आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेदरल्यान्ड्सलाई हराए नेपाल सुपर सिक्स पुग्ने सम्भावना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेदरल्यान्ड्सलाई हराए नेपाल सुपर सिक्स पुग्ने सम्भावना

HARARE, ZIMBABWE - JUNE 18: Aasif Sheikh and Kushal Bhurtel bump gloves as they prepare to bat prior to the ICC Men's Cricket World Cup Qualifier Zimbabwe 2023 match between Zimbabwe and Nepal at Harare Sports Club on June 18, 2023 in Harare, Zimbabwe. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार (आज) नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जितेर  पहिले फिल्डिङ रोजेको हो । नेपाललाई छनोटको सुपर सिक्समा स्थान  बनाउन आजको खेल जित्नै पर्ने दबाब छ । नेदरल्यान्ड्सलाई हराएमात्र नेपालको सुपर सिक्स पुग्ने सम्भावना रहनेछ ।

समूह चरणमा नेपालको अन्तिम खेल हो भने नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाललाई अगाडि बढ्न आजको खेल जित्नुका सार्थ वेस्ट इन्डिजको खेलमा समेत नेदरल्यान्ड्स हार्नुपर्नेछ । आज पराजित भएका नेपालको सुपर सिक्स यात्रा सकिने छ ।

समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

यता दुई खेल सकेको नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । अर्को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले हराएको थियो ।

नेपाललाई हराएमा नेदरल्यान्ड्स  सुपर सिक्समा पुग्नेछ । जिम्बावे जानुअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच यसअघि दुई वटा एक दिवसीय खेल भएका छन् । जसमा दुवै टोलीले एक एक खेल जितेका छन् । समूहमा नेपाल र नेदरल्यान्डको समान दुई दुई अङ्क छ ।

दुई खेलबाट वेस्ट इन्डिज र जिम्बावेले चार चार अङ्क बनाएको छ । वेस्ट इन्डिज र जिम्बावको सुपर सिक्स यात्रा लगभग तय भएको छ । वेस्ट इन्डिज र जिम्बावे पनि आजै भिड्दै छन् । तीन खेल हारेको अमेरिकाको भने सुपर सिक्स यात्रा सकिएको छ ।

१० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

वेस्ट इन्डिजविरुद्ध नेपाल–११ 

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

२ दिन अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक