको भावी विकासका लागि फलदायी भएको मन्त्री साउदले बताउनुभयो ।

अमेरिकाको विदेश मन्त्रालयमा मङ्गलबार भएको भेटमा द्विपक्षीय हितका विषय, साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका साथै दुई देशबिच भविष्यमा सम्भावित साझेदारीका सवालमा गहन छलफल भयो । वार्तामा नेपाल र अमेरिकाका विदेशमन्त्रीले नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै सो सम्बन्धलाई थप प्रगाढ बनाउन पारस्परिक हितका क्षेत्रमा आपसी संलग्नतालाई विस्तार र गहिरो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

परराष्ट्रमन्त्री साउदले नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ सम्ममा स्तरोन्नतिका लागि अगाडि बढेको सन्दर्भमा विकासका प्राथमिकताबारे अमेरिकाका विदेशमन्त्री ब्लिन्केनलाई अवगत गराउनुभयो । त्यसका लागि व्यापार तथा लगानी, बजारको पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोगको अपेक्षासमेत गर्नुभयो । उहाँले नेपालबाट नयाँ निर्यातयोग्य वस्तु थप गर्दै नेपालको व्यापार प्राथमिकता कार्यक्रम र प्राथमिकताका आधारमा सामान्यकृत प्रणाली (जिएसपी) सुविधाका लागि अनुमति दिँदै त्यसको विस्तार गर्न अमेरिकी सरकारसँग आग्रह गर्नुभयो ।

मन्त्री साउदले अमेरिकी सरकारको अन्तर्राष्ट्रिय सहयोग (युएसएआइडी) र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) मार्फत नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग जारी राखेकोमा विदेशमन्त्री ब्लिन्केनमार्फत अमेरिकी सरकारलाई धन्यवाद दिनुभयो । दुवै विदेशमन्त्रीले एमसिसी अन्तर्गतका आयोजनाको समयमै कार्यान्वयनको आवश्यकतामा जोड दिएको न्युयोर्कस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रजातान्त्रिक शासनको सुदृढीकरणमा नेपालको प्रगतिको प्रशंसा गर्दै अमेरिकाका विदेशमन्त्री ब्लिन्केनले अमेरिकाले नेपाललाई बलियो र समृद्ध लोकतान्त्रिक मुलुकका रूपमा हेर्न चाहेको बताउनुभयो । उहाँले परराष्ट्रमन्त्री साउदलाई नेपालको विकास प्रयासमा अमेरिकाले आगामी दिनमा निरन्तर सहयोग जारी राख्ने आश्वासन दिनुभयो ।

क्षेत्रीय र बहुपक्षीय मञ्चमा नेपाल–अमेरिका सहयोग, मध्यपूर्वको वर्तमान अवस्थालगायत क्षेत्रीय तथा विश्वव्यापी मामिलामा साझा चासोका अन्य विषयमा दुई विदेशमन्त्रीले आफ्ना धारणा आदानप्रदान गर्नुभयो । जसमा जलवायु परिवर्तन, विश्व शान्तिलगायतका मुद्दामा आपसमा सहकार्य गरेर अघि बढ्न सकिने विचार दुई विदेशमन्त्रीले आदानप्रदान गर्नुभयो ।

जिएसपी अन्तर्गतको निर्यात बढाउनुपर्ने

अमेरिकी जिएसपी कार्यक्रमले विकासशील मुलुकबाट आयात गर्ने विभिन्न वस्तुलाई अमेरिकी बजारमा भन्सारमुक्त प्रवेशमा सघाउँछ । जसले नेपाल जस्तो मुलुकमा आर्थिक मितव्ययिता गर्दै आगामी विकासका लागि अघि बढ्न र व्यापारको दायरा बढाउन सहयोग गर्दछ ।

तर, नेपालबाट निकै न्यूनस्तरमा जिएसपी अन्तर्गत वस्तु तथा सेवा अमेरिका निर्यात हुने गरेको छ । त्यसमा पनि नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा अमेरिकाबाट अति कम विकसित मुलुकका नाममा नेपाललाई गरिँदै आएका सहयोग रोकिने छन् । उता जिएसपीको दर पनि न्यून रहेकाले त्यो बढाउन सरकारले थप पहल गर्नुपर्ने आवश्यकता रहन्छ ।

विदेश मन्त्रालयको तथ्य अनुसार नेपालमा उत्पादित झन्डै पाँच हजार प्रकारका वस्तु अमेरिकामा भन्सारमुक्त प्रवेशका लागि योग्य मानिएका छन् । तीमध्ये करिब तीन हजार पाँच सय वस्तु सबै मुलुकका लागि भन्सारमुक्त छन् । बाँकी एक हजार पाँच सय वस्तु नेपाल जस्तो विकासशील र अल्पविकसित मुलुकका लागि मात्र भन्सारमुक्त छन् ।

नेपाललगायत विभिन्न मुलुकबाट अमेरिकाले हालसम्म १८.५ खर्ब डलर बराबरको आयात जिएसपी अन्तर्गत गरेको विदेश मन्त्रालयले उल्लेख गरेको छ । जसमा नेपालको ५.१ अर्ब डलरको आयात समावेश रहेको छ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१४ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक