काठमाडौं । उपत्यकामा मात्रै नभई देशैंभर कहि नभएको जात्रा हाँडीगाउँका जात्राका नामैले चर्चा रहेको जात्रा आइतबार सम्पन्न सम्पन्न भएको छ ।
करिब ३ सय ६५ दिनमा ३ यस ६६ दिन मनाइने जात्राहरूमा प्रायः खतमा राखेर नगर परिक्रमा गराइन्छ भने यस जात्रामा बनाइएको रथको बनावट अरु रथको भन्दा फरक हुनुले यस जात्राले थप विशेषता थपिदिएको छ ।
जात्रामा खटको गजुर उल्टाइने, देउतालाई माथि राख्ने, रथ उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने गरिन्छ । यसरी जात्रा गर्ने प्रचलन अरु ठाउँमा नभएकाल यो जात्रालाई कहीँ नभएको जात्रा समेत भनिएको हो ।
जात्रामा तीन वटा रथ रहेको हुन्छ, गजुरमुनि र रथमाथि देवता (ईश्वर नारायण) राखिएको हुन्छ। अन्य जात्रा गर्ने रथमा माथि गजुर रहेको हुन्छ। तसर्थ यो सत्यनारायणको जात्रा हो।


