सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) का लागि नेपालले तयारी थालेको छ । वन तथा वातावरण मन्त्रालयले कोप–२८ को तयारी सम्बन्धमा गत साउन १६ गते औपचारिकरुपमा थालनी प्रारम्भ गरेको हो । सम्मेलन आगामी मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ ।

कोप–२८ मा नेपालले जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशितालगायत सवालमा केन्द्रित भई राष्ट्रिय स्थितिपत्र तयार गर्दैछ । यसका लागि नेपालले सम्मेलनमा सहभागिताको मार्गचित्रबमोजिम विभिन्न काम गरिरहेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवम् सहसचिव डा. बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।

आगामी सम्मेलनमा विश्वस्तरमा ऊर्जा सङ्क्रमण र न्यूनीकरण, तापमान वृद्धि एक दशमलव पाँच डिग्रीमा सीमित गर्न कडाइ गर्ने, जलवायु वित्त वितरण, जलवायु परिवर्तनमा देखिएका समस्याको प्राकृतिक आधारमा समाधान गर्ने कार्ययोजना, सम्मेलनलाई पूर्ण समावेशितालगायत विषयलाई प्राथमिकतामा राखिने गरी तयारी भइरहेको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।

सचिवालयको तालिकाअनुसार सम्मेलनको उद्घाटन कार्यक्रम ३० नोभेम्बरमा हुनेछ । डिसेम्बर १ र २ मा विश्व जलवायु कार्य सम्मेलन, डिसेम्बर ३ मा स्वास्थ्य/राहत, पुनस्थापना र शान्ति विषयक सत्र, डिसेम्बर ४ मा वित्त/व्यापार/लैङ्गिक समानता/उत्तरदायित्व, डिसेम्बर ५ मा ऊर्जा, उद्योग र सङ्क्रमणसम्बन्धी सत्र, डिसेम्बर ६ मा बहुस्तरीय कार्य, सहरीकरण र वातावरण निर्माण, यातायात विषयका सत्र सञ्चालन हुनेछन् ।

यसैगरी, डिसेम्बर ८ मा युवा, बालबालिका, शिक्षा र सीप, डिसेम्बर ९ मा प्रकृति, जग्गाको प्रयोग र सामुद्रिक विषयक सत्र, डिसेम्बर १० मा खाद्य, कृषि र पानी विषयक सत्र तथा डिसेम्बर ११ र १२ तारिखमा अन्तिम वार्ता हुने तालिका रहेको छ । सम्मेलनमा यसबाहेक विभिन्न मिश्रित विषयका सत्र समानान्तर रूपमा सञ्चालन हुने सचिवालयले जनाएको छ ।

मन्त्रालयले कोप–२८ को तयारीका लागि वनमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय निर्देशन समिति, वनसचिवको संयोजकत्वमा प्राविधिक समिति र मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुखको अध्यक्षमा कार्यदल गठन गरिसकेको छ ।

यसबाहेक जलवायु वित्त, अनुकूलन, हानि नोक्सानी, उत्सर्जन, हिमाल र जलवायु, लैङ्गिक युवा, जलवायु प्रविधिलगायतका विषयगत समूह गठन गरी नेपालको राष्ट्रिय स्थितिपत्र तयार गर्ने सहसचिव पौडेलले बताउनुभयो । यसका लागि मन्त्रालयले सहभागितामूलक रूपमा विज्ञ र वैज्ञानिक, सङ्घीय सांसद, निजी क्षेत्र, सङ्घ र प्रदेश सरकारका मन्त्रालय, स्थानीय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मिडियासँग अन्तर्क्रिया गरी स्थित पत्र तयार गर्ने जनाएको छ ।

सहसचिव पौडेलले भन्नुभयो, “सम्मेलनमा नेपालको उच्चस्तरीय र प्रभावकारी सहभागिता रहनेछ । विज्ञ सम्मिलित विभिन्न विषयका वार्ता गर्ने समूहको तयारी थालिएको छ । सो अवसरमा द्विपक्षीय र बहुपक्षीय भेटवार्ता तथा साइडलाइन बैठक र वार्ता हुनेछन् । नेपालका जलवायुका क्षेत्रमा गरिएका राम्रा र सफल कार्य तथा उपलब्धिको प्रदर्शनी गरिनेछ ।”

सम्मेलनमा नेपालको आफ्नै ‘पेभिलिएन’

गत वर्ष इजिप्टको सार्म अल शेख सहरमा भएको कोप–२७ सम्मेलनमा नेपालले पहिलो पटक सम्मेलन परिसरभित्र आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको थियो । यस पटकको सम्मेलनमा कार्यक्रम गर्नका लागि नेपालले झण्डै रु ८० लाख खर्च हुने पेभिलिएन (बृहत् मण्डला) स्थापना गर्ने तयारी गरेको छ । यसको खर्चका लागि सरकारले विभिन्न आयोजक मुलुक युएई र दातृ संस्थासँग समन्वय गरिरहेको सहसचिव पौडेलले जानकारी दिनुभयो ।

नेपालले आफ्नै पेभिलिएन स्थापना गर्नसके नेपालका मुद्दामा विभिन्न कार्यक्रम गर्न सकिने र आफ्ना मुद्दा प्रदर्शन गर्न ठुलो सहयोग पुग्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ । पेभिलिएनमा सञ्चालन गरिने कार्यक्रमको तयारी तथा व्यवस्थापन लागि एक उपसमिति र विज्ञ प्रतिनिधि छनोट र रजिष्ट्रेसनको सिफारिस गर्नसमेत एक उपसमिति बनाइनेछ । हालसम्मका सम्मेलनमा आफ्नै पेभिलिएन नहुँदा नेपालले अन्य देश र संस्थाका पेभिलिएनमा कार्यक्रम गर्नुपर्ने बाध्यता थियो ।

जलवायु परिवर्तन विषयका विज्ञ मन्जित ढकालले आइसिसिसीको पूर्ण प्रतिवेदन आइसकेको अवस्थामा नेपालले यस सम्मेलनमा आफ्नो मुलुकमा जलवायुका असर कम गर्ने तथा यसको क्षतिपूर्ति लिने अवसरमा रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालले जलवायुजन्य हानि नोक्सानीलाई कार्यान्वयनमा लैजान पहलकदमी लिनुपर्ने र सम्मेलनको साइडलाइन विभिन्न वार्तामार्फत मुलुकको स्रोत जुटाउने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल हाल अतिकम विकसित मुलुकका समूह (एलडिसिज) को अध्यक्षसमेत भएकाले पनि यस सम्मेलनमा नेपालले नेतृत्वदायी भूमिका लिएर अवसरका रूपमा लिनुपर्ने उहाँले सुझाउनुभयो । एलडिसिज समूहका अध्यक्षका जलवायु सल्लाहकारसमेत रहनुभएका ढकालले मन्त्रालयले सरोकारवाला सबैको सहभागितामा अपनत्व जगाउने गरी तयारी थाल्न नेपाल सरकारलाई सुझाव दिनुभयो । साथै उहाँले सम्मेलनमा ठोस कुरा बोल्नका लागि तयारी, विभिन्न तालिम र तयारी गर्नुपर्ने भएकाले सम्मेलनमा सहभागी हुने समूह र एजेण्डाको पनि तयारी निश्चित गर्नुपर्ने बताउनुभयो ।

वनमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले हालसम्मका जलवायु सम्मेलनमा नीति नियम र आपसी समन्वयको कमीलगायत कारण काम गर्न अपेक्षाअनुसारको उपलब्धि हासिल गर्न नसकिएको बताउँदै आगामी दिनमा त्यस्तो कमजोरी नहुने गरी काम भइरहेको बताउनुभयो ।

कार्बन व्यापारको लाभ लिने सम्बन्धमा काम गर्ने संयन्त्र, विज्ञ र प्रविधि र प्रयोगशालाको कमी रहेको उल्लेख गर्दै मन्त्री महतोले यसमा पनि पूर्ण लाभ लिने गरी तयारी सुरु गरेका छौँ भन्नुभयो । नेपालले अन्तर्राष्ट्रियरुपमा गरेका प्रतिबद्धताअनुसार वन्यजन्तु र वनजङ्गल संरक्षणमा ठुलो उपलब्धि भए पनि अब संरक्षणमा ठुलो चुनौती देखिएको मन्त्री महतो बताउनुभयो । उहाँले भन्नुभयो, “बढ्दो वन्यजन्तु द्वन्द्व चुनौतीको सामना गर्नुछ, वनजङ्गललाई मुलुकको समृद्धिसँग जोड्नुपर्नेछ, संरक्षण क्षेत्रमा पूर्वाधार र विकास निर्माणका काममा अवरोध देखिएको गुनासो पनि छ । यी सबैमा देश र जनताको हितमा हुने गरी नीति निर्माण र जनशक्ति व्यवस्थापनको काम गर्न लागेका छौँ ।”

नेपालबाट उच्चस्तरीय सहभागिता हुने

यस सम्मेलनमा नेपालले उच्चस्तरीय सहभागिता जनाउने तयारी थालेको छ । आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्ले राष्ट्रपति रामचन्द्र पौडेल सम्मेलनमा निमन्त्रणा गरिसकेको छ । नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले गत साउन १६ गते उहाँलाई भेट गरी निमन्त्रणा गर्नुभएको थियो ।

विश्व जलवायु शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाउनुभएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिकरूपमा सुरु हुने ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’ तथा आगामी डिसेम्बर १ र २ मा आयोजना हुने युएईको ५२ औँ राष्ट्रिय दिवसको विशेष समारोहमा निमन्त्रणा गरिएको छ ।

नेपालबाट हालसम्म तीन सम्मेलनमा मात्र राष्ट्र/सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ । सन् २००९ डेनमार्कको कोपहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्याण्डमा भएको २७औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

उच्चस्तरीय प्रतिनिधित्वले सम्बन्धित मुलुकले सम्मेलनलाई कति गम्भीररुपमा लिएको छ भन्ने सन्देश जाने र यसले निर्णय क्षमता र कार्यान्वयनमा पनि ठुलो महत्त्व राख्न यस क्षेत्रका जानकारको भनाइ छ । रासस

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

११ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक