सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अध्ययन केन्द्रको रुपमा विकास हुँदै पर्वतीय सङ्ग्रहालय

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अध्ययन केन्द्रको रुपमा विकास हुँदै पर्वतीय सङ्ग्रहालय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कास्की । पर्यटकीय गन्तव्यको रुपमा चिनिएको पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अध्ययन, अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी स्थापना गरिएको यस सङ्ग्रहालयमा अध्ययन, अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो ।

हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त सङ्ग्रहालय अवलोकन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको सङ्ग्रहालयका निर्देशक निर्मला न्यौपानेले बताइन् । नेपाल पर्वतारोहण सङ्घद्वारा विसं २०६० मा एक सय रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याइएको उक्त सङ्ग्रहालयमा हालसम्म २५ लाखभन्दा बढी पर्यटकले अध्ययन, अवलोकन गरिसकेका उनले जानकारी दिइन् ।

“पछिल्लो समय अधिकांश पर्यटकको रोजाइमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय नै पर्ने गरेको छ”, न्यौपानेले भनिन्, “गत साउनमा मात्रै १२ हजारभन्दा बढी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका छन् ।” उनका अनुसार आर्थिक वर्ष २०७८र७९ मा सङ्ग्रहालयमा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या एक लाख ३७ हजार चार सय ८८ रहेकामा आव २०७९र८० मा त्यो सङ्ख्या बढेर दुई लाख पुगेको थियो । यो सङ्ग्रहालय पोखरामा पर्यटकको बसाइ लम्ब्याउन उत्तिकै महत्त्वपूर्ण बनेको उनको भनाइ थियो ।

क्जष्खबm ऋझभलत
सङ्ग्रहालयमा विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४, सात हजार पाँच सयदेखि सात हजार नौ सय ९९ मिटर उचाइसम्मका ४०, छ हजारदेखि छ हजार नौ सय ९९ मिटरसम्मका छ सय तीनसहित अन्य हिमाल गरी कूल एक हजार नौ सय १३ हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका वेशभूषा, संस्कृति, दैनिक उपयोग गर्दै आएका विभिन्न सामग्री सङ्ग्रह गरी प्रदर्शनमा राखिएका निर्देशक न्यौपानेले जानकारी दिइन् ।

“सङ्ग्रहालयले मुख्य आम्दानीको स्रोत टिकटबाट उठ्ने शुल्क नै हो”, उनले भनिन्, “आव २०७८र७९ मा टिकट शुल्कबापत रु एक करोड ४३ सङ्कलन भएकामा आव २०७९र८० मा रु दुई करोड ३४ लाख सङ्कलन भएको छ ।”

सङ्ग्रहालय अध्ययन अवलोकन गर्ने पर्यटकका लागि टिकट शुल्कबापत विद्यार्थीका लागि रु ५०, सर्वसाधारण नेपालीका लागि रु एक सय, सार्कस्तरीय पर्यटकलाई रु दुई सय ५० र बाह्य पर्यटकका लागि रु पाँच सय लिइँदै आएको न्यौपानेले जानकारी दिइन् । त्यस्तै लामो समय नेपालमै बसोबास गर्दै आएका विदेशी नागरिकलाई रु दुई सय ५० र सङ्ग्रहालयको बगैँचा मात्रै अवलोकन गर्नका लागि रु ३५ लिने गरिएको उनले बताइन् ।

वर्षका सबैदिन खुला रहने सङ्ग्रहालयमा दसैँ र तिहारको लामो बिदामा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहने न्यौपानेको भनाइ थियो । उनका अनुसार विश्वका हिमशृङ्खलाको उत्पत्ति, महत्त्व, यस क्षेत्रका वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थलगायत सामग्री सङ्ग्रहालयमा राखिएका छन् ।

“विसं २०६० मा पोखरा–१७ स्थित घारिपाटमा रु १० करोडको लागलमा सङ्ग्रहालय निर्माण गरिएको हो । यसमा सरकारका तर्फबाट रु ३० लाख, जापान सरकारबाट रु एक करोड ४५ लाख ७८ हजार एक सय ११, कोरियाबाट रु छ लाख ६९ हजार तीन सय, चीनबाट रु तीन लाख ३६ हजार सात सय ५०, भारतबाट रु तीन लाख २० हजार र स्पेनबाट रु ३७ लाख सहयोग प्राप्त भएको थियो”, न्यौपानेले भनिन्, “बाँकी रकम विभिन्न सङ्घसंस्था र व्यक्तिबाट पनि प्राप्त भएको छ ।”

हिमाली क्षेत्रको कला संस्कृति र भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले सङ्घले प्रत्येक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई विश्व पर्वतारोहण दिवस घोषणा गरेकाले विगत पाँच वर्षदेखि यसै दिन अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव मनाउँदै आइएको निर्देशक न्यौपानेले जानकारी दिइन् । उनका अनुसार महोत्सवमा हिमाली क्षेत्रका जनजातिको दैनिकी, कला, संस्कृति र रीतिरिवाजलगायतको जानकारी समेटिने गरिएको छ ।

सङ्ग्रहालयमा विश्वकै अग्लो सगरमाथाको चुचुरो र गहिरो इजरायलको डेड्सीबाट ल्याइएको चट्टानसमेत पर्यटकको आकर्षण बनेको न्यौपानेको भनाइ थियो । उनका अनुसार एशियाकै नमूनाका रुपमा रहेको सङ्ग्रहालयमा भारत, पाकिस्तान, चीन, जापान, स्लोभानिया, ताइवान, अस्ट्रेलिया, बेलायत, अमेरिका, इजरायल, कोरियालगायत विभिन्न देशका पर्वतीय गतिविधि झल्काउने सामग्री पनि राखिएका छन् ।

पर्यटक लक्षित लगानी बढिरहेको अवस्थामा पर्यटकको सङ्ख्या वृद्धिका साथै उनीहरूको बसाई लम्ब्याउनेतर्फ सबैले ध्यान दिनुपर्ने पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताए । पर्यटकीय रुपमा महत्त्वपूर्ण मानिएको पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्नुपर्नेमा उनले जोड दिए ।

यहाँका पर्यटक व्यवसायी धर्म पन्थीले पोखरामा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक भित्र्याउन सरकारले अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिन पहल गर्नुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने भएकाले सरकारले नेपालमा विदेशी पर्यटन भित्र्याउन र यहाँ बसाइ लम्बाउनतर्फ विशेष भूमिका खेल्नुपर्नेमा उनको भनाइ थियो । RSS

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

४ हप्ता अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक