काठमाडौँ / चीन भ्रमणमा रहेको नेकपा एमालेको प्रतिनिधिमण्डल छोङछिङ सहर पुगेको छ । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीलाई छोङछिङ महानगरपालिकाको वैदेशिक मामिलाका उपनिर्देशक झोउ यीले स्वागत गरेका थिए ।
सो प्रतिनिधिमण्डलले आइतबार आर्टिफिसिएल इन्टेलिजेन्स (एआई), विद्युतीय सवारी साधान प्रयोग हुने ब्याट्री र लिड (लाइट इमिटिङ डिओड)मा प्रविधिमा प्राप्त गरेको सफलता विषयमा जानकारी लिएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को नियन्त्रणमा एमालेका महासचिव पोखरेलको नेतृत्वमा २२ सदस्यीय प्रतिनिधिमण्डल चीनको १३ दिने भ्रमणमा रहेको छ । भ्रमण टोलीमा विदेश विभागका प्रमुख राजन भट्टराई, प्रचार विभागका प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमार साहसहितका नेताहरु रहेका छन् ।
टोलीले सहर छोङछिङ, बेइजिङ र छिङहाई भ्रमण गर्ने कार्यक्रम छ । बेइजिङमा महासचिव पोखरेलको नेतृत्वको भ्रमण टोलीले सीपीसीका नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ ।