बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : सांसद पौड्याल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : सांसद पौड्याल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ रमा कोइराला पौड्याल सबै राजनीतिक शक्ति मुलुकका शत्रु  गरिबी, भ्रष्टाचार र बेरोजगारीविरुद्धको अभियानमा पनि एकाकार हुन आवश्यक रहेको बताउँछिन् । उनले लामो समयसम्मको राजनीतिक सङ्क्रमणले विभिन्न विकृतिविसङ्गति र   अनियमितालाई मलजल गरेकाले छिटो आवश्यक कानुन निर्माण गरी त्यस्ता बेथितिविरुद्ध मोर्चा बनाए लड्नुपर्नेमा जोड दिइन् ।

सांसद पौड्याल भन्छिन्  “देश परिवर्तनका संवाहक प्रमुख राजनीतिक शक्ति एकार्कालाई आरोपप्रत्यारोप नगरी साझा शत्रुविरुद्ध अहिले खरो भएर उत्रनुपर्छ, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सक्नुपर्छ ।”

नेपाल विद्यार्थी सङ्घ भोजपुरका जिल्ला सदस्यबाट विसं २०३५ मा  प्रवेश गरेकी नेतृ पौड्याल लामो समयसम्म नेपाल महिला सङ्घ सुनसरीका सल्लाहकार रहनाका साथै नेपाल ट्रेड युनियन कांग्रेसमा सक्रिय रहिन् । नेपाल बाल सङ्गठनमा १७ वर्ष  केन्द्रीय सदस्य भई काम गरेको अनुभव सम्हालेकी उनी नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य पनि हुन् । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित  पौड्याल हाल नेका केन्द्रीय सदस्य हुन् ।

सङ्घीय संसद्मा अहिले राजनीतिक परिवर्तनका लागि एक ढिक्का भएर लडेका सहयात्रीकै वर्चस्व रहेकाले छिटो कानुन बनाएर कार्यान्वयनमा लैजाने विषयमा पनि तिनको जोडबल हुनुपर्ने औँल्याइन् । विधायक पौडेलले संविधान जारी भएपछि तत्काल ऐन, कानुन निर्माणमा भएको ढिलाइका कारण सङ्क्रमणकाल लम्बिन गई उब्जेका अनेकौँ समस्या सम्बोधन गर्ने सिलसिलामा भएका कतिपय सहमतिले सुशासनलाई चुनौती दिएकाले छिटो कानुन तर्जुमा गरी त्यस्ता समस्यालाई किनार लगाउनुपर्नेमा जोड दिइन् ।

सदनमा आफ्नो पहिलो प्रवेश भएकाले सुरुदेखि नै त्यहाँ हुने गतिविधिलाई आफूले गहिरोसँग नियालिरहेको बताउँदै सांसद पौड्याल भन्छिन्, “विषयगत समिति गठनमा ढिलाइ भयो, अनि लामो समय सदन अवरुद्ध भयो, विधेयक आएनन्, त्यसकारण सोचे जति कानुन निर्माणको काम हुन सकेन ।”

विधायकको मुख्य जिम्मेवारी कानुन निर्माण र जनताको आवाज सदनमा बुलन्द गर्ने नै भएकामा आफू स्पष्ट रहेको बताउँदै उनले विगतको सशस्त्र द्वन्द्वबाट नागरिकमा परेको असर र भोग्नुपरेको दुःखलाई राहत प्रदान गर्नसमेत कानुन ल्याउन नसकिएको स्वीकारिन्।

कानुन निर्माणलाई तीव्रता दिनुपर्नेमा त्यसअनुरूप दौडन नसकेर आलोचित हुनुपरेको घटना सुनाउँदै नेतृ पौड्यालले भनिन् “सुरुका तीन महिना सरकार गठन र विघटनमै बित्यो । त्यसले सदनका कामकारबाहीलाई असर पुर्‍यायो । विधेयकमाथि छलफल गर्न पाइएन, कानुन निर्माणमा पछि परियो ।”

गत ११ महिनामा कम्तीमा १० विधेयक पारित गरिसक्नुपर्ने कार्यभार पूरा हुन नसकेको बताउँदै उनले बाँकी अवधिमा तर्जुमा गरिसक्नुपर्ने कानुनको जिम्मेवारी पूरा गर्न ठूलो चुनौती रहेको प्रतिक्रिया दिइन् ।

समयमै कानुन निर्माण भएमा आफ्नै कार्यकालमा बनेका कानुनको प्रभावकारिता, गुणस्तर र कमजोरीको परीक्षण गर्ने अवसर प्राप्त हुने बताउँदै सांसद पौड्यालले त्यस आधारमा गएको कार्यकाल मूल्याङ्कनका हिसाबले मध्यमसमेत बन्न नसकेको स्पष्ट गरिन् ।

प्रतिनिधिसभा, उद्योग वाणिज्य तथा उपभोक्ताहित समितिका सदस्य उनी भन्छिन्, “चाडबाडका मुखमा हुने मूल्यवृद्धि र कालोबजारीबाट सर्वसाधारण जनता महँगीमा तथा न्यून तलब ज्यालाका कारण श्रमिक अप्ठेरामा छन् । कृषक समयमा मल, बीउ पाउँदैनन् । उनीहरूलाई कहीँकतै राहत छैन, कहिले र कसले दिने ?”

एक प्रश्नका जवाफमा सांसद पौड्यालले भनिन्, “सदनमा सांसदको उपस्थिति कमजोर भएर बैठक स्थगन हुने स्थिति एउटा जनप्रतिनिधिलाई सुहाउँदो कुरा होइन, यसले सांसद र संसद्को गरिमालाई घटाएको छ । मैले दलभित्र यो कुरा धेरै पटक उठाएकी छु ।”

सदनभित्रका सबै गतिविधि सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण हुने भएकाले जनताले आफूहरूलाई नजिकबाट नियालिरहेको जनाउँदै उहाँले जनप्रतिनिधिले नै व्यवस्थाप्रति वितृष्णा फैलाउने र जनतालाई निरास बनाउने बोली, व्यवहार र प्रस्तुति दिन नहुने सुझाव दिइन् ।

वर्गीय राजनीतिका विषय उठाएर आएका वामपन्थी राजनीतिक दलले समेत जातविशेषको एजेन्डा अघि सारेकामा आफूलाई कति चित्त नबुझेको बताउँदै नेतृ पौड्यालले त्यसले विविधतायुक्त जातीय सद्भावमा खलल तुल्याएको प्रतिक्रिया दिइन् ।

एक प्रसङ्गमा उनले भनिन्, “प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गरी दुवै निर्वाचन प्रणालीमा रहेको सदस्य सङ्ख्या घटाउनमा मेरो सहमति छ । समानुपातिक प्रणालीमा सुधार गर्दै महिलालाई भने भूगोलमा बढीभन्दा बढी उम्मेदवार खडा गराउनुपर्छ ।” रासस

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

३ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक