मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तराईमा विषालु सर्पको बिगबिगी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
तराईमा विषालु सर्पको बिगबिगी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समय सर्पदंशका बिरामीको सङ्ख्या बढेको छ । अहिले दैनिकजसो पानी परिरहेको र सर्पले ओभानो ठाउँ खोज्ने भएकोले सर्पहरू घरभित्र पस्दा तराईमा सर्पको बिगबिगी बढेको हो । तराईमा भदौ महिनालाई सर्पदंशको उच्च जोखिम भएको महिना मानिन्छ । अस्पतालमा मात्रै होइन, सर्प उद्धारकर्ताहरूले समेत भदौमै सबैभन्दा धेरै सर्पको उद्धार गर्ने गरेको बताउनुहुन्छ । सर्प उद्धारकर्ता चेतबहादुर सारूले तराईमा वैशाख र जेठदेखिनै सर्पदंशको जोखिम सुरू हुने बताउँदै भदौमा सबैभन्दा बढी जोखिम हुने बताउनुभयो । उहाँले अहिले दैनिक एक दुईवटा सर्प उद्धार गरिरहेको बताउँदै सर्प उद्धारका लागि विभिन्न स्थानबाट बोलाएपछि जाने र जङ्गलमा लगेर छाड्ने गरेको बताउनुभयो । अहिले गोमन र करेतजस्ता विषालु सर्पको बिगबिगी बढेको बताउँदै सारुले भदौ महिनामा पानी पर्दा सर्पले ओभानो बस्ने ठाउँ खोज्दा घरभित्र पस्ने गरेको बताउनुभयो । सारूले मात्रै गर्मी सुरू भएयता करिब एक सय वटा विषालु सर्पको घरभित्रबाट उद्धार गरेर जङ्गलमा छाडेको बताउनुभयो । उता लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार एक वर्षको अवधिमा ६ सय ३३ जना सर्पदंशका बिरामी उपचारका लागि आएकोमा ११ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका ट्रपिकल डिजिज युनिटका प्रमुख दयासागर पन्थीले यही साउन महिनामा मात्रै सर्पले टोकेका एक सय ६४ बिरामी उपचारका लागि आएकोमा विषालु सर्पको टोकेका विरामीको सङ्ख्या १९ रहेको बताउनुभयो । उहाँले प्रत्येक वर्ष सर्पदंशका बिरामी उपचारका लागि आउनेक्रम बढिरहेको बताउनुभयो । लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी भेरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, बर्दिया अस्पताल र लमहीको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामी बढी आउने गरेको जानकारी दिनुभयो । यसैबीच तराईमा सर्पदंशका घटना बढेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सर्पदंश व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ ।

अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने र विषालु सर्पको पहिचान कसरी गर्ने भन्ने विषयमा जानकारीमूलक तालिम दिइएको हो । स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजना तथा फेएरमेड फाउन्डेशन नेपाल आधारभूत स्वास्थ्य परियोजना बुटबलको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालमा तिनदिने तालिम भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा क्षेत्रीले सर्पदंश भैहालेमा कसरी छिटो उपचारको व्यवस्था गर्ने भन्ने विषयमा ढिलाई गर्न नहुने गरि सेवा दिनुपर्ने बताउनुभयो ।

उहाँले अधिकांश बिरामी ढिलोगरि अस्पतालमा आउने अनि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले व्यवस्थापन गर्न नसक्दा मानवीय क्षति हुने गरेको भन्दै त्यो हुन नदिन यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, नवलपरासी, कपिलवस्तु, बर्दिया र बाँके जिल्लामा सर्पदंशका घटना धेरै रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेले बताउनुभयो । -गोरखापत्र

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसुचक घट्याे

३ घण्टा अगाडि
सर्वोच्च शिखर सगरमाथाको आरोहण

सर्वोच्च शिखर सगरमाथाको आरोहण

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

संविधान संशोधन प्रक्रियामा प्रदेश संरचनाको पुनरावलोकन माग

प्रतिनिधि सभा बैठक अवरोध

साफ महिला च्याम्पियनसिपको लागि पूर्ण समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक