काठमाडौं । कमेडी क्लब विथ च्याम्पियनका प्रस्तोता विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । फिल्म निर्देशक राजु गिरीले ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा मानमर्दन हुने र आफूले बनाउन लागेको चलचित्रको विषयमा जथाभाबी कन्टेन्ट बनाएको भन्दै उजुरी दिएका छन् ।
विशाल र विक्की विरुद्ध आफूले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएको निर्देशक गिरीले जनाए।
‘कमेडी क्लब विथ च्याम्पियन भाग ६९ मा मेरो र मैले बनाउन लागेको चलचित्र को ‘मेयर साप’को विषयमा नराम्रो रूपमा सामाग्री बनाइएको छ’, गिरीले भने ‘एउटा चलचित्र निर्माणका लागि ठुलो रिसर्च भएको हुन्छ । त्यसलाई जथाभाबी गर्न पाइँदैन ।’
उनले उजुरीमा सुरक्षाको मागसमेत गरेका छन् । जिल्ला प्रशासन कार्यालयले गिरीले दर्ता गरेको उक्त उजुरीलाई जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको छ ।




