काठमाडौं । कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ ।
आज २७८ कम्पनीका ४७ लाख ४२ हजार ५११ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज शेयर बजार बढेसँगै नेप्सेमा कारोबार भएका सम्पूर्ण उपसूचकहरुमा हरियाली छाएको छ । आज हाइड्रोपावर इन्डेक्स सर्वाधिक प्रतिशतले बृद्धि भएको छ ।

