काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन् ।
आइतबार (पुस १७ गते) बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो । कुमारी बैंकका सीइओ रामचन्द्र खनाल मर्जरपछि वरिष्ठ सीइओ बनेका छन् ।
आइतबारदेखि एनसीसी बैंक र कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् ।

