बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

पृथ्वीको तापमान घटाउन छलफल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पृथ्वीको तापमान घटाउन छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जलवायु मामिलासम्बन्धी जिम्मेवारी तोकिएका अमेरिकी दूत जोन केरीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा चार घण्टा लामो वार्ता गरी पृथ्वीको तापक्रम वृद्धि घटाउने विषयमा रोकिएको कूटनीतिक वार्तालाई पुनर्जीवित गरेका छन् ।

गत वर्ष अमेरिकी संसद्की तत्कालीन सभामुख न्यान्सी पेलोसीले स्वशासित ताइवानको भ्रमण गरेर बेइजिङलाई आक्रोशित बनाएपछि दुई ठूला हरितगृह ग्यास उत्सर्जक देशहरूबीचको जलवायु वार्ता रोकिएको थियो । वासिङ्टन र बेइजिङबीच ताइवान र अन्य थुप्रै विषयमा विवाद भए पनि पूर्वविदेशमन्त्री केरीले चीनसँग तुलनात्मक रूपमा सुमधुर र निरन्तर सम्बन्ध राख्दै आएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार केरीले आफ्ना चिनियाँ समकक्षी सी झेन्हुआसँग जलवायु परिवर्तनले पृथ्वीमा ल्याएको वातावरणीय संकट र यसको नियन्त्रणका लागि विश्वका प्रमुख अर्थतन्त्र र प्रदूषणका लागि बढी जिम्मेवार मानिएका मुलुकहरूको भूमिकाप्रति सोमबार बेइजिङमा चार घण्टा लामो वार्ता गरेका थिए ।

‘जलवायु परिवर्तनसम्बन्धी मामिलाका लागि चीनका विशेष दूत सी झेनहुआले अमेरिकी समकक्षी केरीसँग करिब चार घण्टा छलफल गर्नुभएको छ,’ सरकारी प्रसारक सीसीटीभीले छलफल भएका बुँदा र सहमतिबारे थप विवरण सार्वजनिक नगरी वार्ताको पुष्टि गरेको छ ।

केरीले बताएअनुसार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उत्सर्जन घटाउने जिम्मेवारी सबैको रहेकोले विश्व जगत्ले पनि बेइजिङलाई उत्सर्जन घटाउन अझ दबाब दिनुपर्ने र त्यसका लागि प्रोत्साहित पनि गर्नुपर्ने बताएका थिए ।

चीनले लामो समयदेखि विकासशील राष्ट्रका रूपमा आफ्नो आधिकारिक हैसियतलाई उच्च उत्सर्जनको औचित्य पुष्टि गर्न प्रयोग गर्दै आएको छ । ‘तर यस सम्बन्धमा उनीहरूका लागि अझै धेरै काम गर्न बाँकी छ,’ सुलिभानले भने, ‘विदेशमन्त्री केरीले बेइजिङमा रहँदा यो कुरा राख्नु हुनेछ ।’ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अर्थमन्त्री जेनेट येलेनले अमेरिका र चीनबीचको सम्बन्धलाई स्थिर बनाउने उद्देश्यले गरेका अन्य दुई उच्चस्तरीय भ्रमणपछि केरीको यो भ्रमण भएको हो ।

ग्रान्थम रिसर्च इन्स्टिच्युट अन क्लाइमेट चेन्ज एन्ड द इन्भाइरोमेन्टका वरिष्ठ सदस्य चुनपिङ सीले भनेका छन्, ‘केरीको भ्रमण र जलवायु अन्तर्क्रियाको पुनरुत्थानले जलवायु संकटलाई सम्बोधन गर्न समन्वयात्मक प्रयासको महत्त्वलाई जोड दिन्छ ।’

जलवायु परिवर्तनको कारक हरितगृह ग्यासको प्रमुख उत्सर्जक चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जनलाई उच्च बनाउने र २०६० सम्ममा पूर्ण कार्बन तटस्थता हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।

यो पनि पढ्नुहोस्

२३८ इरानी नाविकलाई स्वदेश फिर्ता

२३८ इरानी नाविकलाई स्वदेश फिर्ता

१७ घण्टा अगाडि
इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजना

इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजना

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे संसदीय दलको बैठक सुरु

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक