सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

डुम्रे । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली साहित्यको  प्रवर्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताउनुभयो ।

खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय  हुनेलाई क्रमशः रु। १० हजार, रु। सात हजार र रु। पाँच हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु। पाँच हजार, रु। तीन हजार र रु। एक हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि इमेलबाट पनि कविता पठाउन सकिने व्यवस्था गरिएको छ । धधध।बमष्पबदष्दजबलगदजबपतबज्ञडठज्ञ२नmबष्।िअयm मा पठाउन सकिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान गरिनेछ । जन्मजयन्तीको कार्यक्रममा बालन, कुमालका पाउदुरे र मगरका कौराह नृत्य प्रदर्शन गरिने अध्यक्ष ऋषिराम पन्तले जानकारी दिनुभयो ।

 

छायाङ्कन हुँदै आदिकवि सम्बन्धी गीत

‘भानुभक्त आचार्य हुन् नेपालका आदिकवि

साहित्यका शिखरको चहकिलो रातो छवि

रामायण लेखे उनले, अकविता मेटे उनले

साहित्यको यौटा नयाँ मूल बाटो भेटे उनले

तनहुँका डाँडाकाँडा त्यसै पनि हराभरा

भानुभक्त जन्मेपछि मुस्कुराई वसुन्धरा’

यो गीत राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यका बारेमा ८२ वर्षीय गायक रामबाबु सुवेदीले लेख्नुभएको र गीत गाउनुभएको हो । भानुभक्तको क्षेत्र र उहाँका कृतिलाई सदैव जीवन्त राख्नका लागि गायक सुवेदीले भानुभक्तसम्बन्धी बालगीत गाउनुभएको हो ।

बालबालिकाबाट नै आदिकविको संरक्षण र प्रवर्धनमा जोड दिनसके उहाँ सदैव जीवन्त रहने उहाँको बुझाइ छ । उहाँले माया, पिरती, बिछोडका गीतमा बालबालिकालाई सहभागी गराउनुभन्दा उनीहरुको उमेरलाई सुहाउँदो गीतमा सहभागिता गराउँदा उनीहरुमा सकारात्मकता विकास हुनेको उहाँको भनाइ छ ।

उक्त गीत २१०औँ भानुजयन्तीको अवसरमा सार्वजनिक गर्ने गरी भानुभक्तको गीतमा स्थानीय १२ बालिकालाई सहभागी गराइएको निर्देशक आचार्य गोपालले जानकारी दिनुभयो । “बालबालिकालाई बालगीतमा सहभागी गराउनुपर्छ भन्ने उद्देश्यले गीत छायाङ्कन गरिएको छ, बालबालिकाको आफ्नै उमेर सुहाउँदो गीतमा नाच्न र गाउन सिकाउनुपर्छ भन्ने हेतुले गीतको छायाङ्कन गरिएको हो”, उहाँले भन्नुभयो ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्तलाई उक्त गीतले जीवन्त राख्ने उहाँको भनाइ छ । भानुभक्तकै जन्मस्थलमा छायाङ्कन गरिएको उक्त गीत यही असार २९ गते २१०औँ भानु जन्मजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ । रासस

यो पनि पढ्नुहोस्

साँखुको संस्कृति र इतिहास समेटिएका जीवन श्रेष्ठका सात कृति एकैसाथ सार्वजनिक हुँदै

साँखुको संस्कृति र इतिहास समेटिएका जीवन श्रेष्ठका सात कृति एकैसाथ सार्वजनिक हुँदै

१ हप्ता अगाडि
राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक