शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सहकारीलाई समाजवादी बनाउनु जरुरी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रीति रमण
देशको अर्थतन्त्रमा आएको समस्याका कारण विभिन्न क्षेत्रमा असर पुगेको छ । त्यसको एउटा उदाहरण हो, सहकारीमा देखिएको संकट । सहकारीमा समस्या आएका कारण थुप्रै सर्वसाधारण पनि समस्यामा आएका छन् । त्यसकारण यसको अवधारणमा नै अब नयाँपन ल्याउने वा पुनर्संंरचना गर्ने भन्ने विकल्पहरुमा छलफल देखिएको छ । सर्वप्रथम त सहकारीको अवधारणामा नै छलफल गरौं । वित्तीय संरचनामध्येको एक सहकारी विशेषगरी सामान्य आय भएका सर्वसाधारणले बचत गर्ने संस्था हो । दैनिक, साप्ताहिक, पाक्षिक वा मासिक रुपमा थोरबहुत रकम जम्मा गर्नेहरुबाट सहकारी सञ्चालित हुन्छ । तर, यसरी आएको रकम सहकारीले विशेषगरी महँगो ब्याजदरमा लगाउने गर्छ । सहकारी देशका हरेक गाउँमा फैलिएका छन् । यसले गर्दा सर्वसाधारणमा अलिअलि भए पनि रकम बचत गर्ने संस्कार सुरु भएको छ ।

सहकारी रकम बचतमा मात्र सीमित छैन । यसले कृषि उत्पादनका लागि मलबीउ सहयोग गर्ने, कृषि क्षेत्रमा लगानी गर्ने, कृषकका उत्पादन किनेर बिक्री गर्ने जस्ता बहुआयामिक कामहरु गर्दै आएको छ । सहकारीका सुरुवातका योजना र केही वर्षसम्म गरेका कामहरुका कारण यो मोडल सफल भएको मान्न सकिन्छ । सहकारीका कारण थुप्रै सर्वसाधारणको जीवनस्तरमा पनि सुधार आएको यथार्थलाई नकार्न सकिँदैन । तर, पछिल्लो समय भने यो क्षेत्रमा विकृति देखिएको छ । विशेषगरी रकम बचत गर्ने सहकारीमा यस्तो विकृति देखापरेको हो । यसको कारण हो, सहकारीमा हुने रकमको दुरुपयोग । सहकारीको रकम दुरुपयोगमा भने यसकै सञ्चालकहरु सहभागी हुने गरेका छन् । सहकारीको ठूलो रकम अहिले विशेषगरी घरजग्गामा लगानी हुने गरेको छ । यसबाहेक पनि सेयर र अन्य लगानीमूलक क्षेत्रमा पनि सहकारीको रकम लगाइने गरेको छ । पछिल्लो समय देशमा घरजग्गाको कारोबार सुस्त छ । अर्थतन्त्रमा आएको समस्याका कारण घरजग्गा क्षेत्रमा पनि मन्दी देखिएको छ । यही कारण अवैध रुपमा सहकारीका सञ्चालकले गरेको लगानी पनि घरजग्गा क्षेत्रमा नै डुबेको छ । जसका कारण उनीहरु सर्वसाधारणलाई बचत रकम नै फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । त्यही कारण केही सहकारीहरु बन्द भएका छन् । केही सञ्चालहरु फरार भएका छन् ।

केहीलाई प्रहरीले पक्राउ पनि गरेका छन् । यस्तो अवस्था आउनुको कारण हो, सहकारी ऐनको पालना नहुनु । सहकारी ऐनको प्रस्तावनामा सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका किसान, कालिगड, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ । आत्मनिर्भर, दिगो एवं समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्न छरिएर रहेको पूँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा संगठित गर्ने ऐनको उद्देश्य छ । तर, यी सिद्धान्तहरुबाट अहिले सहकारीहरु चुक्दै आएको स्पष्ट छ । त्यसो भए सहकारीमा देख्रिएको यो विचलनलाई रोक्न र यसको सदुपयोग कसरी रोक्न सकिएला त ? यसको सही उत्तर सहकारीलाई समाजवादी दिशामा बदल्नु नै हुन सक्छ । मिश्रित आर्थिक प्रणाली भएको देश नेपालमा समाजवादको आधार निर्माण गर्न सरकार, सहकारी र निजी क्षेत्रको भूमिका रहने कुरा संविधानमा उल्लेख गरिएको छ । समाजवादका आधार निर्माण गर्न भुइँ तहसम्म पुगेर सहकारीले बहुआयामिक क्षेत्रमा भूमिका खेल्न अनि मुलुकको विकास र समृद्धिमा योगदान गर्न सक्छन् । तर यसका लागि अहिलेको जस्तो अवस्थामा भने सम्भव छैन । सहकारी कानुनको पालना हुन नसक्दा अहिलेको विकृति देखिएकाले सरकारले कानुन पालनामा कडिकडाउ गर्न आवश्यक छ । यस्तै, सहकारी सर्वसाधारणहरु श्रमिक, किसानहरुलाई लक्षित गरेर सञ्चालन र उनीहरुलाई बढीभन्दा बढी लाभको मात्रा वितरण गर्ने अवधारणामा सञ्चालन हुन आवश्यक छ । अहिले सर्वसाधारणको रकममा थोरै सहकारी सञ्चालकहरुले रजाइँ गर्दै आएका छन् ।

सहकारीमा जम्मा भएको रकम आफ्नो फाइदा हुने क्षेत्रमा लगानी गर्ने र नाफा कमाउने सञ्चालकहरुको कारणले नै गर्दा अहिले सहकारी संस्थाहरु आलोचनाको केन्द्र बनेका छन् । सहकारी सिद्धान्त र सहकारी ऐनले परिकल्पना गरेको भन्दा भिन्न तरिकाले सहकारी अभ्यास भएकाले नेपालको सहकारी क्षेत्र गम्भीर संकटमा फसेको छ । देशका सम्पूर्ण सहकारी संस्थामध्ये करिब ४० प्रतिशत बचत तथा ऋण सहकारी संस्था छन् र अन्य विषयगत सहकारीले पनि बचत ऋणलाई नै मुख्य कारोबार बनाएका छन् । यसले आम मानिसमा सहकारी भनेकै पैसाको किनबेच वा कारोबार हो भन्ने कुरालाई स्थापित गरिदिएको छ । तर, यसको प्रयोग कृषि उत्पादन, बिक्रीका लागि बजार व्यवस्थापन जस्ता धेरै क्षेत्रमा गर्न सकिन्छ । यस्तै, अन्य साना व्यवसायहरु सञ्चालन र नागरिकलाई आत्मनिर्भर बनाउनेतर्फ पनि प्रयोग गर्न सकिन्छ । सहकारीमा अत्यन्त न्यून कमाइ हुनेहरुको पनि पहुँच हुने र त्यसमार्फत उनीहरुको पहिचान र सहयोग परिचालन गर्न सकिने ठूलो सम्भावना छ । सहकारीमा रकम जम्मा गर्न गाउँहरुमा समूहहरु पनि निर्माण हुने गरेका छन् । सरकारले सहकारीलाई समाजमा आर्थिक रुपमा पछाडि परेका वर्गहरुलाई पहिचान र उनीहरुलाई बचतमा सहभागी गराउने, सीप सिकाउने, कृषि उत्पादनमा सहयोग दिने, घरजग्गा प्राप्तिका लागि सहयोग गर्ने जस्ता कामहरु गर्न सक्छन् । सरकारले यी कामहरुका लागि सहकारीलाई प्रयोग गर्न सक्छन् । यसका लागि सरकार, सहकारी सबैको इच्छाशक्ति हुनु जरुरी छ । – जनधारणाबाट

यो पनि पढ्नुहोस्

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

१ वर्ष अगाडि

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

कर्मचारी ट्रेड युनियन ऐन भत्काउने अभियान अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक