बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्वास्थ्यमन्त्रीका सय दिनः निःशुल्क शय्या र उपचारमा जोड

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
मनहरी (मकवानपुर) – बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्नो सय दिने कामका उपलब्धि र आगामी योजना सार्वजनिक गरेका छन्।
मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले सय दिनमा विपन्न असहाय, बेवारिसे बिरामीलाई निःशुल्क शय्या व्यवस्था गर्नुका साथै दीर्घरोगी ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारमा जोड रहेको बताए।
स्वास्थ्य मन्त्रालयको गौरवको योजना विद्यालय नर्सलाई निरन्तरता दिनुका साथै प्रदेशभित्र बसोबास गर्ने लोपोन्मुख तथा सीमान्तकृत जाति, आश्रममा आश्रित असहाय ६ सय ३७ जना नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिएको मन्त्री जोशीले बताए।
उनका अनुसार धुलिखेलको जनस्वास्थ्य प्रयोगशाला चितवनमा विस्तार गर्नुका साथै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत निःशुल्क औषधि स्थानीय तहका स्वास्थ्यचौकीसम्म लगिएको छ। “हामीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धारसम्बन्धी कार्यविधि, २०८० मन्त्रिपरिषद्बाट पास गरेका छौँ”, मन्त्री जोशीले भने।
  बत्तीस बुँदामा उपलब्धि सार्वजनिक गर्दै मन्त्री जोशीले भने, “अहिले डेङ्गुको जोखिम बढेको छ, सोहीअनुरूप धादिङमा दुई हजार पाँच कीट र जनस्वास्थ्य प्रयोगशालाका साथै अस्पतालहरूमा आठ हजार नौ सय कीट निःशुल्क उपलब्ध गराएका छौँ।”
उपलब्धिसँगै मन्त्री जोशीले चालु आवमा गरिने योजनाबारे जानकारी गराएका थिए। उनले एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदूढीकरण कार्यक्रमलाई रु ११ करोड ५२ लाख ५० हजार बजेट राखिनुका साथै स्थानीय तहका स्वास्थ्य संस्था सवलीकरण कार्यक्रमलाई रु १० करोड २२ लाख बजेट विनियोजन गरिएको बताए।
नसर्ने रोगको पहिचानका लागि परीक्षण र परामर्श, क्यान्सर रोग लागेका विपन्न बिरामीलाई उपचारमा सहुलियत, हृदयाघात भएका बिरामीका लागि उपचारमा सहुलियत र मस्तिष्काघात रोग उपचारमा सहुलियत गर्ने कार्यलाई निरन्तरता दिने मन्त्री जोशीले बताए।
थप एक सय १५ वटा विद्यालयमा नर्स राखिनुका साथै आँखा अस्पताल र आयुर्वेद अस्पताललाई थप व्यवस्थित बनाई सेवा विस्तार गरिने उनले जानकारी दिए। एक जिल्ला एक जडीबुटी उद्यान निर्माण अभियान सञ्चालन गरिनुका साथै भान्साघरमा उपलब्ध हुने औषधीय गुण भएका खाद्यपदार्थलाई प्रयोग गरी भान्साघर औषधालय कार्यक्रम सञ्चालन गरिने मन्त्री जोशीले बताए।
प्रदेश जनसङ्ख्या नीति तर्जुमा गर्नुका साथै उपचार व्यवस्थापन निर्देशिका बनाई कार्यान्वयनमा ल्याउने मन्त्रालयको तयारी रहेको छ। मन्त्रालयले पछिल्लो समय देखिएको डेङ्गु सङ्क्रमणको महामारीलाई निर्मूल पार्न जिल्लास्थित अस्पताल तथा स्वास्थ्य संस्थामार्फत तीव्रगतिमा काम गरिरहेको मन्त्री जोशीले बताए। – रासस

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

३ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक