सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

कुवेतलाई सडन डेथमा हराउँदै भारतले जित्यो नवौं पटक साफ च्याम्पियनसिपको उपाधि

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कुवेतलाई सडन डेथमा हराउँदै भारतले जित्यो नवौं पटक साफ च्याम्पियनसिपको उपाधि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं –  साविक च्याम्पियन भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ।  लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा भारतले आमन्त्रित अरेबियन टोली कुवेतलाई सडन डेथमा पराजित गर्दै उपाधि जितेको हो। मंगलबार बैंगलोरमा भएको प्रतिस्पर्धात्मक फाइनलमा घरेलु टोली भारत सनसनिपूर्ण जित निकाल्न सफल भएको हो।

भारतको जितमा गोलरक्षक गुरप्रित सिंह नायक सावित भए। उनले कुवेती दुई खेलाडीको पेनाल्टी सट रोक्दै भारतलाई साफ च्याम्पियन बनाए। टाइब्रेकरमा ५ मध्ये दुबै टिमले समान ४-४ गोल गरेका थिए। तर  सडन डेथमा भने भारतले बाजि मार्न सफल भयो। निर्णायक पेनाल्टीमा कुवेतका कप्तान अल इब्राहिम गोल गर्न चुकेका थिए। तर त्यसअघि टाइब्रेकरमा पहिलो सटमानै कुवेतका अब्दुल्लाहको सट गुरप्रितले जोगाएका थिए। तर भारतका उदान्त सिंहले गोल गर्न चुक्दा पुन कुवेत खेलमा फर्किएको थियो। तर सडन डेथमा कप्तानको प्रहारलाई जोगाएसँगै भारत च्याम्पियन बन्यो। भारतका लागि भने सडन डेथमा महेश सिंहले गोल गरेका थिए।

निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा भारतले ५-४ ले खेल आफ्नो पक्षमा पारेको थियो। यसअघि सेमिफाइनलमा पनि भारतले अर्को अरेबियन टोली लेबनानलाई पेनाल्टी सुटआउटमानै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

खेलमा अग्रता भने कुवेतले लिएको थियो। १४ औं मिनेटमा कुवेतका स्ट्राइकर शबेव अल खल्दीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले लेफ्ट विंग्स अब्दुल्ला अमरको क्रसलाई गोलमा परिणत गरे। तर ३८ औ मिनेटमा लालिन जुवालाले भारतका लागि बराबरी गोल गर्दै भारतलाई खेलमा फर्काए। तर त्यसपछि निर्धारित र अतिरिक्त समय बराबरी सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। जसमा भारतले बाजि मार्न सफल रह्यो।

 

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

२ दिन अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक