मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख रूपमा उठाउँछौँ : प्रधानमन्त्री

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाली जनताले सम्झने केही राम्रा काम गरेर जान चाहन्छु : प्रधानमन्त्री प्रचण्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताउनुभएको छ।

शुक्रबार दिउँसो पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएको बताउनुभएको हो। सभामा प्रधानमन्त्रीले भन्नुभयो, “केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु। यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाल लगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीर रूपले कुरा उठाउँछु। आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिंगो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ।

यसबारे गम्भीर रूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ।” समाजवादी मोर्चाबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “मोर्चा कुनै आवेगमा बनाइएको होइन। सानो उद्देश्य लिएर बनाइएको पनि होइन। निर्वाचनको उद्देश्यमा आधारित भएर मात्रै पनि मोर्चा बनाइएको होइन। यो मोर्चा समाजवादका निम्ति, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति हो।” “यहाँ धेरैजसो जनयुद्धका सहयोद्धा यहाँ छौँ।

विप्लवजी, उपेन्द्रजी पनि हिजो सँगै हुनुहुन्थ्यो। माधवजी पनि एउटै पार्टीमा काम गर्नुभयो। मलाई खुसी छ” प्रधानमन्त्रीले भन्नुभयो, “सबै कम्युनिस्ट क्रान्तिकारीहरू, समाजवादीहरू, लोकतान्त्रिक शक्तिको मोर्चा बनाउने र प्रकारान्तरमा एउटै कम्युनिस्ट पार्टी बनाउने संकल्पसहित यो मोर्चा बनाएका हौँ।” “विभाजित सबै कम्युनिस्टहरू एकतावद्ध हुनुपर्छ। त्यसका लागि समाजवादी मोर्चा पहिलो कदम हो।

हाम्रा विवादहरू समाधानको बाटोमा छन्, हामी छिट्टै निष्कर्षमा पुग्छौँ” प्रधानमन्त्रीले भन्नुभयो। “क्रान्तिको आफ्नो वस्तुगत नियम छ। यो मानिसको इच्छाहरू अनुसार चल्दैन। यो क्रान्ति र प्रतिक्रान्तिको नियमअनुसार अगाडि जान्छ। हामी पनि त्यही प्रक्रियाभित्र छौँ” उहाँले भन्नुभयो, “जनयुद्ध र जनआन्दोलनदेखि संविधान सभासम्मको वाद थियो। त्यसपछि हामी विवादमा गयौँ, त्यसले हामीलाई विभाजित गर्‍यो। अब हामी संवादको प्रक्रियामा छौँ। विवादले अन्यौल र आशंका जन्मायो, त्यो व्यक्तिगत विषय थिएन। संघर्षको चरण सकिएपछि त्यो नयाँ आधारमा नयाँ एकतातिर जान्छ।

यो पूरानो एकता होइन नयाँ आधारमा नयाँ एकता हुनेछ। यो समाजवादी क्रान्तिका निम्ति एकता हो।” “सरकारको मोर्चाबाट हामीले सकेसम्म जनमुखी काम गरिरहेका छौँ। यहाँ परिवर्तन रक्षा गर्ने कि ध्वस्त पार्ने भन्ने बहस छ। संसद र लोकतन्त्र कमजोर पार्ने षड्यन्त्र चिरेर यहाँ आएका छौँ। चार दलको यो मोर्चा थप बिस्तारित हुँदै जानेछ। अन्य वामपन्थी, लोकतान्त्रिक र समाजवादी शक्ति एकतावद्ध हुँदै जानेछन्। यो विशाल शक्ति बन्दै जानेछ” प्रधानमन्त्रीले भन्नुभयो। “यो सरकार सुझबुझपूर्ण ढंगले गठन भएको हो। हामीले नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा काम गरिरहेका छौँ। राजनीतिक मोर्चामा हामी सफल अवतरण गरिरहेका छौँ। गठबन्धनभित्र राम्रो एकता पैदा भएको छ” प्रधानमन्त्रीले भन्नुभयो, “सरकार बेथितिका विरूद्ध लडिरहेको छ। यी काम सामान्य छैनन्। जनताको हैरानी परिसानी सम्बोधन गर्नेगरि यो अभियान सुरू गरेको थिएँ।

म प्रधानमन्त्री बन्दै गर्दा देश श्रीलंका बन्छ भन्ने आतंक थियोे। अहिले त्यस्तो परिस्थिति छैन। वित्तीय नीति र मौद्रिक नीतिबीच एकरूपता कायम गरिएको छ। निजी क्षेत्रलाई विश्वास लिएर काम अगाडि बढेको छ। रेमिटान्स बढेको छ, राजश्व बढेको छ, पर्यटक आगमनमा वृद्धि छ। तर, अर्थतन्त्रको दवाव पूरै हटिसकेको छैन। यसका लागि सरकारले दृढतापूर्वक काम गर्दैछ।” “विदेशमा जाने युवाका निम्ति सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको छ।

अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षामा समावेश गरिएको छ। यसले सामाजिक कल्याणको माध्यमबाट यसले समाजवादको आधार तयार पार्छ” प्रधानमन्त्रीले भन्नुभयो, “यो भ्रष्टाचारविरोधी अभियान मात्रै होइन। राष्ट्रिय गौरवका आयोजनालाई गति दिने प्रयास गरिएको छ। देशमा राम्रो वातावरण बन्दै गएको छ।” “भ्रष्टाचारका कारण देश थिलोथिलो भएको छ। राज्य नै संस्थागत भ्रष्टाचारमा संलग्न हुने परिस्थिति गम्भीर छ। त्यसलाई तोड्न नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकार कठोर रूपमा प्रस्तुत भएको छ।

ललिता निवास सरकारी जग्गामाथि संस्थागत तस्करी अन्त्य गर्ने कुरा छ। सुन तस्करीहरूको भयानक जालो तोड्ने कुरा छ।” प्रधानमन्त्रीले भन्नुभयो, “मिटरब्याज पीडित गरिब किसानहरूको पक्षमा प्रहार गर्‍यौँ, ऐन बनायौँ, आयोग बनायौँ। जनयुद्ध दिवस, सहिद घोषणा गर्‍यौं। देश र जनताको पक्षमा लिइएका पहलहरू सामान्य प्रकृतिका छैनन्, दूरगामी महत्त्वका छन्।” “अर्थतन्त्रमा गति ल्याउन महत्त्वपूर्ण काम भएका छन्।

१० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको छ। यसले लगानीको राम्रो वातावरण बनेको छ। सीमा समस्या समाधानका लागि महत्त्वपूर्ण काम भएको छ। पञ्चेश्वर परियोजना अगाडि बढेको छ। पञ्चेश्वरले नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान गर्नेछ। बंगलादेशसँग विद्युत व्यापारको सम्झौता भएको छ। १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी परियोजना अगाडि बढाइँदैछ” प्रधानमन्त्रीले भन्नुभयो। “विरोधीले सरकारले राम्रो गर्‍यो भन्दैनन्, उनीहरूले त खत्तम पारे भन्छन्।

सरकारका राम्रा काम जनतामा लैजाने हामीले नै हो” प्रधानमन्त्रीले भन्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “जलवायु परिवर्तनको मुद्दामा संयुक्त राष्ट्रसंघको महासभामा मैले दृढतापूर्वक कुरा राख्छु। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे पनि गम्भीर कुराकानी हुन्छ। लगत्तै चीन भ्रमण हुँदैछ। चीनसँग भौतिक पूर्वाधार सम्बन्धि काम अगाडि बढाउनेछौँ। हिल्सा र कोरला नाका सञ्चालनमा ल्याउने पहल हुन्छ। चीनसँग पनि विद्युत व्यापार सम्झौता हुने विश्वास लिएका छौँ।

पोखरा र भैरहवा एयरपोर्ट सञ्चालनमा ल्याउनेबारे पनि गम्भीर छलफल हुन्छ। उत्पादन वृद्धिका लागि कृषिमा क्रान्ति जरूरी छ। त्यसबारे पनि चीनसँग कुराकानी हुन्छ।” “सरकारबारे विभिन्न प्रश्न उठाइएको छ। प्रचण्डले खुट्टा कमाउँछ, आफ्नालाई छोड्छ भन्ने गलत प्रचार गरिएको छ। प्रचण्डले भ्रष्टाचार गरे पनि नछोड्नु भनेको छु। दोषी छ भने कांग्रेस, एमाले, माओवादी, समाजवादी जोसुकै भए पनि छोडिँदैन। यो अभियान रोकिँदैन।

यसमा गठबन्धन पनि एकमत छ। यो गठबन्धन पाँच वर्ष जान्छ” प्रधानमन्त्रीले भन्नुभयो। सन्देश सभालाई पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायत मोर्चाका नेताहरूले सम्बोधन गर्नुभएको थियोे।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक