बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सन् २०२२ लाई अहिलेसम्मको तातो वर्षकोरूपमा रेकर्ड

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सन् २०२२ लाई अहिलेसम्मको तातो वर्षकोरूपमा रेकर्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ । अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाले सन् २०२२लाई अहिलेसम्मको तातो वर्षकोरूपमा रेकर्ड गरेको छ । केअरआवरअर्थडटकमका अनुसार विगत वर्षहरूको तुलनामा विश्वभर तातोहावाले रेकर्ड कायम गरेको छ ।

वैश्विकरूपमा ठुला ठुला आगलागी हरेक ठाउँ भएको देखिए । हाम्रै छिमेकी पाकिस्तानमा दुखदायी बाढी यो गर्मीे गर्दा आयो । चीनमा पानी बाढी र गर्मीको असर मात्रै देखिएन युरोपका ठुला नदीहरूमा पानीको स्तर ऐतिहासिकरूपमा गटेर गए । अमेरिकाका दक्षिण पश्चिम क्षेत्रका जलभण्डारको अवस्था पनि यस्तै रहे । अमेजनका जंगलमा आगलागी भए ।
जलवायु परिवर्तनका कारण विश्वमा उत्पन्न प्राकृतिक प्रकोपको आकलन गरी वैज्ञानिकहरूले सन् २०२३ पनि प्राकृतिकरूपमा हुने विपत् ठुलै हुने आंशका गरेका छन् ।

यस्ता विषयमा स्वाङ गरेरै भएपनि चिन्ता जाहेर गर्न विश्वका नेताहरू, वैज्ञानिकहरू, कर्मचारी र जीवाश्म इन्धनको वकालत गर्नेहरू इजिप्टमा आयोजित कोप ट्वेन्टी सेभनको आयोजना गरिए । जलवायु परिवर्तनकी अभियानी ग्रिटा थनबर्गले विश्वका नेताहरूलाई जलवायु परिवर्तनका कारण विश्व कुरूप बनिरहेको सत्य जान्दाजान्दै त्यसबारे ठोस उपायको खोजी नगरिरहेको मात्र बर्सेनी यस्ता आयोजना गरी स्वाङ गरेको टिप्पणी गरिन् र आफू त्यसमा सामेल नहुने बताइन् । साथै उनले जलवायु परिवर्तनको विषयमा लेखेको किताबको उद्घाटनमा विश्व पुँजीवादले गर्दा यस्तो समस्या आएकोले यसलाई समाप्त पार्नुपर्ने बताएकी थिइन् । नेताहरूले स्वाङै गरेपनि त्यहाँ जम्मा भएका ४० हजार प्रतिनिधिहरूले गर्मीको अवस्था १.५ डिग्री सेल्सिअस भन्दा माथि जान नदिने सहमति जनाए ।

डिसेम्बर २०२२कोे अन्तिम सातामा एल निनो इज कमिङ एन्ड द वर्ल्ड इजन्ट प्रिपेअर्ड , वाइर्ड शीर्षकमा युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर बिल म्याकगुइरे यस विषयमा चिन्ता जाहेर गरी सन् २०२३मा हरेक ठाउँमा गर्मीले रेकर्ड कायम गर्ने आलेख मार्फत् जनाए ।

उनले यो चिन्तामा मानिसहरूले पर्याप्त पानी नपाउने चिन्ता जाहेर गरे । फ्रान्सको सन्दर्भमा उनले यसअघि सय बढी शहरमा पानी ल्याउने ट्रकको संख्या बढाउने पर्ने उल्लेख गरेका छन् ।

यसअघि २६ अगस्ट २०२२मा दी इन्स्योरेन्स जरनलले ह्वाई आर द वर्ल्डस् रिभर्स कनाल्स एन्ड रिजर्भायर्स टर्निङ टु डस्ट ? शीर्षकमा लेखिएको आलेखमा अमेरिकादेखि इटलीसम्म र इटलीदेखि चीनसम्म पानीको अभाव रहेको नहरहरू खाली खाली भएर पानी भण्डार गर्ने ठाउँमा धुलो जमेको उल्लेख गरिएको छ ।

जलवायु परिवर्तनको द्रुतगतिमा बढिरहेको असरले आर्थिक गतिविधिलाई कब्जामा लिइरहेको छ । पानीको अभावमा पानी जहाजको बाटो बन्द भई कृषि, ऊर्जाको आपूर्ति नभई पिउने पानीको पनि अभाव हुनेछ ।

त्यसै पनि कतिपय नदीहरूमा औद्योगिक रसायनका कारण त्यहाँको पानी प्रदुषित भइरहेको र भइसकेका छन् । चर्को गर्मीले धेरै क्षेत्रमा खडेरीको अवस्था ल्याइरहेको छ ।
अवस्था यस्तै रहने हो भने प्रशान्त महासागरको भूमध्यरेखीय क्षेत्रको पानी झन् धेरै तातो हुने छ ।

यसरी गरिएका पूर्वानुमान अनुसार सन् २०२३को सुरुवातबाट यो अवस्था देखिन सुरु हुनेछ । परिणाम यो वर्षलाई सबै भन्दा गर्मीको वर्षको रूपमा उल्लेख गराउनेछ ।
गर्मी बढे कतिपय खराब अवस्था उत्पन्न हुने चिन्ता विज्ञहरूद्वारा व्यक्त गरिएका छन् ।

खडेरीका कारण कृषि उत्पादन घट्छ । अन्नको मूल्यमा वृद्धि हुन्छ र महँगी बढाउँछ । गृहयुद्धको अवस्था निम्त्याउँछ । ऊर्जा उत्पादन गृहबाट ऊर्जा उत्पादन बन्द हुन्छ । ऊर्जा उत्पादन बन्द हुँदा औद्योगिक उत्पादन बन्द हुने अवस्था आउँछ । यसबाट अनाजको आपूर्ति कुनै बिन्दुमा रोकिन पुग्छ ।

औद्योगिकीकरणको द्रुुतविकासबाट संकलित मुनाफाहरूबाट जलवायु परिवर्तनका लागि खर्च गरिने सम्पत्ति विश्वका अर्बपतिहरूको हातम जाने गरेको छ । जसलाई उनीहरूले मंगल ग्रहको यात्रा गर्ने गराउनेमा खर्च गर्ने गरेका छन् ।

ती अर्बपतिहरूको साम्राज्य वरिपरि रहेका क्रुद्ध जनता सन् १७९३मा पेरिसका ८० हजार जनताले घेरेजस्तो अर्बपतिहरूलाई घेरेर माग पूरा गराउन खोज्दा उनीहरूले के गर्छन् र के हुन्छ त्यसको हेक्का राख्नुपर्ने देखिन्छ ।

अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाले दिएको चेतावनीलाई बेवास्ता गर्दा विश्वभरिको पर्यावरण विनाश हुनेछ । यसलाई रोक्न समयमै पहल चाल्न जरुरी छ । धनी देशका विरुद्ध गरिब देश र गरिब देशका जनता सरकार विरुद्ध त्यसको लागि खबरदारी गर्न सजग रहनुपर्ने आवश्यकता छ । धनी देशका नेताहरूको स्वाङलाई समयमै बुझ्न जरूरी छ ।

 

यो पनि पढ्नुहोस्

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

४७ मिनेट अगाडि
कर्जा प्रणालीतर्फ जानुपर्ने माग

कर्जा प्रणालीतर्फ जानुपर्ने माग

५१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

कच्चा तेलको भाउ घट्याे

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक