बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

माओवादी सच्चिने कि सक्किने ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
ललिता निवास जग्गा प्रकरण : १७ जनालाई धरौटीमा रिहा गर्न आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भवानी बराल

नेकपा (माओवादी केन्द्र) गएको भदौ १६ गतेदेखि सच्चिने अभियानमा लागेको छ । उसको यो अभियान आउँदो मङ्सिर २५ गतेसम्म चल्नेछ । प्रारम्भिक चरणमा माओवादीले अभियान, बैठक र सरसफाइबाट थालेको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नामको ‘थिम’ लिएर गएको छ । सँगसँगै ‘जनजनमा माओवादी घरघरमा माओवादी’ नारा तय गरेको छ । माओवादीको अभियानको यो चरणपछिको कार्यक्रमिक रूपरेखा आइसकेको छैन । तर कार्यक्रम देशव्यापी गर्दा पनि मुख्य सञ्चार माध्यममा माओवादीको यो प्रकारको उपस्थितिले समाचारीय मूल्य पाउन भने सकेको हैन । माओवादी कार्यकर्ताहरू बढार–कुँढार त गर्दै छन् । उनीहरूको यो देशव्यापी प्रारम्भिक अभियान सामाजिक सञ्जाल अन्तर्गतको ‘मुहार पुस्तिका’मा आफैँले खिचेर पोस्ट्याएको स्वार्थी (सेल्फी) फोटोले जेनतेन जानकारी दिएको छ । युट्युब तथा अन्य माध्यममा पनि झिनो उपस्थिति मात्रै छ ।

माओवादी, सत्तारूढ दल हो । सत्तारूढ दलको साङ्गठनिक सक्रियता भएकै हुन्छ । सत्ताभन्दा बाहिर रहेका राजनीतिक दलको दैनिक क्रियाकलाप पनि हुन्छ भने सत्तारूढको बढी नै हुनु अस्वाभाविक हुन्न । जनवर्गीय तथा शुभेच्छुक सङ्गठनमार्फत दैनिक क्रियाकलाप पनि भएकै हुन्छ । कुनै विशेष घटना, निर्वाचन वा विकसित राजनीतिक परिस्थितिमा जनसभा, र्‍याली वा अभियान गर्नु बेग्लै कुरा हो । तर माओवादीले यतिखेर नै यो अभियान गर्नु पछिको अन्तर्य के होला रु पार्टी सङ्गठनमा कुनै भवितव्य आइलागेको पनि छैन । केन्द्रीयदेखि सबै कमिटीको बैठक पनि भइरहेका छन् । केन्द्रीय कमिटी बैठकले ४०९ जनाको जम्बो केन्द्रीय कमिटी विस्तार गरेर पार्टी एकमना बनाएको छ । असन्तुष्टहरूलाई बिलो लगाएर केन्द्रीय कमिटीको विस्तार पूर्ण बनाएको छ । राजनीतिमा प्रतिगामी परिदृश्यको सङ्केत पनि छैन । सत्ता गठबन्धन तलबित्तल होला भन्ने पञ्चाङ्ग योग पनि राजनीतिक ज्योतिषले बताएका हैनन् । फेरि पनि तीन महिना घरदैलोमा जाने अभियानको थालनी गरेको छ । राजनीतिका पारखीहरूले पर्यवेक्षण गर्ने विषय यही हो ।

फिनिक्स र नार्सिससको जीवन चक्र

हामी निक्कै बिग्रियौँ । हामी सच्चिने कि सिद्धिने रु हामी सुध्रिने कि सिद्धिने रु हामी नसुध्रिने हो भने सिद्धिन्छौँ रु माओवादी नेताको यो थेगो नै हो । माओवादी सुप्रिमोदेखि कनिष्ठ नेताहरूको मुखाग्र थेगो हो । को बिग्रियो रु किन बिग्रियो रु नेता बिग्रे कि कार्यकर्ता रु उपल्लो कोटीका नेता बिग्रे कि तल्ला कमिटीका नेता बिग्रे रु उपल्लो कमिटीदेखि तल्लो कमिटीसम्म बिग्रेकाहरूको फेहरिस्त खोइ रु बिग्रनुको परिवेश र बिग्रेकाको मापदण्डको खुट खबर छैन । एमालेमा गएका रामबहादुर थापा, टोपबहादुर रायामाझी, लेखनाथ भट्ट, मणि थापालगायतकाहरू बिग्रेका हुन् भने उनीहरूले पार्टी छोडिसके चिन्ता लिनु पर्दैन ।

अझै पार्टीमा बाँकी छन भने विग्रेकाहरू को हुन रु चुनाव जितेर आएकाहरू बिग्रेका हुन् या हार्नेहरू बिग्रे रु घरीघरी मन्त्री, अवसर पाउनेहरू बिग्रेका हुन् या मन्त्री नपाउनेहरू बिग्रे रु कोही त बिग्रियो । बिग्रेकालाई सपार्नुपर्छ वा मिल्काउनुपर्छ । एक बोरा आलुमा एउटा आलु मात्र कुहिएको छ भने सबै आलु कुहाउँछ भन्ने कहावत नै छ । जम्बो केन्द्रीय समितिमा कति बिग्रेका छन् रु प्रदेशसहित पालिकासम्मका बिग्रेका नेताहरू को हुन् रु बिग्रेकाहरू सप्रिने सम्भावनाका कति छ रु तीनमहिने यो अभियानले माओवादीलाई सुधार्छ रु या त्यसपछि हुने विधान अधिवेशन र विशेष महाधिवेशनले सुधार्छ वा सच्याउँछ रु यस्ता जटिल मनोवैज्ञानिक प्रश्नहरूको चोटिलो उत्तर आउनु पर्छ । राताेपाटीबाट

यो पनि पढ्नुहोस्

अर्जुन ज्ञवालीलाई सुनिल बाबु पन्तको पत्र

अर्जुन ज्ञवालीलाई सुनिल बाबु पन्तको पत्र

१७ मिनेट अगाडि
‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक

‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

रास्वपाकाे मतदान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक