बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

शान्ति प्रक्रियालगायतका मुद्दामा साझा धारणा बनाउन दाहाल-ओली भेटवार्ता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
शान्ति प्रक्रियालगायतका मुद्दामा साझा धारणा बनाउन दाहाल-ओली भेटवार्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शान्ति प्रक्रियालगायतका मुद्दामा राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन् । नेपालको शान्ति प्रक्रियाका बाँकी काममा सहमति जुट्न बाँकी रहेकाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको मुखमा सरकार र प्रतिपक्षको एउटै धारणा बनाउन दुई नेताबीच भेटवार्ता भएको हो ।

शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा दाहालले ओलीलाई बोलाएर राष्ट्रसंघका महासचिव गुटेरससँग शान्ति प्रक्रिया टुंग्याउनेबारे ‘साझा धारणा राख्दा राम्रो हुने’ प्रस्ताव गरे । ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन एमाले बाधक नरहेको दोहोर्‍याउँदै सरकारले बढी तत्परता देखाउनुपर्ने बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राष्ट्रिय मुद्दामा सरकार र प्रतिपक्षको एउटै धारणा बनाउने उद्देश्यले दुई नेताबीच कुराकानी भएको बताए । उनले राष्ट्रसंघका महासचिव गुटेरेससँग हुने भेटवार्तामा शान्ति प्रक्रियासम्बन्धी साझा धारणा बनाउने प्रयासको निरन्तरता भएको बताए ।

‘राष्ट्रिय मुद्दामा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षबीच सहमति खोज्ने प्रयासको निरन्तरता हो,’ उनले भने, ‘राष्ट्रसंघका महासचिव नेपाल भ्रमणको सन्दर्भमा शान्ति प्रक्रियाबारे समान धारणा हुनु आवश्यक छ । प्रधानमन्त्रीले यही विषयमा बढी जोड दिनुभयो ।’ नेपालको सेना समायोजन र हतियार व्यवस्थापनमा संयुक्त राष्ट्रसंघले मध्यस्थता गरेको थियो । यही सन्दर्भमा दाहालले ओलीसँग छलफल गरेका हुन् । ‘शान्ति प्रक्रियासम्बन्धी विधेयक संसद्बाट पारित हुन सकेको छैन, जसका कारण शान्ति प्रक्रियाको काम पूर्ण हुन सकेको छैन,’ आचार्यले भने, ‘शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीले प्रतिपक्षको साथ खोज्नुभएको हो । सकेसम्म सहमतिमै टुंगोमा पुर्‍याऔं भन्ने हो ।’

नेपालमा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापनमा सहयोग गरेपछि २०६७ सालमा फर्केको थियो । पीडित तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय समुदायले गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई आममाफी दिन नहुने बताउँदै आएका छन् । संसदीय समितिमा सात महिनादेखि विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति नजुटेपछि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विवाद मिलाउन प्रमुख दलका शीर्ष नेताहरूको जिम्मामा आएको छ ।

प्रतिनिधिसभामा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ मा सत्ता गठबन्धन र एमालेबीच सहमति हुन नसक्दा पारित हुन सकेको छैन । मानवअधिकारका गम्भीर उल्लंघनका घटनालाई कसरी निरूपण गर्ने भन्नेबारे तत्कालीन द्वन्द्वरत पक्ष सरकारको नेतृत्व गरेको कांग्रेस र विद्रोही माओवादीको प्रस्तावलाई एमालेले अस्वीकार गर्दै आएको छ । उसले नेपालको द्वन्द्वबाट सिर्जित समस्या नेपालकै कानुनअन्तर्गत निरूपण हुनुपर्नेमा जोड दिँदै मानवअधिकारका गम्भीर घटनाका दोषीलाई आममाफी दिन नहुने अडान राख्दै आएको छ ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनेमा मतभेद छैन । गत फागुनमा सत्ता गठबन्धन निर्माण गर्दा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषय प्राथमिकतामा राखिएको थियो ।

संसद्मा पेस भएको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन खोजबिनसम्बन्धी विधेयकमा सहमति जुटाउन सरकारले गम्भीर पहल नगरेको एमालेले आरोप लगाउँदै आएको छ । प्रधानमन्त्री दाहालले शुक्रबारसहित यसअघि तीन पटक ओलीलाई भेटेर शान्ति प्रक्रिया टुंग्याउन साथ खोजे पनि सफल हुन सकेको छैन । दाहाल र ओलीबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनेसम्बन्धी कात्तिक १०, असोज २०, भदौ २०, वैशाख २१ मा एक्लाएक्लै भेटवार्ता भए पनि सहमति जुट्न सकेको छैन ।

 

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

३ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक