बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यसरी मनाइन्छ भक्तपुरमा देवगण नवदुर्गा सिद्ध गर्ने मोहनी नखाः

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
यसरी मनाइन्छ भक्तपुरमा देवगण नवदुर्गा सिद्ध गर्ने  मोहनी नखाः
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भादगाउँ, । आश्विन शुल्क प्रतिपदादेखि पूर्णिमाका दिनसम्म नवदुर्गा भवानीलाई आह्वान गरी मनाइने चाड हो बडादसैँ । यहाँ नेवार समुदाय बडादसैँलाई मोहनी नखाः का रूपमा मनाउँछन् ।

यस पर्वलाई ठाउँ विशेषअनुसार दसैँ, दुर्गा पूजा, विजयादशमी, नवरात्रि पनि भन्ने गरिन्छ । महिषासुरलाई नवदुर्गा भवानीले आफ्नो सौन्दर्यले मोहनी लगाई बसमा पारेर बद्ध गरेकीले नेवार समुदायमा दसैँलाई मोहनी नखाः भन्ने गरिएको संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।

प्रत्येक वर्ष घण्टाकर्ण पर्वका दिनदेखि नवदुर्गाको मुकुण्डो बनाउने कार्य सुरु हुन्छ । महानवमीको राति मांसाहुती यज्ञ गरी महिषासुर राक्षसको प्रतीक खम्येको बली दिएर ब्रम्हायणी मन्दिरमा नवदुर्गा देवीले सिद्धि प्राप्त गर्दछन् । नवरात्रिमा ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी, एकान्त कुमारी देवगृह र तलेजुमा विशेष मेला लाग्दछ ।

यो चाड १५ दिनसम्म मनाइने भए पनि विशेष गरी सप्तमीदेखि विजयादशमीसम्म बडो हर्षोल्लासका साथ मनाइने परम्परा छ । सप्तमीका दिन नेवार समुदायले घरघरमा फूलपाती र राँगोको मासु भित्र्याउने स्याकोट मनाउँछन् । विजयादशमीका दिन तलेजुलाई आफ्नो देवगृहबाट कुमारी चोक(दसैँ घर) मा स्थानान्तरण गरिन्छ । यसलाई द्यः क्वहा विज्याइगु (देवता तल आएको)भनिन्छ ।

महाअष्टमीको दिनमा दसैँका लागि गुठीबाट ल्याएको मासु पूजा गरेर भित्र्याइन्छ । उक्त दिन बिहानै स्नान गरी देवीलाई पूजा गरेर सम्ये खाने र बेलुका कुछि भ्वय (दुई मानाको भोज) खाने गरिन्छ । विशेष गरी केराको पातमा राखेर खाने यो भोजमा दुई माना चिउरा, छोयला, अण्डा, माछा, अम्बा, केरा, बारालगायत १२ थरी पकवान समावेश हुन्छ ।

सो दिन १८ भुजा भएको भगवतीलाई आह्वान गर्न डमरु, घण्टा, शङ्ख बजाइ पूजा गरिने र राति व्यासीबाट निकुथु (राँगा) जात्रा गरी तलेजुमा भित्राइन्छ । कालरात्रिमा तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्यद्वारा विधिवतरुपमा पूजा गरी निकुथुसहित २५ राँगालाई बलि दिइन्छ । पूजामा तलेजुलाई ८४ प्रकारका रोटीको मन्दिर बनाइ चढाइने र विजयादशमीको दिनमा सोही मन्दिर प्रसादको रूपमा बाँडेर खाइन्छ ।

महानवमीको दिनलाई दसैँको महत्त्वपूर्ण दिनको रूपमा लिइन्छ । यसदिन तलेजुलगायत हरेकको घरमा आफ्ना काम गर्ने औजार, हातहतियार, सवारीसाधन, किताब पूजा गर्नका साथै भगवतीलाई भोग पनि दिइन्छ । यसै गरी एक प्रकारको दियो बालेर सो दियोमाथि माटोको सलिचा घोप्टो पारेर राखेर मोहनी बनाउने गरिन्छ । घरमा सुख शान्ति र श्री प्राप्तिका लागि बेलविवाह नगरेका बालिकालाई जीवितदेवी कुमारी मानी सिङगारपटार गरेर नयाँ लुगा, चुरा, पञ्चामित्र दिएर ढुकुटीमा राखेर पूजा गरिन्छ ।

महानवमीका दिन बालिकालाई कुमारी मानेर पूजा गर्ने लोककथा भक्तपुरका राजा जगतज्योति मल्लसँग जोडिएको छ । राजा जगतज्योतिसँग तलेजु भवानी स्त्रीको रूपमा सधैँ पासा खेल्न आउने गर्दथिन् । एक दिन राजाले तलेजु प्रति कुदृष्टि लगाएपछि तलेजु रिसाएर पासा खेल्न आउन छाडिदिइन् ।

यसबाट राजा साहै दुः खी भएको देखेर तलेजु भवानी सपनामा आई ममाथि भक्ति छ र मसँग कुरा गर्ने हो भने नवमीको दिन शाक्य वा बज्राचार्यकी छोरी ल्याई मेरो आह्वान गरी पूजा गर्नु भनी राजालाई आदेश दिइन् । सोहीअनुसार आज पनि भक्तपुरमा महानवमीका दिन शाक्य र बज्राचार्यको छोरीलाई कुमारी पुज्ने प्रचलन छ । यो पूजा गर्ने ठाउँ कुमारी चोक नामले प्रचलित छ ।

महानवमीको साँझ नवदुर्गा देवगणको सिद्धी प्राप्तिको लागि बलि दिन भक्तपुर नगरपालिका-३, गछेंस्थित नवदुर्गा देवीको द्यछें (देवघर)भित्र राखेर पालन पोषण गरिएको खम्ये दौडाएर ब्रम्हायणी शक्तिपिठ पुर्याउने प्रचलन छ । यो प्रचलनलाई भक्तपुरमा खम्ये जात्रा भनिन्छ । यो जात्रा महिषासुर राक्षसको बधसँग गाँसिएको र खम्येलाई सोही महिषासुरसँग तुलना गरिन्छ ।

राक्षसीस्वरुप खम्येको हार र देवी शक्तिको जीतको रूपमा खम्ये जात्रालाई लिने गरिन्छ । यो जात्रा नवदुर्गा देवीहरु मिलेर महिषासुरलाई बद्ध गरेको खुसीयालीमा मनाउने एक मात्र पृथक जात्रा हो । नवमीकै दिन राति लालाछेंमा नवदुर्गाको मुकुण्डो प्रदर्शन गरी देवगण आएर मुकुण्डो ब्रम्हायणी शक्तिपिठमा लिएर जाने परम्परा छ ।

दशमीका दिन भवानीलाई विधिवत्रूपमा अन्तिम पूजा गरिन्छ । यस दिन देवी दुर्गा भवानीले महिषासुर राक्षसको बद्ध गरेको विश्वासमा विजयोत्सव मनाइने भएकाले यस दिनलाई विजयादशमी भन्ने गरेको संस्कृतिविदहरु बताउँछन् । यस दिन ब्रम्हायणीमा ठूलो मेला लाग्दछ । घटस्थापनाका दिन राखेको जमरा र महानवमीको दिन विशेष प्रकारले बनाएको मोहनी टीका देवीको प्रसादको रूपमा शिरमा लगाइन्छ । तलेजुमा विधिवत रूपमा अन्तिम पूजा गरी कुमारी घरमा रहेको तलेजुलाई पुनः देवगृहमा विराजमान गराइन्छ ।

राति ब्रम्हायणीबाट नवदुर्गा फर्केपछि खड्ग जात्रा निकालिन्छ । देवीले दैत्यलाई बद्ध गरेको सम्झनामा यो जात्रा सञ्चालन गरिएको बताइन्छ । खड्ग जात्रालाई पायो जात्राको रूपमा लिइन्छ । यो जात्रामा तलेजु भवानीलाई नवदुर्गा गणसहितले विधिवतरुपमा पूजा गर्दछन् । यो जात्रामा तलेजुको बाहनका रूपमा सेतो घोडा दौडाउनुका साथै फलामे पोसाक लगाएका मानिस जात्रामा सामेल हुन्छ ।

किम्बदन्तीअनुसार सत्ययुगमा दैत्यहरुले ब्रम्हाको तपस्या गरे । ब्रम्हाले खुसी भई दैत्यलाई बरदान माग्ने आज्ञा दिए । दैत्यहरुले कसैले मार्न नसक्ने बरदान माग्दा ब्रम्हाले स्वास्नीमान्छे बाहेक कसैले मार्न नसक्ने बरदान दिए । बरदान प्राप्त गरेपछि दैत्यहरु स्वर्गमा गई देवतालाई दुः ख दिन थाले । यो देखेर महादेव, इन्द्र र विष्णु मिलेर शक्ति स्वरुपा देवीको उत्पति गराएर दैत्यसँग युद्ध गराए । अन्तमा मुख्य दैत्य सबै मारिए । बाँकी भएका दैत्य कोही हाँस भए, कोही कुखुरा भए, कोही बोका, कोही राँगा भए । देवीले त्यसरी दोपाया र चौपायामा प्रवेश गरेका दैत्यलाई खोजी खोजी मार्न थाले । यसैको सम्झनामा खड्ग जात्रा सुरु भएको भन्ने लोककथन छ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

९ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक