शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बिश्वलाई बदल्दै जाने मूलबाटोमा ब्रिक्स

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

​लोकनारायण सुबेदी
यतिबेला बिश्वले संयुक्त राष्ट्र संघ स्थापनाको पच्चहत्तर बर्ष पछि नया बिश्व ब्यवस्थाको शिलान्यास हुँदै गरेको आभास र अनुभव गर्न थालेको छ । यो चित्र हालै अर्थात २३–२४ अगष्टमा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा १५औं ब्रिक्स शीखर सम्मेलनमा थप छ नयाँ देश शामेल भए पछि देखिएको हो । अब ब्रिक्समा एघार सदस्यीय एउटा समूह तयार भएको र यसले भबिष्यमा अन्तर्राष्ट्रिय राजनीतिक मैदानमा आफ्नो नयाँ भूमिकाकासाथ बर्चश्व कायम गर्ने देखिएको छ । यो बिश्व ऐतिहासिक घटना त्यतिबेला घटेको छ जतिबेला अन्तर्राष्ट्रिय राजनीतिको पुरानो प्रमुख खेलाडी अमेरिक र यूरोपेली देशहरु थाकेको र हताश बनेको स्थितिबाट गुज्रिरहेको प्रतीत हुन्छ ।ब्रिक्समा अहिले साऊदी अरब, संयुक्त अरब इमिरेट्स, इरान सामले हुँनजादा बिश्वको परिदृष्य पूर्णरुपले परिबर्तन हुन थालेको बिश्वका अर्थ–राजनीति तथा कूटनीति बिश्लेषकहरु औंल्याउन थालेका छन् । ब्रिक्समा वास्तवमा तेल र ग्यास उत्पादक तथा त्यसको खरिद गर्ने देशहरु संलग्न रहेका छन् । ज्ञातहरु भन्दै छन् यो परिबर्तन कुनै आर्थिक क्रान्तिभन्दा कम महत्वको छैन । यस संगठनको अब बिश्वको कूल तेल उत्पादनको झण्डै आधा हिस्सा पर्दछ । कूल तेल निर्यातमा ब्रिक्समा संलग्न देशहरुको हिस्सेदारी ४० प्रतिशतसम्म पुगेको छ । भबिष्यमा भेनेजुएला पनि यसमा सामेल हुन आएमा बिश्वको तेल उत्पादन र निर्यातमा यो हिस्सेदारी अझ बढ्न जानेछ ।
​अमेरिकाका चर्चित र सफल कूटनीतिज्ञ तथा राजनीतिज्ञ हेनरी किसिंजरले एक पटक भनेका पनि थिए कि जुन देशको तेलमाथि कब्जा हुन्छ बिश्वमा त्यसैको बर्चश्व कायम रहन्छ । अहिलेसम्म अमेरिका तथा अन्य पश्चिमा देशहरुले आफ्नो कूटनीतिको माध्यमले पश्चिम एशियाका तेल उत्पादक देशहरुमाथि आफ्नो पकड कायम राख्दै आएका थिए । अरब–इजराय युद्धको बेला सन् सत्तरीको दसकम केही समयका लागि पश्चिमी देशहरुले केही समयका लागि संकटको सामना गर्नु परेको थियो । तर तिनले पछिबाट आफ्नो कूटनीतिको प्रयोग गरेर तेलको बिश्व बजाारमा आफनो पकड पुनः बलियो बनाएका थिए । त्यो तेल कारोबारको आधिकारिक मुद्रा पनि अमेरिकी डलर नै रहेको थियो । पेट्रो–डलरके माध्यमबाट नै अमेरिकाले बिश्वका आर्थिक गतिबिधिहरुलाई आफ्नो नियन्त्रणमा राख्दै आएको थियो । यही कारणले गर्दा बिश्वको दोश्रो सबैभन्दा ठूलो तेल ग्यास उत्पादक देश रुसमाथि प्रतिबन्ध लागु गर्दा गर्दै पनि पश्चिम देशहरुको अर्थतन्त्र धराशायी नभएको हो । तर अब उदाएको ब्रिक्स प्लसको कारण अमेरिकी डलरको मृत्युको घण्टी बज्न थालेको उल्लेख गरिदैछ । हुन त ब्रिक्स सम्मेलनमा कुनै नयाँ बिश्व मुद्राको घोषणा गरिएको छैन । तर ब्रिक्स सदस्य देशहरुले आफ्नै राष्ट्रिय मुद्रामा परस्पर लेन–देन काराबारलाई बढाउने महत्वपूर्ण निर्णय लिएका छन् । यसरी तेल उत्पादक र त्यसको उपभोक्ता देशहरुले जब परस्परमाा आफ्नो मुद्राहरुमा कारोबार गर्न थाल्दछन् त्यति बेला बिस्तारै बिस्तारै अमेरिकी डलरको पकठ कम हुँदै हुँदै जान्छ ।
​त्यसैले सम्पन्न १५औं ब्रिक्स सम्मेलनलाई असफल बनाउनन पश्चिमा देशहरुको तर्फबाट निकै सघन दुष्प्रचार यस सम्वन्धमा चलाए थिए । त्यस अन्तरगत पहिला शुरुदेखि नै ब्रिक्स सदस्य रहेको भारत ब्रिक्स सदस्य बिस्तारको पक्षमा नरहेको र बिरोधमा अग्रसर भएको कुरा पनि निकै जोडतोडले पश्चिमा सञ्चार माध्यमहरुले उठाएका उरालेका थिए । मूख्यगरी उनीहरुले भारत कहिले साऊदी अरबलाई ब्रिक्समा सामेल गर्न सहमत छैन भन्ने कुरालाई उछाले भने कहिले इरानलाई सामले गर्न तयार छैन भन्ने कुरा उछालेका थिए । तर अन्ततः पश्चिमाहरुको यो कुरा दुष्प्रचार नै साबित भयो । हुन पनि भारतले बितेका कयौ बर्षदेखि ब्रिक्सलाई समावेशी बनाउने सुझाव दिने गर्दै आएको पनि देखिन्थ्यो । केवल यसको संरचना के कस्तो बनाउने भन्ने खाका मात्र उसले दिन सकेको थिएन । तर पाकिस्तानसँग पूर्बाग्रह राखिरहेको भारत उसलाई भने यो संगठनमा सामेल हुन अहिले पनि तयार देखिदैन । तर चीन नै पाकिस्तानको सदस्या बिरुद्ध छ भन्ने प्रचार भारतीय सत्ता प्रतिष्ठानले गर्न पनि पछि नपरेको देखिदैछ ।
​यस सम्वन्धमा वास्तवमा के देखिदै आएको बिश्लेषकहरु बताइरहेका छन् भने पश्चिमा देश र भारतका समेत एकथरी सञ्चार माध्यमहरु के दुहाई दिन पछि परेको देखिदै न भने ब्रिक्समा अब चीनको बर्चश्व भइसकेको छ र त्यो भारतको राजनीतिक हितका बिपरीत छ । तर यथार्थ त्यस्तो रहेको छैन । चीनसँग रुसको सैन्य रणनीतिक साझेदारी रहेको भए पनि कुनै पनि देशलाई रुसले ब्रिक्समाथि बर्चश्व कायम गर्न सहमति दिदैन भन्ने कुरा अर्काथरी भारतीय बिश्लेषकहरुले औंल्याइरहेका छन् । हुन पनि अहिले चलिरहेको यूक्रेन युद्ध स्थितिमा रुसले बिश्वलाई प्रष्ट सन्देश के दिएको देखिदै छभने रुस अब सोभियत संघकै जस्तो भूमिका निर्बाह गर्न अग्रसर हुँदैछ । यसैले अबको अन्तर्राष्ट्रिय स्थितिमा राजनीति र कूटनीतिको सञ्चालनमा नयाँ दृष्य परिदृष्यहरु देखिन थालेका छन् । यो बढ्दो ब्रिक्सको भूमिकाले निर्माण गरेको जगमा नै बिकसित भएको आजको यथार्थ हो । यसरी ब्रिक्स बिश्वलाई बदल्दै जाने मूलबाटोमा छ ।

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक