बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपिन जोशीसहित सबै बन्धकहरूलाई निःशर्त रिहा गर्नुपर्ने माग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विपिन जोशीसहित सबै बन्धकहरूलाई निःशर्त रिहा गर्नुपर्ने माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हमासको कब्जामा रहेको भनिएका विपिन जोशीसहित सबै बन्धकहरूलाई निःशर्त रिहा गर्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा महासचिव गुटरेसले इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको परिवारप्रति समवेदनासमेत व्यक्त गरेका हुन् ।

पत्रकार सम्मेलनमा गुटरेसले भने, ‘हामी कठिन र तनावपूर्ण समयमा छौँ । मध्यपूर्वमा भएको द्वन्द्व हजारौँ माइल टाढा भएपनि नेपालका जनताका लागि नजिक छ । म इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु । साथै विपिन जोशीको सुरक्षित फिर्ताको लागि तथा गाजामा रहेका सबै बन्धकलाई निःशर्त रिहा गर्न माग गर्दछु ।’

महासचिव गुटरेसले हमासको आक्रमणको निन्दा गर्दै गाजाको स्थिति थप जटिल बन्दै गएकोमा पनि चिन्ता प्रकट गरे । ‘मानवीय युद्धविराम गर्ने विश्व समुदायको आह्वान विपरीत इजरायलले गाजामा आक्रमण झन् तीव्र बनाएको छ । सर्वसाधारण मारिएको कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न सकिँदैन । सबै पक्षले अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनलाई पालना गर्नुपर्छ ।’

उनले सुन्दर नेपालमा आउँदा खुसी लागेको जनाए । प्रधानमन्त्री प्रचण्डसँग निकै रचनात्मक छलफल भएको जनाउँदै आतिथ्यका लागि धन्यवाद ज्ञापन गरे । उनले भने, ‘यहाँको आत्मीय स्वागतलाई म कहिले पनि बिर्सने छैन ।’ उनले आफू नेपाल र संयुक्त राष्ट्रबिचको सम्बन्धलाई सुदृढ बनाउन काठमाडौँ आएको खुलाए । उनले नेपालले शान्ति र बहुपक्षीय क्षेत्रमा पुर्‍याएको योगदानप्रति धन्यवाद दिए । उनले शान्ति सेनामा नेपालले दिँदै आएको योगदानको कदरसमेत गरे ।

‘पछिल्ला २० वर्षमा नेपालले धेरै प्रगति गरेको छ । देशमा गणतन्त्र स्थापना गर्नुका साथै शान्ति कायम गर्ने तथा दिगो विकासको बाटो अघि बढेको छ,’ उनले भने । कम विकसित राष्ट्रमा स्तरोन्नति हुन गइरहेको आगामी केही वर्ष नेपालका लागि महत्त्वपूर्ण हुने उनको जिकिर थियो । गुटरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सहयोग गर्न राष्ट्रसंघ सधैँ तयार रहेको स्पष्ट पारे ।

उनले नेपाल वैश्विक सङ्कटको चपेटामा परेको भन्दै चिन्ता पनि व्यक्त गरे । उनले जलवायु परिवर्तनले नेपालमा ठुलो असर पाएको जनाए । ‘जलवायु परिवर्तनको प्रभाव हेर्न म आफै हिमालय क्षेत्र जाँदैछु । त्यहाँको स्थानीयलाई भेट्ने छु र कसरी प्रभावित भएका छन् भनेर बुझ्नेछु ।’ नेपालको विकासका लागि जलवायु परिवर्तन लगायतका विषयमा विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्ने उनको धारणा थियो । उनले आफू लुम्बिनी पुगेर बुद्धको शान्तिको सन्देश विश्वभर दिन चाहेको पनि खुलाए ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१३ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक