शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विद्युतीय चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र आउनुपर्छः कार्यकारी निर्देशक घिसिङ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विद्युतीय चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र आउनुपर्छः कार्यकारी निर्देशक घिसिङ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि निजी क्षेत्र आउनुपर्ने बताउनुभएको छ । बुधबार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्नुहुँदै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।

उहाँले विद्युतीय सवारी साधनको विस्तार र चार्जिङ स्टेशन विस्तारका लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उल्लेख गर्नुभयो । निर्देशक घिसिङले निजी क्षेत्रलाई चार्जिङ स्टेशन विस्तारका लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको बताउनुभयो । उहाँले निजी क्षेत्र आएमा प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमरदेखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेको उल्लेख गर्नुहुँदै जग्गा र चार्जिङ स्टेशन लगानी गरे अरु सुविधाहरुमा प्राधिकरणले लगानी गर्ने प्रतिबद्धता जनाउनुभयो ।

निर्देशक घिसिङले विद्युत प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशनको एक साथ उद्घाटनले देशभर विद्युतीय सवारी साधनको प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो । पछिल्लो समय माइक्रोबस, ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु गरी धेरै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको उहाँको भनाइ छ । घिसिङले चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताउनुभयो ।

‘‘विद्युत प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशन उद्घाटन गरेको छ । यसले देशभर विद्युतीय सवारी साधनको प्रमोसन हुनेछ । भइरहेको पनि छ । अहिले माईक्रो बस तथा ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु धेरै आएको छ । चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न राम्रो व्यवस्था हुनेछ । चार्जिङ स्टेशनबाट चाँज गर्दा पेट्रोलियम पदार्थभन्दा करिब १५ देखि २० गुणा सस्तो छ । अप्रेसन कष्ट शून्य छ भने छ हजार डिजेल पेट्रोल लाग्ने ठाउँमा चार सय रुपियाँले अवस्था आउँछ ।,’’ निर्देशक घिसिङले भन्नुभयो, ‘‘नेपालको विद्युत नेपालमा नै खपत हुन्छ । पेट्रोलियम पदार्थको आयातलाई घटाउँछ । व्यापारघाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्नेछ । यसले नेपालको ट्रान्सफरमेसनमा ठूलो सहयोग पुग्नेछ । आगामी दिन नेपालको ग्रिन इनर्जि कन्भर्सन हुँदैछौं ।’’

उहाँले चार्जिङ स्टेसनबाट चाँज गर्दा पेट्रोलिय पदार्थभन्दा करिब १५ देखि २० गुणा सस्तो पर्ने भन्दै डिजेल पेट्रोलमा छ हजार लाग्ने ठाउँमा चार सय रुपियाँले पुग्ने अवस्था रहेको बताउनुभयो । उहाँले विद्युतीय सवारी साधनको प्रवर्द्धनले नेपालको विद्युत नेपालमा नै खपत हुने बताउनुभयो ।

उहाँले विद्युतीय सवारी साधनको विकाससँगै पेट्रोलियम पदार्थको आयात कम हुने, व्यापारघाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्ने उल्लेख गर्नुभयो । उहाँले आगामी दिन नेपालको ग्रिन ऊर्जामा रुपान्तरण भएर नेपालको अर्थतन्त्रलाई राम्रो योगदान पुग्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले प्राधिकरणले अझै ११ वटा थप विद्युतीय चार्जिङ स्टेसन विस्तार गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यसले नेपालको अर्थतन्त्रलाई राम्रो योगदान गर्नेछ । ५१ वटा चार्जिङ स्टेशन सुरु गरेको दुई वर्ष भयो । प्राधिकरण ११ वटा थप गर्दैछौं । सरकारले चार्जिङ स्टेसनहरु यात्रा गर्दा सहज हुने गरी बनाउनका लागि निजी क्षेत्रलाई ल्याउनको लागि नीति बनाउन लागिएको छ । बोर्डले निजी क्षेत्रलाई सहज रुपमा ल्याउनका लागि नीतिहरु संशोधन गर्दैछ । निजी क्षेत्र आउनुपर्छ । प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमरदेखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेका छौं । जग्गा र चार्जिङ स्टेशन भयो निजी क्षेत्रलाई अरु सुविधाहरु प्राधिकरण लगानी गर्छ ।’’

यस्तै, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले नेपालमा नै विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन गरी विद्युतीय पूर्वाधार तयार गर्नसके नेपालमा उत्पादन भएको जलविद्युत देशभित्रै खपत हुने बताउनुभयो । उपाध्यक्ष सिटौलाले विद्युतीय सवारी साधनलाई सरकारले प्रोत्साहन गरी पूर्वाधार तयार गरे मुलुकमा उत्पादित विद्युतलाई विदेश निर्यात गर्न नपर्ने जानकारी दिनुभयो । उहाँले विद्युतीय सवारी साधनको विकास र विस्तारका लागि विद्युतीय चार्जिङ स्टेशनहरु देशभर ५१ वटा मात्रै नभएर ५१ हजार हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । सार्वजनिक विद्युतीय सवारी साधनको लागि सरकारले सम्पूर्ण विद्युतीय पूर्वाधार तयार गर्न आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले सार्वजनिक विद्युतीय ठूला बसहरुको लागि सानो ठाउँमा चार्जिङ स्टेशनले काम नगर्ने बताउनुभयो ।

उपाध्यक्ष सिटौलाले सार्वजनिक विद्युतीय सवारी साधनको विकासका लागि सरकारले सहजीकरण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले अहिले भएका नीति तथा कानुनहरुमा सहजीकरण गरिदिनुपर्ने बताउनुभयो  । सरकारले गोंगबु नयाँ बसपार्कमा सरकारले विद्युतीय चार्जिङ स्टेशन बनाउन उहाँले माग गर्नुभयो । गाेरखापत्र

यो पनि पढ्नुहोस्

३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालन

३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

१ महिना अगाडि
सर्वोच्चले एनसेलसँग लिखित जवाफ माग्यो

एनसेलका २,२०० वटा टावरहरूमा क्षमता अभिवृद्धि

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक