शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ले पदवहाली गरेलगत्तै मन्त्रिपरिषद्को बैठक आव्हान

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री ‘प्रचण्ड’ले पदवहाली गरेलगत्तै मन्त्रिपरिषद्को बैठक आव्हान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पदवहाली गरेलगत्तै मन्त्रिपरिषद्को बैठक आव्हान गरे। आफ्ना मन्त्रालयमा पदवहाली गरेपछि तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने मन्त्रिपरिषद् बैठकमा भाग लिन प्रधानमन्त्री कार्यालय पुगे।

मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी रहेका मन्त्रीहरु समेत मन्त्रिपरिषद्को बैठकमा सहभागी थिए। प्रधानमन्त्री भएपछि प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएका हुन्। बैठक सुरु भएपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तत्कालका लागि सरकारको प्रवक्ता बन्न भनेका थिए। अन्य मन्त्रीहरुले पनि प्रचण्डको प्रस्तावलाई सहजै स्वीकारे। तर गृहमन्त्री लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्वीकार गरेको स्रोतले बताएको छ।

बैठकमा केही असहजता देखिएको थियो। प्रधानमन्त्री प्रचण्डले दिन लागेको जिम्मेवारी रविले स्वीकार गरेनन्। ‘प्रधानमन्त्रीज्यूले यो मैले गरेको निर्णय हो,  सूचना र सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्म तत्कालका लागि रविजीले सरकारको प्रवक्ता बनिदिनुहोस् भन्नु भएको थियो, तर गृहमन्त्रीज्यूले मान्नु भएन।’,बैठकमा सहभागी एक मन्त्रीले अन्नपूर्णलाई बताए।

‘प्रधानमन्त्रीज्यूले केही असहज मान्नु भयो’, उनले भने।  केहीबेरको सवाल–जवाफपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मा दिएका हुन्। उपप्रधानमन्त्री पौडेलले प्रधानमन्त्रीको प्रस्ताव सहजै स्विकारे पनि। गृहमन्त्रीको जिम्मेवारी सम्हादै गर्दा लामिछानेले आफू मन्त्रिपरिषद्‍मा समेत प्रतिपक्षको रुपमा आवाज उठाउने भनेका थिए।

सरकार बाहिर हुँदा नै प्रचण्ड र रविको सम्बन्ध सुमधुर छैन। एकले अर्काको कडा आलोचना गर्दै आएका छन्। हाल रविको नागरिकता विवाद सर्वोच्च अदालतमा विचाराधिन छ। नागरिकताको विषयलाई लिएर विवादमा आएका व्यक्तिलाई गृहमन्त्रालयको जिम्मेवारी दिएपछि प्रधानमन्त्री लगायत गठबन्धनका नेताहरुको समेत विरोध भएको छ।

गृह मन्त्रालयमा बहाली हुँदै गर्दा संचारकर्मीहरुले रविलाई नागरिकता विवादबारे प्रश्न गरे। तर उनले अदालतमा मुद्दा चलिरहेको भन्दै केही प्रतिक्रिया नदिई उम्किए। नागरिकता विवादबारे आफूमाथि तेर्सिने प्रश्नहरुको सामना गर्नुपर्ने भयले रविले सरकारको प्रवक्ता हुन अस्विकार गरेको स्रोतले बताएको छ। पदबहाली गर्नेक्रममा रविले एजेण्डाअनुसार आफू सरकारभित्र पनि प्रतिपक्ष बन्ने सार्वजनिक गरेका थिए।

यो पनि पढ्नुहोस्

पूर्व सांसद कोइरी पक्राउ

पूर्व सांसद कोइरी पक्राउ

१७ मिनेट अगाडि
विनियोजित शीर्षकमाथिको छलफल सम्पन्न

विनियोजित शीर्षकमाथिको छलफल सम्पन्न

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

९१ हजार ३६३ विदेशी पर्यटक भित्रिए

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक