मङ्ल, असार ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मनाङका मुख्य पर्यटकीय क्षेत्रको अनुगमन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मनाङका मुख्य पर्यटकीय क्षेत्रको अनुगमन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक मौसम सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम सुरु भएसँगै प्रमुख पर्यटकीय क्षेत्रको अनुगमन सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय ९एक्याप०को समन्वयमा जिल्ला सुरक्षा समितिले अनुगमन सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पर्यटक आगमन हुन थालेपछि यात्रा सुरक्षित र सहज होस् भन्ने उद्देश्यले अनुगमन गरिएको बताए । हिमाली क्षेत्रमा आउँदा लेक लाग्न सक्ने भएकाले पर्यटकले सचेतता अपनाउनुपर्ने उनले बताए।

“विशेष गरी पर्यटक आउँदा बाटो राम्रो बनाउनुपर्छ भन्ने हेतुले अनुगमन गरिएको हो, एक पटक आएका पर्यटकलाई फेरि पनि लोभ्याउने गरी बाटो सुरक्षित बनाउनु आवश्यक छ, बाटो सुरक्षित तवरबाट पार गर्न सहजीकरण गर्न एक्यापलाई आग्रह गरेका छौँ”, उनले भ, “पर्यटकको स्वास्थ्यमा समस्या आएमा तुरुन्त खबर गर्नका लागि दूरसञ्चार सेवाको सहज पहुँच बनाउन समन्वय गर्नुपर्ने देखिएको छ, यसको प्रवाह सहज बनाउने प्रयासमा छौँ ।”

तिलिचो ताल क्षेत्रबाट प्राकृतिक दृश्यावलोकनका लागि बस्ने स्थान निर्माण गर्नुपर्ने देखिएको उनले बताए । हिमपात नभएको अवस्थामा ढुङ्गा राखे बस्न सकिन्छ भने हिउँ भएको अवस्थामा बस्ने स्थान निर्माण गरी पर्यटकलाई सहज बनाउने ढङ्गले व्यवस्थापन गर्न एक्यापलाई सुझाव दिएको उनले बताए। पछिल्लो समय मनाङको थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल लगायतका महत्वपूर्ण पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ ।

“बाटो सहज बनाउनुका साथै टि हाउस व्यवस्थित गर्न एक्याप लागिपरेको छ”, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय ९एक्याप० मनाङका प्रमुख ढकबहादुर भुजेलले भने, “हिमाली क्षेत्रमा बाटो देखाउन राखिएका साइनिङ पोल, बोर्ड हावा तथा हिउँले खुइलिने भएकाले कहाँ कस्तो अवस्था छ भन्ने अवलोकन गरेका छौँ, ती बिग्रिएका स्थानमा नयाँ बोर्ड राखेर पर्यटकलाई गन्तव्यमा पुग्न सहज बनाउन लागेका छौँ ।”

विशेष गरी यस सिजनमा आन्तरिक पर्यटक बढी आउने उनको अनुभव छ । उनका अनुसार विदेश पर्यटक ‘हाइ अल्टिच्युड’को अभ्यास गरी आउने गर्दछन् । जसले गर्दा उनीहरुमा समस्या कम देखिन्छ तर, स्वदेशी पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको प्रमुख भुजेलले बताए । योजनाबद्ध तवरबाट यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा स्वदेशी पर्यटकमा लेक लाग्ने समस्या नहुने उनको भनाइ छ ।

ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यस जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य यसै पालिकामा पर्ने हुँदा पर्यटकलाई सहज रुपमा गन्तव्यसम्म पुग्ने वातावरण तयार गरिएको बताए । उनका अनुसार तिलिचो तालसम्म पुग्ने क्रममा ठाउँठाउँमा सार्वजनिक शौचालय, खानेपानी, फोहरमैला व्यवस्थापनका लागि डम्पिङसाइट निर्माण गरिएको छ । पर्यटकलाई मध्यनजर गरी तिलिचो बेस क्याम्पमा अस्थायी स्वास्थ्य केन्द्र राखिएको अध्यक्ष घलेले बताए ।

त्यस्तै थोराङ्ला भञ्ज्याङतर्फ जाने पर्यटकलाई सहज बनाउन पनि सार्वजनिक शौचालय, खानेपानी, फोहरमैला व्यवस्थापनका लागि डम्पिङसाइट निर्माण गरिएको छ । घुम्ने मौसम सुरु भएसँगै मनाङमा हालसम्म एक सय ४९ बाह्य पर्यटक आगमन भएको एक्यापको तथ्याङ्कमा उल्लेख छ । सन् २०२३ को जनवरीदेखि हालसम्म १० हजार तीन सय ५० बाह्य पर्यटक भित्रिएको एक्यापले जनाएको छ ।

मनाङमा दुई सिजनमा पर्यटक घुम्न आउने गर्दछन् । हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी कोही मुस्ताङ त कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पदयात्राको सुरुआत हुन्छ ।

अन्नपूर्ण पदमार्ग लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्लामा जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् भने पदमार्गबाट मनाङका विभिन्न पर्यटकीय स्थानको अवलोकन गर्दै यात्राको सुरुआत गर्दछन् । रासस

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

१ महिना अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक