शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के. एण्ड आर. इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानी गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो ।

इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता केही समयअघि गरेसँगै परियोजना बनाउनको लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको मुक्तिनाथका अध्यक्ष अरुण सुवेदीले बताउनुभयो । उहाँले इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना भएको भन्दै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपियाँ लागत अनुमान गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष सुवेदीले समझदारीअनुसार कुल लागतको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपियाँ के. एण्ड आर. इन्जिनियरिङले लगानी गर्ने  बताउनुभयो । उहाँले आयोजनाको वातावरण मूल्याङ्कन प्रतिवेदन पास हुने र सरकारसँग आयोजना विकास सम्झौता गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले नेपालका कानुनी प्रक्रियाहरु लामा भएकाले प्रक्रिया पूरा गर्नका लागि काम गरिहेको भन्दै १८० दिनभित्र पूरा गरी योजना निर्माणको विषयमा के. एण्ड आर. इन्जिनियरिङसँग सम्झौता गर्ने बताउनुभयो ।

उहाँले मुक्तिनाथ केबलकार परियोजना बनाउनका लागि ८० प्रतिशत वित्तीय स्रोत जुटेको भन्दै बाँकी २० प्रतिशत वित्तीय स्रोत नेपाल र बाहिरी कम्पनीहरुले इकुटीको रुपमा जुटाउने बताउनुभयो । उहाँले आयोजना निर्माणको लागि ९० प्रतिशत जग्गा खरिद गर्ने काम सकिएको भन्दै बाँकी  १० प्रतिशत पनि लिने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्नुभयो । उहाँले वातावरण प्रभाव मूल्याङ्कनको ड्राभ रिपाेर्ट आइसकेको बताउनुभयो । उहाँले मुक्तिनाथ केवलकार विश्वकै सबैभन्दा लामो केबलकार प्रणाली हुने बताउनुभयो ।

अध्यक्ष सुवेदीले मुक्तिनाथ केबलकार निर्माण सम्पन्न भएपछि गिनिज बुकमा नाम रहने बताउनुभयो । उहाँले मुक्तिनाथ जाँदा सडक खतरायुक्त, हवाई मार्ग पनि खतरा जस्ता समस्याहरुले केवलकार हुने बताउनुभयो । मुक्तिनाथ मन्दिर विष्णुका स्वयम्भू सर्वप्राचीन पौराणिक ८ धाममध्ये एउटा भएको उहाँको भनाइ छ । उहाँले मुक्तिनाथ केबलकार आयोजना निर्माणको लागि केपी ओली प्राधनमन्त्री हुँदा लगानी बोर्डले लाइसेन्स दिएर सम्झौता भएको जानकारी दिनुभयो ।  उहाँले नेपालको कानुनी झमेला र कानुनी प्रतिकूलता नगरिदिए मात्रै पनि धेरै ठूलो सहयोग निजी क्षेत्रलाई पुग्ने बताउनुभयो । उहाँले आयोजना सम्पन्न भएपछि ७० अर्बसम्म राष्ट्रको जीडीपीमा योगदान गर्ने भन्दै नौ अर्ब रुपियाँ सरकारलाई राजस्व मात्रै जाने बताउनुभयो ।

मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सकिएको दुई वर्ष भइसकेको छ । यस्तै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथले केबलकारको डिपिआर तयार पारी २०७८  कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो । इआइएको स्वीकृतिमा भएको ढिलाइले रोकिएको थियो ।

केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन् । यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्नेछ । ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ । केबलकारमा ७ सय ७६ वटा गोण्डोला राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केबलकार १ हजारदेखि ३ हजार ७ सय मिटर उचाइसम्म पुग्नेछ ।

प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना केवलकार योजनाको  छ । केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ । दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर रहनेछ । पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैटाैं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ । वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

विश्वकपमा क्यानडा र बोस्नियाबीचकाे बराबरी खेल्याे

विश्वकपमा क्यानडा र बोस्नियाबीचकाे बराबरी खेल्याे

२ घण्टा अगाडि
अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकाल्याे

अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकाल्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक