शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली आरम्भ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली आरम्भ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले औपचारिक रुपमा सम्पूर्ण निकायहरुमा कार्यालय स्वचालित प्रणालीको आरम्भ गरेको छ ।

कार्यालय स्वचालित प्रणालीको माध्यमवाट अब सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो निकायहरुमा पेश गरिने कागजातहरु स्वचालित प्रणालीमार्फत सम्पादन हुने भएका छन् । त्रिवि केन्द्रीय कार्यालयमा साउन १ बाटै कार्यान्वयनमा रहेको उक्त प्रणालीमा त्रिविका सम्पूर्ण निकायहरू संलग्न भइसकेको र हालसम्म ५२९ वटा युजर आइडी कार्यान्वयनमा रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त वास्कोटाले कीर्तिपुर स्थित रजिष्ट्रार कार्यालयमा आयोजित कर्मचारीहरुको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको विधिवत शुभारम्भ गरेका हुन् । उपकुलपति प्रा.डा वास्कोटाले सामान्य प्रशासन महाशाखाबाट उठाइएको टिप्पणी विद्युतीय प्रणालीबाट स्वीकृत गरी कार्यालय स्वचालित प्रणालीको उद्घाटन गरे ।

त्रिवि समन्वय महाशाखाद्वारा आयोजित कर्मचारीहरुको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको उद्घाटन पश्चात संक्षिप्त मन्तव्य व्यक्त गर्दै उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले त्रिविलाई कागजविहीन प्रशासनको रुपमा स्तरोन्नति गर्ने आफ्नो महत्त्वपूर्ण लक्ष्य पुरा भएको बताएका थिए ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले कार्यालय स्वचालित प्रणालीको कार्यान्वयनलाई महत्त्वपूर्ण प्रशासनिक उपलब्धि भएको भन्दै व्यवस्थित, सरल र समयानुकूल सेवाका माध्यामबाट त्रिविप्रतिको नकारात्मक धारणा परिवर्तन गर्नुपर्ने बेला आएको भन्दै सबै संयन्त्रहरुलाई सक्रियतापूर्वक विद्युतीय प्रणालीको प्रयोग गरी समयमै सवैप्रकारका सेवा दिने वातावरण मिलाउन त्रिवि क्रियाशील रहेको बताए ।

यो पनि पढ्नुहोस्

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

३ घण्टा अगाडि
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक