सोम, असार २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ: उपप्रधानमन्त्री श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको बताएका छन्।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार पद बहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि भएका सबै सकारात्मक कामलाई आत्मसात् र त्यसलाई निरन्तरता दिँदै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको जनाउँदै उनले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम भनसुन र घूस नखुवाई हुने दिन ल्याइने प्रतिबद्धता व्यक्त गरेका थिए। ‘हामीले राजनीतिक परिवर्तन गर्‍यौं, जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ। राजनीतिक अधिकारलाई माध्यम बनाएर जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ। जनताले आफ्नो जीवन परिवर्तन भएको अनुभूति गराउन सक्नुपर्छ’, उनले भने।

जनताको जीवनमा परिवर्तन हुने गरी स्वास्थ्य शिक्षा, रोजगारी खाद्यान्न, आवास, खानेपानी सडक, बिजुली उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको सामाजिक आर्थिक संरचनाको गुणात्मक फड्को मन्त्रालयको निर्णायक भूमिका रहने भएकाले त्यस दिशामा स्पष्ट साथ अघि बढ्ने बताए। उनले सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन निर्देशन दिए। मन्त्रालयका काम गर्न भनसुन गर्ने तथा पैसा खुवाउनुपर्ने अवस्थाको अन्त्य गरिने उनले बताए।

‘समयको महत्वलाई बुझेर मन्त्रालयको कामलाई गुणात्मक दिनुपर्छ, नीतिगत सुधार गरेर कामकारबाहीलाई छिटो बनाउनुपर्छ। कर्मचारीले कुनै चाकडी गर्नु पर्दैन, राम्रो काम गर्नेलाई पुरस्कृत गरिन्छ,’ उनले भने। राष्ट्रिय स्वाधीनताको रक्षा र सुशासन प्रवर्द्धन गरी राष्ट्रिय समृद्धिको यात्रामा अगाडि बढ्ने जनाउँदै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासनलाई प्रभावकारी बनाइने विश्वास दिलाए। भ्रष्टाचार र पैसाका लागि हुने अवाञ्छित गतिविधि गर्ने दिन सकिएको उनको भनाइ छ। ‘भ्रष्टाचार गर्नेहरु वा पैसालाई केन्द्रमा राख्नेले मन्त्रालयलाई कब्जामा लिन्छु भन्ने दिन गए’, उनले भने। रासस

यो पनि पढ्नुहोस्

चलचित्र विधेयकमाथि प्रतिनिधि सभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता

६ घण्टा अगाडि
संरक्षण र दिगो व्यवस्थापनबाट सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन जिल्लाकै नमुना बन्दै

संरक्षण र दिगो व्यवस्थापनबाट सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन जिल्लाकै नमुना बन्दै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सभाको बैठक आज बस्दै

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने

मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक