शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, कुन ठाउँमा कति?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, कुन ठाउँमा कति?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भूपेन्द्र शाह ठकुरी

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङको शुल्क तोकेको छ। महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक–२०८० मा सवारी पार्किङ शुल्क निर्धारण गरिएको हो। उक्त विधेयकमा व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको दश वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्थासमेत राखिएको छ।

तर, पार्किङ प्रयोजन देखाइ नक्सा स्वीकृत गरेको भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले प्रचलित कानुन र निर्णय बमोजिम कारबाही गर्नुका साथै सम्पत्ति करसहितका सम्बन्धित अन्य कर असुल गर्ने जनाएको छ।

सवारी साधन पार्किङ शुल्कसम्बन्धी महानगरको नीति के छ ?
महानगरको आर्थिक विधेयक २०८० को दफा १२ मा सवारी साधनमा पार्किङ शुल्क लगाउने कुरा उल्लेख गरेको छ। महानगरपालिका क्षेत्रभित्र सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नदिइने विधेयकमा उल्लेख छ।

सोही दफाको उपदफा ९१० मा यो ऐन जारी भएका बखत काठमाडौं महानगरपालिका आफैंले आफ्नो क्षेत्रभित्र निश्चित अवधि तोकी दिइएको कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएबापत अनुसूची–११ बमोजिम सवारी साधन पार्किङ शुल्क लगाइ असुल गरिने उल्लेख छ। विधेयकमा आवासीय वा व्यवसायिक भवनहरुमा रहेरभएका व्यवसाय र सेवा सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङबापतको शुल्क संकलन गर्न निषेधसमेत गरिएको छ। तर, संभावित क्षेत्रहरु पहिचान गरी फुटपाथबाहेक सवारी आवागमनमा अवरोध नहुनेगरी नगर कार्यपालिकाले मापदण्ड तोकी पार्किङ सुविधा उपलब्ध गराउने महानगरपालिकाले जनाएको छ।

यस्तो छ पार्किङ शुल्कको दररेट
महानगरपालिकाले क्षेत्रगत आधारमा, सडकमा स्पष्ट रेखांकन गरी, प्रवेश र बर्हिगमन फरक–फरक हुनेगरी, कुनै पनि सडकको कूल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी आधुनिक प्रविधि प्रयोगको माध्यमबाट समयको आधारमा आफैं वा निजी क्षेत्रको सहयोगमा सःशुल्क सवारी पार्किङ व्यवस्थापन गरेको छ ।

ट

क्षेत्र नम्बर १स् न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतका भित्री सहरी क्षेत्र ९त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्म० को काठमाडौं मध्यभागका सार्वजनिक बाटो लगायत तोकिएका स्थानहरुमा सवारी साधन पार्किङ गरेबापत दुई पांग्रेका लागि पहिलो आधा घण्टासम्म रु। १५ र प्रतिघण्टा रु।२५, चार पांग्रेका लागि पहिलो आधा घण्टासम्म रु ५० र प्रतिघण्टा रु ८० का दरले शुल्क निर्धारण गरेको छ।

क्षेत्र नम्बर २स् क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानहरुबाहेकका महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक बाटोलगायत तोकिएका स्थानहरुमा सवारी साधन पार्किङ गरेबापत दुई पांग्रेका लागि प्रतिघण्टा रु १५ र चार पाङग्रेका लागि प्रति घण्टा रु ४०, चार पाङग्रेभन्दा बढीका लागि रु १०० तोकिएको छ।

लष्mद
निजी क्षेत्रबाट निजी घर, जग्गामा काठमाडौं महानगरपालिकाबाट अनुमति लिई व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ व्यवसाय सञ्चालन गर्नसक्ने समेत महानगरपालिकाको आर्थिक विधेयकमा उल्लेख छ।

पाँच वर्षसम्म व्यवसायिक कर छुट
लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायलाई व्यवसायमा लाग्ने व्यवसाय करमा पाँच वर्षसम्म शत प्रतिशत छुट प्रदान गरिने महानगरको आर्थिक विधेयकमा उल्लेख गरिएको छ।

महानगरपालिकाले आफैं वा निजी क्षेत्रको सहयोगमा आधुनिक प्रविधियुक्त पार्किङको व्यवस्था गर्ने नीतिसमेत अंगालेको छ।

निजी क्षेत्रका पार्किङलाई प्रोत्साहन
महानगरपालिकाले निजी क्षेत्रबाट निर्माण गर्ने पार्किङलाई प्रोत्साहन गर्ने नीति लिएको छ। सवारी साधन पार्किङ गर्ने क्षेत्र र निषेधित क्षेत्र काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाले तोक्ने व्यवस्था गरिएको छ। अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङमा भने शुल्क लाग्ने छैन।

क्ष्ःभ्
आर्थिक ऐन २०८० अनुसूची ११ ९ख० महानगरपालिका क्षेत्रभित्र निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यवसायिक रुपमा सञ्चालित सवारी साधन पार्किङमासमेत दर रेट तोकिएको छ। जसमध्ये दुईपाङ्ग्रे सवारी साधनको हकमा पहिलो आधा घण्टासम्मको लागि रु। १५, पहिलो एक घण्टासम्मको लागि रु। २५, एक घण्टा भन्दा बढीको लागि हरेक पन्ध्र मिनेटसम्मको लागि थप रु। ५, चारपांग्रे सवारी साधनको हकमा आधा घण्टासम्मको लागि रु। ४०, पहिलो एक घण्टासम्मको लागि रु। ७५ र एक घण्टाभन्दा बढीको लागि हरेक पन्ध्र मिनेटसम्मको लागि थप १५ रुपैयाँ तोकेको छ।

महानगरपालिकाले नक्सापास गर्दा भूमिगत पार्किङ क्षेत्र उल्लेख गरेको व्यवसायिक प्रयोजन रहेको भवनलाई पार्किङ अनिवार्य गर्नका लागि सहजीकरण गर्ने निती लिएको छ। नेपाल लाइभ

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

३ घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक