काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले गरेको कामबाट विपक्षी दलहरू विक्षिप्त भएको टिप्पणी गरेका छन् ।
आइतबार माओवादी केन्द्र निकट बुद्धिजीवीहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकमा उनले सरकारले गरेका राम्रा काम बाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको जनाए ।
उनले भने, ‘पछिल्लो समय सरकारले गरेको कामबाट एक थरी व्यक्तिहरू विक्षिप्त भएका छन् । उनीहरूले माओवादी पार्टी ,सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन् । त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्त्वपूर्ण रोल खेल्नुपर्छ ।’