धनगढी – जिल्ला समन्वय समिति डोटीको गाडी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीन जना सामान्य घाइते भएका छन्।
जिल्ला समन्वय समिति डोटीको बा १ झ ९४३४ नम्बरको गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ बर्षिय हिरा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बुधबार बेलुका गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिका तर्फ जाँदै गर्दा अनियन्त्रीत भइ कच्ची सडकमा खसेको प्रहरीले जानकारी दिएको छ।
घाइते हुनेहरुमा बीर बहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ।


