भवानी बराल
नेकपा (माओवादी केन्द्र) गएको भदौ १६ गतेदेखि सच्चिने अभियानमा लागेको छ । उसको यो अभियान आउँदो मङ्सिर २५ गतेसम्म चल्नेछ । प्रारम्भिक चरणमा माओवादीले अभियान, बैठक र सरसफाइबाट थालेको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नामको ‘थिम’ लिएर गएको छ । सँगसँगै ‘जनजनमा माओवादी घरघरमा माओवादी’ नारा तय गरेको छ । माओवादीको अभियानको यो चरणपछिको कार्यक्रमिक रूपरेखा आइसकेको छैन । तर कार्यक्रम देशव्यापी गर्दा पनि मुख्य सञ्चार माध्यममा माओवादीको यो प्रकारको उपस्थितिले समाचारीय मूल्य पाउन भने सकेको हैन । माओवादी कार्यकर्ताहरू बढार–कुँढार त गर्दै छन् । उनीहरूको यो देशव्यापी प्रारम्भिक अभियान सामाजिक सञ्जाल अन्तर्गतको ‘मुहार पुस्तिका’मा आफैँले खिचेर पोस्ट्याएको स्वार्थी (सेल्फी) फोटोले जेनतेन जानकारी दिएको छ । युट्युब तथा अन्य माध्यममा पनि झिनो उपस्थिति मात्रै छ ।
माओवादी, सत्तारूढ दल हो । सत्तारूढ दलको साङ्गठनिक सक्रियता भएकै हुन्छ । सत्ताभन्दा बाहिर रहेका राजनीतिक दलको दैनिक क्रियाकलाप पनि हुन्छ भने सत्तारूढको बढी नै हुनु अस्वाभाविक हुन्न । जनवर्गीय तथा शुभेच्छुक सङ्गठनमार्फत दैनिक क्रियाकलाप पनि भएकै हुन्छ । कुनै विशेष घटना, निर्वाचन वा विकसित राजनीतिक परिस्थितिमा जनसभा, र्याली वा अभियान गर्नु बेग्लै कुरा हो । तर माओवादीले यतिखेर नै यो अभियान गर्नु पछिको अन्तर्य के होला रु पार्टी सङ्गठनमा कुनै भवितव्य आइलागेको पनि छैन । केन्द्रीयदेखि सबै कमिटीको बैठक पनि भइरहेका छन् । केन्द्रीय कमिटी बैठकले ४०९ जनाको जम्बो केन्द्रीय कमिटी विस्तार गरेर पार्टी एकमना बनाएको छ । असन्तुष्टहरूलाई बिलो लगाएर केन्द्रीय कमिटीको विस्तार पूर्ण बनाएको छ । राजनीतिमा प्रतिगामी परिदृश्यको सङ्केत पनि छैन । सत्ता गठबन्धन तलबित्तल होला भन्ने पञ्चाङ्ग योग पनि राजनीतिक ज्योतिषले बताएका हैनन् । फेरि पनि तीन महिना घरदैलोमा जाने अभियानको थालनी गरेको छ । राजनीतिका पारखीहरूले पर्यवेक्षण गर्ने विषय यही हो ।
फिनिक्स र नार्सिससको जीवन चक्र
हामी निक्कै बिग्रियौँ । हामी सच्चिने कि सिद्धिने रु हामी सुध्रिने कि सिद्धिने रु हामी नसुध्रिने हो भने सिद्धिन्छौँ रु माओवादी नेताको यो थेगो नै हो । माओवादी सुप्रिमोदेखि कनिष्ठ नेताहरूको मुखाग्र थेगो हो । को बिग्रियो रु किन बिग्रियो रु नेता बिग्रे कि कार्यकर्ता रु उपल्लो कोटीका नेता बिग्रे कि तल्ला कमिटीका नेता बिग्रे रु उपल्लो कमिटीदेखि तल्लो कमिटीसम्म बिग्रेकाहरूको फेहरिस्त खोइ रु बिग्रनुको परिवेश र बिग्रेकाको मापदण्डको खुट खबर छैन । एमालेमा गएका रामबहादुर थापा, टोपबहादुर रायामाझी, लेखनाथ भट्ट, मणि थापालगायतकाहरू बिग्रेका हुन् भने उनीहरूले पार्टी छोडिसके चिन्ता लिनु पर्दैन ।
अझै पार्टीमा बाँकी छन भने विग्रेकाहरू को हुन रु चुनाव जितेर आएकाहरू बिग्रेका हुन् या हार्नेहरू बिग्रे रु घरीघरी मन्त्री, अवसर पाउनेहरू बिग्रेका हुन् या मन्त्री नपाउनेहरू बिग्रे रु कोही त बिग्रियो । बिग्रेकालाई सपार्नुपर्छ वा मिल्काउनुपर्छ । एक बोरा आलुमा एउटा आलु मात्र कुहिएको छ भने सबै आलु कुहाउँछ भन्ने कहावत नै छ । जम्बो केन्द्रीय समितिमा कति बिग्रेका छन् रु प्रदेशसहित पालिकासम्मका बिग्रेका नेताहरू को हुन् रु बिग्रेकाहरू सप्रिने सम्भावनाका कति छ रु तीनमहिने यो अभियानले माओवादीलाई सुधार्छ रु या त्यसपछि हुने विधान अधिवेशन र विशेष महाधिवेशनले सुधार्छ वा सच्याउँछ रु यस्ता जटिल मनोवैज्ञानिक प्रश्नहरूको चोटिलो उत्तर आउनु पर्छ । राताेपाटीबाट


