शुक्र, साउन २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बढ्दो चिसोमा किसानलाई कामको चटारो

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
बढ्दो चिसोमा किसानलाई कामको चटारो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

महोत्तरी । मध्य पुसमा महोत्तरीमा अत्यधिक चिसो छ । चिसोबाट बच्न अनेकन उपाय खोजीरहँदा यहाँका किसानलाई भने कामको चटारो छ । यो गहुँबाली लगाउने, गोभी, खुर्सानीलगायत तरकारी बजार पु¥याउनु पर्ने र उखुक्रसिङको समय भएकाले किसानलाई खेतीपातीको काममा भ्याइनभ्याइको अवस्था छ ।

अर्को सिजनका लागि तरकारी खेतीका लागि खनजोतको काम यसैबेला गर्नुपर्ने भएपछि किसानलाई एकपछि अर्को कामको चटारोले छोपेको हो । समय घर्कंदा बित्ने यी कामसँगै आउनै लागेको तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको जोहोमा पनि लाग्नुपर्ने बाध्यता छ । यहाँका किसानहरु मध्य पुसको थरथरी कमाउने चिसोबीच आराम गर्न पाएका छैनन् ।

“खेतीपातीको कामलाई जाडो र गर्मीको छुट दिँदैन, समयमै गर्न परिहाल्छ, असरल्ल काम छ”, भङ्गाहा–४ रामनगरका किसान अरुण गिरीले, “गोभी टिपेर आजै बजार लगिएन भने भोलिसम्म पूmल फक्रेर कक्रक्क पर्छ, तर चिसोले अलिक गाह्रो बनाएको छ ।” उहाँ यतिबेला उखु काट्ने, मुठा पार्ने र ट्र्याक्टरमा लोड गर्ने काममा पनि व्यस्त हुनुहुन्छ ।

खेतीपातीका यी कामसँगै अहिले मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारोले पनि छोपेको छ । तिलासक्रायतका लागि चिउरा÷मुरी बनाउन धान भिजाउने, उसिन्ने, कुट्ने काममा घरघरका गृहिणी लागेका छन् ।

त्यसैगरी तिल खेती गरेका किसान तिल झाँट्ने, निफन्ने काममा व्यस्त देखिन्छन् । पर्वमा चिउरा, मुरी र तिलका ‘लाई’ (लड्डु) बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान आफैँ धमाधम उखु पेलेर सक्खर पकाउन थालेका छन् । आफ्नो घरको पर्व सामग्रीको जोहो पनि हुने र यी सामग्रीले अहिले राम्रो भाउ पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका हुन् । मिथिलामा माघ सङ्क्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ ।

“पवनी (पर्व)ले छोपी सक्यो, खेतीपातीका काम असरल्ल छन्, अहिले सख्खरका लागि उखु पेल्ने, मुरी÷चिउराका लागि धान उसिन्ने र तिल झाँट्ने र बजार लाने काम छन्, लगत्तै अब १० दिनपछि अलुवा (सखरखण्ड, सुठुनी), पिँडालु र तरुल खन्ने काम सुरु हुन्छ”, रामनगर बस्तीकै ४५ वर्षीय किसान चन्देश्वर राय दनुवारले भन्नुभयो, “अहिले बजार पु¥याउन नसकिएको तिलको भाउ सङ्क्रान्तिपछि घट्छ ।”

मिथिलामा तिलासक्रायत पर्वमा अलुवा, तरुल र पिँडालुजस्ता कन्दमूल उसिनेर खाने÷ख्वाउने स्थापित परम्पराले माघे सङ्क्रान्तिअघि यी उत्पादनले राम्रो बजार पाउने गरेका छन् । मात्र एक कट्ठा क्षेत्रफलमा लगाइएको अलुवाबाट सङ्क्रान्तिअघि बजार पु¥याउनसके १० हजार हाराहारी आम्दानी गर्न सकिने दनुवारको भनाइ छ । कन्दमूल खन्ने र बजार पु¥याउने काम भने पुस चौथो साता लागेपछि थालिने दनुवारले बताउनुभयो । पर्वमा सख्खरको खुँदोमा मिसाएर बनाइने तिल, चिउरा, मुरी र जुनेलोको लाई (लड्डु) खाने÷ख्वाइने चलन छ ।

त्यसैगरी गोभी, भाण्टा, हरियो केरा, आलु, परवल र लौकीको तरुवा खाने प्रचलनले यी वस्तुले राम्रो भाउ पाउँछन् । पर्वका लागि आफ्नै घरको तयारी र पर्वअघि नै यी फसल बजार पु¥याउनै पर्ने र नियमित खेतीपातीका कामले अहिले फुर्सद पनि नभएको बलवा नगरपालिका–१० धमौराका किसान वासुदेव पासवानको भनाइ छ ।

पर्वकै तुक पारेर उखु किसान धमाधम उखु पेल्ने र खुँदो पकाएर मिठ्ठा (सख्खर) बनाउने काममा तल्लीन देखिएका छन् । “अहिले जाँगर नचलाए आम्दानी हुँदैन”, मिठ्ठा बनाउन ठूलो चुलोमा खुदो उमाल्न व्यस्त बर्दिबास–६ प्रेमनगरका किसान रामकृपाल महतोले भन्नुभयो, “उखुबाट हुने आम्दानीले वर्षभरिलाई पुग्ने अन्न जोहो गर्नुपर्छ ।”

मिथिलामा सबै जातजाति र समुदायले तिलासक्रायत पर्व मन खोेलेर मनाउने गर्छन् । यहाँका थारू समुदायको त यो मुख्य पर्व नै हुँदा एक महिना पहिलेदेखि नै तयारी थालिन्छ । थारू समुदायमा पर्वविशेषमा मासु अनिवार्य परिकारमा पर्ने हुँदा यसको जोहो गर्न केही पहिलेदेखि नै थारूहरुको व्यस्तता बढ्ने गरेको छ ।

तिलासक्रायत पर्वपछि यसको सनेस (कोसेली) पठाउने मिथिलामा आम चलन छ । विवाह भएका छोरी÷चेली (फुपू, दिदीबहिनी र छोरीभतिजी) मित÷मितिनी र नजिकी इष्टमित्रकहाँ पर्वविशेषका परिकार पु¥याइने परम्परा छ । रासस

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

१३ घण्टा अगाडि

प्रधानमन्त्री–राजदूत भेटवार्ताको संकेत र अबको बाटो

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक