शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

महिलालाई बिक्रीको साधन किन बनाउँछन् पुरुषहरु ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

– प्रीति रमण

रोजगारीका लागि विदेश जाने नेपाली महिलाहरुको संख्या बढेसँगै यससम्बन्धी विभिन्न समसयाहरुमा पनि वृद्धि भएको छ । खाडी तथा मध्य पूर्व एसियाका देशमा जाने अधिकांश महिलाहरु घरेलु कामसँग सम्बन्धित छन् । तर, उनीहरुलाई न्यूनतम रकममा बेच्ने, धेरै काम लगाउने, यौन शोषण गर्ने र थोरै पारिश्रमिक दिनेजस्ता ज्यादती पनि हुँदै आएका छन् । कतिपय महिला त दलालको भरमा परेर सरकारले प्रतिबन्ध लगाएका देशमा पनि रोजगारीका लागि पुगेका छन् । त्यहाँ उनीहरु विभिन्न समस्यामा पर्दै आएका छन् । तर, वैदेशिक रोजगारीमा पुगेका महिलाको समस्या समाधान गर्न सरकार खासै चासो देखाएको देखिँदैन । पछिल्लो समय नेपालको ग्रामीण क्षेत्रबाट युवतीलाई विदेश जाने प्रलोभनसहित काठमाडौं ल्याउने र उनीहरुलाई भिजिट भिसामा दुबई पु¥याई अन्य देशहरुमा बेच्ने प्रवृत्ति बढेको छ । गाउँका सोझासाझा युवतीहरु प्नि दलालको प्रलोभनमा फस्दै आएका छन् ।

तर, उनीहरुलाई त्यो नारकीय जीवनमा फस्न नदिन सरकारी तहबाट कुनै काम हुन सकेको छैन । तर, विद्यालय तहदेखि जनचेतना छ, न विमानस्थलमा कडाइ छ, न उनीहरु विदेश पुगेपछि उद्धार र राहतमा कुनै योजना छ । यही कारणले पनि दलालहरुको मनोबल बढिरहेको छ । सरकारले केवल वैधानिक रुपमा विदेश जाने महिलाको संख्याको रेकर्ड राख्न थालेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिला श्रमिकको संख्या पछिल्लो केही वर्षयता बढ्न थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा झण्डै ५० हजार महिलाहरू रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । सरकारले महिला र पुरुष भनेर श्रम स्वीकृति लिनेको अभिलेख राख्न थालेको वर्ष २०६३/०६४ मा ३९० जना महिलाले श्रम स्वीकृति लिएकोमा १५ वर्षपछि आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार १२८ जना महिलाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

तर गैरकानुनी रूपमा भारत लगायतका देश र भिजिट भिसामा एजेण्ट र बिचौलियाले रोजगारीका लागि लगेका महिला श्रमिकको तथ्यांक भने छैन । वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०६३/०६४ देखि वैदेशिक रोजगारीमा जाने महिला र पुरुषको संख्या छुट्याई अभिलेख राख्न थालेको हो । त्यसयता बितेका १५ वर्षमा दक्षिण कोरिया बाहेकका देशमा जान तीन लाख ७५ हजार ८२५ जनाले श्रम स्वीकृति लिएका छन् । दक्षिण कोरिया जान अघिल्लो आर्थिक वर्षसम्ममा चार हजार ४८१ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

आर्थिक वर्ष २०७४ /०७५ मा छ लाख १२ हजार ६८५ जनाले श्रम स्वीकृति लिँदा ३२ हजार ९६४ जना, आर्थिक वर्ष २०७५/०७६ मा पाँच लाख आठ हजार ८२८ जनाले श्रम स्वीकृति लिँदा ३२ हजार १२३ जना, आर्थिक वर्ष २०७६/०७७ मा तीन लाख ६८ हजार४३३ जनाले श्रम स्वीकृति लिँदा २८ हजार ४२३ जना, आर्थिक वर्ष २०७७/०७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिँदा ११ हजार ४५६ जना, आर्थिक वर्ष २०७८/०७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिँदा ४९ हजार १२८ जना महिलाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । तर हजारौं संख्या महिलाहरू भिजिट भिसा र भारतको बाटो हुँदै विभिन्न देशमा पु¥याइएका छन् । यसरी गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या कति छ भन्ने तथ्यांक कसैसँग पनि छैन । नेपाली महिलाका तुलनामा अन्य देशका महिला श्रमिक तालिम प्राप्त, अनुभवी र सीपयुक्त भएका देखिन्छन् ।

सीप नभएका कारण एउटा कामका लागि स्वीकृत लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता नेपाली महिला श्रमिकको छ । जसका कारण महिलाहरू बढी हिंसामा पर्नु पुगेको देखिन्छ । त्यसो त जोखिम मानिएका देशमा व्यक्तिगत श्रम स्वीकृतिमा जाने महिलाको संख्या ज्यादा रहेको छ ।

गत वर्षको वैदेशिक रोजगार बोर्डको प्रतिवेदनमा समेत सबैभन्दा बढी महिलाको मृत्यु हुने देश कुबेत र युएई देखिन्छ । त्यहाँ महिला कामदारलाई मालिकहरूले मानसिक र शारीरिक यातना दिने गरिएको पाइन्छ । रातदिन काम गरेर पनि उनीहरूले तलब पाउन सकेको देखिन्न । वैदेशिक रोजगारमा जानेहरू म्यानपावर कम्पनीबाट नै ठगिएको समेत घटना सार्वजनिक भएका छन् । घरमालिकले जथाभावी यातना दिँदा पनि उनीहरू यातना सहन बाध्य छन् । विश्वका कतिपय देशमा उनीहरू तड्पिएर बाँच्न विवश छन् । बिरानो देश, बिरानो परिवेश, न भाषा, न संस्कृति न कानुन नै मिल्छ, त्यस्तो देशमा पनि भगवान् भरोसामा रहेर नेपाली महिला श्रमिकहरू संघर्ष गरिरहेका छन् । दुःख कष्ट भोग्न विवश छन् । ज्यादै कष्टकर जीवन बिताइरहेका छन् । आफ्नो काम गरेको पारिश्रमिक नपाउनुको पीडा एकातिर छ भने पारिश्रमिक माग्दा उल्टै यातना पाउने गरेबाट पनि नेपाली महिला कामदारको विदेशमा ज्यादै दयनीय अवस्था रहेको प्रतीत हुन्छ । कति ठाउँमा नेपाली महिला श्रमिकको भविष्य सुनिश्चित छैन । थुप्रै नेपाली महिला श्रमिक कतै केयरगिभर त कतै बार डान्सर वा घरेलु कामदारका रूपमा कार्यरत छन् । अहिले दलालहरूको ठूलो नेटवर्क छ, त्यो नेटवर्कभित्र महिलाहरू पनि जोडिएका छन् । त्यही नेटवर्कभित्रका दलाल महिलाहरूले सोझा तथा आर्थिक रूपमा कमजोरहरूलाई प्रभावमा पारी विना श्रम स्वीकृति विदेश पठाइरहेका छन् । दलालहरू एकदमै चतु¥याइँका साथ आर्थिक रूपमा कमजोर महिलाहरूको मनोविज्ञान बुझ्छन् र महिला दलालको नेटवर्कसम्म सम्पर्क गराई ललाई फकाई गर्न सफल हुन्छन् । सरकारले महिलाहरूलाई जीविकोपार्जनतर्फ उन्मुख गराउने नीति ल्याउनुपर्छ । महिलाहरूलाई जनचेतनामूलक कार्यक्रमसँगै, आर्थिक सशक्तीकरणको कार्यक्रम ल्याएमा कुनै पनि महिला रोजगारीका लागि बाध्यतावश विदेश जानु पर्दैन । – जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

१ वर्ष अगाडि

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक