बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्षमताभन्दा बढी शय्याबाट सेवा दिँदै जिल्ला अस्पताल मुगु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
क्षमताभन्दा बढी शय्याबाट सेवा दिँदै जिल्ला अस्पताल मुगु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रजनी याेगी

सुर्खेतlस्वास्थ्य सेवा कार्यालय मुगुमा शय्या क्षमताभन्दा बढी सेवा प्रवाह भइरहेको छ । अस्पतालमा विगत केही वर्षदेखि क्षमताभन्दा बढी शय्याबाट सेवा प्रवाह भइरहेको हो ।

अस्पतालको क्षमता १५ शय्याको भए तापनि अहिले ४० शय्याबाट सेवा प्रवाह भइरहेको छ । भौतिक संरचनाले बिरामीको चाप थेक्न सक्ने अवस्था छैन । तर बिरामीको चाप बढ्दै गएपछि भने शय्या सङ्ख्या बढाएर सेवा दिइरहेको कार्यालयका निमित्त प्रमुख डा. कमल ढुंगानाले जानकारी दिनुभयो । “अस्पतालको क्षमता १५ शैय्याको हो, तर ४० शैय्याबाट सेवा दिईरहेका छौं,” उहाँले भन्नुभयो, “सरकारले ५० शय्याबाट सेवा दिने भनेको छ । त्यो अनुसारको पूर्वाधार निर्माण हुनसकेको छैन ।” जनशक्ति र भौतिक संरचनाको अभावमा अस्पतालले सेवा दिँदै आएको छ ।

हाल जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो छ । दैनिक सरदर सयभन्दा बढी बिरामी उपचारका लागि अस्पताल पुग्छन् । अस्पतालको भवन नयाँ भए पनि १५ शैय्याका लागि पूर्वाधार निर्माण गरिएकाले सेवा प्रवाहमा समस्या भएको हो । उहाँले भन्नुभयो, “अस्पतालको पाँच वर्ष पहिले बनेको भवन छ । त्यो १५ शय्याको अस्पताल सञ्चालन गर्नका लागि हो र तर अहिले ४० शय्याबाट सेवा दिँदा समस्या भएको छ । सेवा बढेसँगै भवन पनि थप्नुपर्ने देखिएको छ ।” अस्पतालमा जटिल खालको समस्या भएका महिलाको अप्रेसन गरेर सुत्केरी बनाउने सेवा पनि छ ।

आवश्यक भवन अभावमा अस्पतालको सेवा प्रवाह भइरहेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो । उहाँका अनुसार क्षमताभन्दा बढी शय्याबाट अस्पतालले सेवा दिइरहेको छ । प्रदेश सरकारले उक्त अस्पताललाई ५० शय्याबाट सञ्चालन गर्ने भनिए तापनि पूर्वाधार निर्माणमा ध्यान नदिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ,‘सेवा विस्तार गर्नका लागि भवन पर्याप्त छैन । प्रदेश सरकारलाई भवनको स्तर वृद्धिका लागि भनेका छौं ।’ अहिलेको संरचनाले १५ शय्याबाट सेवा दिन मात्र पर्याप्त हुन्छ तर ४० शय्याबाट सेवा प्रवाह भइरहेको छ ।

विशेषज्ञ डाक्टरविहीन अस्पताल

स्वास्थ्य सेवा कार्यालय मुगुमा नवौं तहका स्थायी चिकित्सक छैनन् । जसले गर्दा जटिल रोगको उपचारमा समस्या हुने गरेको छ । जटिल खालको रोगका बिरामी जुम्ला र नेपालगञ्ज जानुपर्ने बाध्यता अझै हटेको छैन । अस्पतालमा स्वीकृत दरबन्दी ४४ जनाको हो । अहिले २६ जना कार्यरत छन् । १८ दरबन्दी रिक्त छ । त्यसमध्ये चार जना विशेषज्ञ डाक्टरको दरबन्दी हो ।

दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । यसैगरी चार जनाकै दरबन्दी रहेको मेडिकल अधिकृतमा एक जना मात्रै स्थायी दरबन्दीका कर्मचारी छन् । अन्य तीन जना मेडिकल अधिकृत करारका हुन् । निमित्त प्रमुख डा. ढुङ्गानाले भन्नुभयो,  “अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ । करारका कर्मचारी २७ जना हो । त्यो पनि तल्लो तहको। सेवा प्रवाह गर्न निकै समस्या भइरहेको छ ।”

उहाँले नवौं तहका चिकित्सकको माग गर्दै प्रदेश र सङ्घीय सरकारसँग पटकपटक माग गरे पनि बेवास्ता भएको गुनासो गर्नुभयो । उहाँका अनुसार करार सेवामा कार्यरत कर्मचारी तल्लो तहका धेरै छन । अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति अभावका कारण सेवा दिन समस्या हुने गरेको छ ।

जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पतालले अभावकै बीच सेवा प्रवाह गरिरहेको हो । दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा नागरिक स्वास्थ्य सेवा पाउनबाटै वञ्चित भइरहेका छन् । जटिल रोगको उपचार गर्न महङ्गो पैसा तिरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ । सेवा प्रवाहमा वृद्धि भए पनि भौतिक संरचना र जनशक्तिको अभावका कारण सोचेजस्तो सेवा दिन नसकेको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

३ घण्टा अगाडि
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण संशोधन गर्दै केही सुधार हुने अनुमान

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक