काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियानका सरकारको साथ रहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको बाडेगाउँमा आयोजना गरेको अभियानको उद्घाटन गर्दै उनले सरल र निस्वार्थी नेता भट्टराईको नाममा सुरु भएको अभियानमा सरकारको सधैँ साथ र सहयोग रहने बताए।
प्रतिष्ठानका अध्यक्ष पीएल सिंहले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। – रासस

