बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच भेटवार्ता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच भेटवार्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच सोमबार वासिङटन डीसीमा भेटवार्ता भएको छ ।

नेपाल–अमेरिका साझेदारीको सुदृढीकरणमा जोड

उक्त अवसरमा उनीहरुबीच नेपाल र अमेरिकाबीच द्विपक्षीय सम्बन्धलाई थप विस्तार, साझेदारीको सुदृढीकरणमा जोड दिने, ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० परियोजना कार्यान्वयन, अक्टोबर ७ मा हमासको आक्रमणबाट १० नेपालीको मृत्यु तथा विकासका प्राथमिकताहरुमा अमेरिकाको थप सहयोगको बारे कुराकानी भएको हो ।

उक्त भेटवार्तापछि वासिङ्टनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उनीहरुबीच द्विपक्षीय सम्बन्धका साझा हितका साथै साझा सरोकारका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान भएको उल्लेख गरेको छ ।

‘भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा संलग्नतालाई विस्तार र गहिरो बनाउने प्रतिबद्धता नवीकरण गरेका थिए,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्रमन्त्री साउदले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएको सन्दर्भमा विकासका प्राथमिकताहरू उल्लेख गरेका थिए । उनले व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोग गर्न आह्वान गरेको दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री साउदले उक्त अवसरमा नेपालका लागि नयाँ निर्यात योग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम ९एनटीपीपी० र जेनरलाइज सिस्टम फर प्रिफरेन्स (जीएसपी) सुविधाको पुनः प्रमाणीकरण र विस्तार गर्न अमेरिकालाई अनुरोध गरे ।

मन्त्री साउदले अमेरिकी सहयोग युएसएआईडीमार्फत हालै अमेरिकी सहयोग र मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० लगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिए । दुवै पक्षले एमसीसी अन्तर्गतका आयोजनाहरुको समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको विज्ञप्तीमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले नेपालले लोकतान्त्रिक शासनको सुदृढीकरणमा गरेको प्रगतिको प्रशंसा गर्दै अमेरिका नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न चाहेको बताए । ‘ब्लिन्केनले परराष्ट्रमन्त्री साउदलाई नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिनुभयो,’ विज्ञप्तिमा भनिएको छ ।

दुवै पक्षले बहुपक्षीय क्षेत्रमा नेपाल–अमेरिका सहयोग, पश्चिम एसिया ९मध्यपूर्व०को वर्तमान अवस्थालगायत क्षेत्रीय तथा विश्वव्यापी मामिलाहरूमा साझा चासोका अन्य विषयमा पनि विचार आदानप्रदान गरेको दूतावासले जनाएको छ । उक्त भेटवार्तामा आफूले इजरायलमा हमासको आतंककारी हमलामा मारिएका नेपाली विद्यार्थीका परिवारप्रति समवेदना व्यक्त गरेको पनि विदेशमन्त्री ब्लिन्केनले ट्वीटमार्फत जानकारी दिएका छन् ।

भेटपछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले दुई नेताबीचको भेटवार्तामा नेपाल–अमेरिका साझेदारीको सुदृढीकरणमा जोड दिएका छन् ।

मिलरले दुई मन्त्रीले भर्खरै कार्यान्वयनमा गएको एमसीसीको चर्चा गरे र त्यसबाट पूर्वाधार निर्माण गर्ने, बिजुलीमा पहुँच बढाउने र सीमापार विद्युत् व्यापारलाई समर्थन गर्ने कुराकानी गरेको उल्लेख गरेका छन् । उनले दुई मन्त्रीहरुले नेपालमा अमेरिकी पिस कोर स्वयंसेवीहरूको सेवामा ६० वर्षभन्दा बढीको साझेदारीको पनि प्रशंसा गरे । साथै, उनीहरूले नेपालमा विस्तारित विकास वित्त निगमको लगानी, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई एक सय २५ मिलियन अमेरिकी डलर ९करिब १२ करोड ५० लाख० ऋण दिने सहमति भएको उल्लेख गरेका छन् ।

उक्त द्वीपक्षीय भेटवार्तामा नेपालका तर्फबाट मन्त्री साउदसँगै राजदूत श्रीधर खत्री र परराष्ट्र मन्त्रालय र नेपाली दूतावासका उच्च अधिकारीहरु सहभागी थिए । साथै, अमेरिकाको तर्फबाट मन्त्री ब्लिन्केनसँगै नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसन र विदेश मन्त्रालयका वरिष्ठ अधिकारी पनि थिए ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

३ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक