शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

सरकारले घोषणा गरेको किसान धन दिवस

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारले घोषणा गरेको किसान धन  दिवस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । नेपाली समाजमा कामको अधिक चटारो परेमा एउटा उखान भन्ने गरिन्छ ‘आफूलाई असार १५ जस्तो भएको छ।’ हो, कृषि प्रधान देशमा असार १५ भनेको निकै चटारोको दिन हो। असारमा रोपेको मानोले नै मङ्सिरमा मुरी भित्रिने हो। त्यसैले यो दिन किसानका लागि उत्तिकै महत्वपूर्ण दिन मानिन्छ। असार १५ सम्म पनि रोपाइँ गर्न नपाए वा नसकेमा उनीहरू ठुलो बेचैनीमा पर्छन्। पानीको भेल छोपेर रोपाइँ गर्न नसके किसानको भकारी भरिँदैन। यतिबेलासम्म सुबिस्ताले रोपाइँ सके भने दही चिउरा जस्ता मिठा परिकार खाएर उत्सव मनाउने गर्छन्।

शुक्रबार असार १५ परेकाले विभिन्न क्षेत्रका व्यक्तिले धान दिवस मनाएका छन्। सरकारले घोषणा गरेको यो दिवसमा किसानलाई धन रोप्नै चटारो भए पनि अन्यलाई भने दही चिउरा खाने र सामाजिक सञ्जालमा रोपाइँको तस्बिर हालेर शुभकामना दिने उत्सव बनिदियो।

अघिल्लै रातदेखि दर्केर पानी परेपछि भक्तपुरका किसान अष्टकुमार ह्याजुलाई रोपाइँको चटारो प-यो। निकै उत्साहका साथ सबै परिवार लिएर बिहानैदेखि खेतमा खटिनुभएका उहाँलाई परिश्रमको थकाइ त छँदै थियो त्योभन्दा बढी समयमा नै रोपाइँ गर्न पाएकोमा खुसी हुनुहुन्थ्यो। सरकारले औपचारिक रूपमा नै असार १५ लाई धान दिवस मनाउने घोषणाले पनि उहाँलाई थप हौसला मिलेको थियो। ह्याजु भन्नुहुन्छ, “सरकारले धान दिवस भनेर मनाउन थालेपछि हामीलाई आफ्नो पेसाप्रति गौरवको अनुभूति हुन्छ। आनन्द लाग्छ। मेहनत पनि गरिन्छ। सकेसम्म मिठो पनि खाइन्छ।”

अर्कातिर प्रत्यक्ष रूपमा धान नै नरोपे पनि किसानलाई शुभकामना दिएर कलाकार रमाएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत किसानलाई प्रोत्साहन हुने शुभकामना व्यक्त गरेका छन्। कलाकार दीपकराज गिरीले असार १५ लाई सम्झँदै यो दिन आफूले कहिल्यै नभुल्ने बताउनुभएको छ। साथै उहाँले हास्य कलाकार किरण केसीको आजै परेको जन्मदिनको शुभकामनासमेत दिँदै लेख्नुहुन्छ, “यो दिन दही चिउरा खान म कहिल्यै भुल्दिनँ ! किनकि किरण दाइले आफ्नो जन्मदिनमा सधैँ बोलाएर सबै साथीभाइलार्ई दही चिउरा जो ख्वाउनुहुन्छ! किसानको यस्तो विशेष दिनमा जन्मनुभएका साह्रै रमाइलो, सबैलाई माया गर्ने किरण दाइलाई जन्मदिनको शुभकामना!!!”

त्यस्तै कलाकार पुष्प खड्काले ‘असार १५ सँगको मेरो भेट’ भनेर आफू खेतमा कोदाली बोकेर उभिइरहेको फोटो राख्नुभएको छ। गायिका सुनिता दुलालले आज असार १५ दही चिउरा खाने दिन तथा धान दिवसको सबैमा शुभकामना भन्नुभएको छ। उहाँले सिन्धुपाल्चोकमा रोपाइँ गरिरहेको फोटो सामाजिक सञ्जालमा राख्नुभएको छ।

नायिका केकी अधिकारीले सबैलाई धान दिवसको हार्दिक शुभकामना भनेर लेख्नुभएको छ। गायक रामचन्द्र चन्दले असार १५ मानो रोपी मुरी फलाउने दिनको शुभकामना दिँदै आफ्नो पुरानो मौलिक असारे गीत ‘साइँला दाइ’ लाई पुनः सामाजिक सञ्जालमा राख्नुभएको छ। नेपालको प्रमुख खाद्यबालीका रूपमा रहेको धानको महत्व र उत्पादनमा वृद्धिका लागि यो दिवसले थप हौसला प्रदान गरेको उहाँको भनाइ छ। समयमा नै रोपाइँ गर्न पाउनुलाई उत्सव नै सम्झने किसान त्यतिबेला गर्दा आफ्ना दुःख, पीर, व्यथा र जीवन भोगाइलाई असारे गीतका रूपमा गाउँदै रमाउने गर्छन्।

असारे भाका र संस्कृति नेपालको मौलिक पहिचान भए पनि यो क्रमशः लोप हुँदै गएकोमा लोकगायिका ज्ञानु पहारीको चिन्ता छ। उहाँ भन्नुहुन्छ, “केही समययता नेपाली समाजले असारे गीत बिर्सिन थालेको छ। वैशाख नलाग्दै तीज गीत घन्कन थाल्छन्। ती गीत रेकर्डिङ र म्युजिक भिडियोको छायाङ्कनमै कलाकारको दिन बित्छ। असारे गीत र भाकाको न खोजी हुन्छ। न त रेकर्डिङ नै।”

असारे गीतमा आफूले लगाएको बालीनाली सप्रियोस् भनेर कामना हुने लोकगायक पुरुषोत्तम न्यौपानेको भनाइ छ। लोकगायक न्यौपाने भन्नुहुन्छ, “चाहे त्यो पूर्वमा गाइने असारे भाका होस्, चाहे त्यो पश्चिममा गाइने। पहाडमा गाइने असारे गीत होस् वा तराईका फाँटमा। असारे गीतले धानमा किरा नलागोस्, असिनाले नथिचोस् र राम्ररी धान फलोस् भनेरै कामना गर्दछ।”

यो पनि पढ्नुहोस्

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

२१ घण्टा अगाडि
ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक