आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

समाजवादी मोर्चाको आत्मसमर्पणको बाटो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
समाजवादी मोर्चाको आत्मसमर्पणको बाटो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यथास्थितिको विकल्प जनताको माग, समाजवादको आवरणमा दलालहरुको राज !
काठमाडौं । नेपाली राजनीतिक दलहरुबीच एकता र टुटफुटको श्रृंखलामा ‘समाजवादी मोर्चा’ नामको फेरि अर्को एउटा मोर्चा घोषणा भएको छ । मोर्चामा केही यस्ता पुराना राजनीतिक दल छन्, जो पटकपटक ‘टेस्टेड’ भई जनताबाट क्रमशः विश्वास गुमाउँदै गएका छन्, ती दलहरु जसको विकल्प जनताले खोजिरहेका छन्, तर उनीहरुलाई नै समावेश गदै कम्युनिस्ट पार्टीको सहभागितामा ‘समाजवादी मोर्चा’ गठन भएको हो ।

संघीय संसद्मा रहेका तीन दल र अन्य एक दल मिलेर समाजवादी मोर्चा गठन गरेका छन् । संसद्मा प्रतिनिधित्व गरिरहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीसहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नयाँ मोर्चा गठन गरेका हुन् । प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२ सीट छ । जसपाको १२ र एकीकृत समाजवादीको १० सीट जोड्दा मोर्चाको कुल संख्या ५४ पुगेको छ ।

तर, मोर्चामा आबद्ध पार्टीहरुमध्ये माओवादी केन्द्रले विस्तारै जनमत गुमाउँदै गएका छन् । सशस्त्र जनयुद्धको विरासत भएको र देशमा लोकतन्त्र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको माओवादीका पार्टीका नेताहरुप्रति जनताले विस्तारै विश्वास गर्न छाडेका छन् । यसको कारण हो, माओवादी नेताहरुप्रति जनताले गरेको अपेक्षा पूरा नसक्नु । अर्कोतर्फ केही नेता भ्रष्टाचार, अनियमिततामा संलग्न हुनु जस्ता कारणले पनि माओवादी केन्द्रप्रतिको जनताको आकर्षण अब पहिलेजस्तो छैन । माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जसपा पनि जनताको विश्वास गुमाउँदै गएका पार्टी हुन् । जसपाको विकल्पमा तराई मधेसमा अन्य दलहरु उदाइसकेका छन् । लामो समय सत्तामा रहे पनि जनताको वास्तविक समस्या समाधान गर्न नसक्दा यी दलले जनमत गुमाउँदै गएका हुन् ।

यसैमा लामो समयदेखि क्रान्तिकारी छवि कायम राखेको र जनताको समस्याका लागि विभिन्न माध्यमबाट संघर्ष गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि मोर्चामा सहभागी भएको छ । पुराना दलको यो एकताको श्रृंखलामा नेपाल कम्युनिष्ट पार्टी नयाँ हो । तर, यथास्थितिको विकल्पका खोजिरहेका जनताका लागि समाजवादी मोर्चा आत्मसमर्पणको बाटो हुनसक्ने अनुमान गर्न सकिन्छ । यस्तै, लामो समयदेखि तराई मधेशको जनताको नाम लिँदै सत्ताको लाभ लिइरहेका उपेन्द्र यादवजस्ता व्यक्तिको प्रवेशले पनि मोर्चा सफल हुनसक्ने सम्भावना न्यून देखिन्छ ।

अहिले मोर्चा गठनको प्रमुख कारण हो, सत्तामा टिकिराख्ने प्रधानमन्त्री प्रचण्डको प्रयास । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ८८ अनि दोस्रो शक्तिमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको ७९ सीट छ । प्रचण्ड कांग्रेससहित दलको सहयोगमा प्रधानमन्त्री बनेका हुन् । तर, कम सीटका कारण प्रचण्डको प्रधानमन्त्री पद जुनसुकै बेला धरापमा पर्ने सम्भावना छ । त्यसकारण पनि मोर्चा गठन गरेर संसदमा आफूलाई शक्तिशाली देखाउने प्रयत्नमा प्रचण्ड छन् ।

मोर्चा गठनलाई लिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि त्यही आशंका गरेका छन् । उनले मोर्चा राजनीतिक बार्गेनिङको अस्त्र बन्न नहुने धारणा राखेका छन् । ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन । यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो,’ उनले ट्विटमार्फत् भनेका छन्, ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् । केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’

तर, मोर्चा घोषणा सभामा बोल्ने नेताहरूले मुलुकमा ’वाम एकता’ आवश्यक भएकाले मोर्चाबन्दी गरिएको र यो दीर्घकालीन हुने दाबी गरेका छन् । साथै संघीय समाजवादी गणतन्त्र र धर्म निरपेक्षताका पक्षमा तथा वैदेशिक हस्तक्षेपको विरूद्ध उभिने वाचा पनि उनीहरूले गरेका छन् । ‘समाजवादी मोर्चामा हामीले वैचारिक राजनीतिक रूपमा हाम्रा प्रतिबद्धता के के छन्, नीतिगत सवालहरूलाई १५ बुँदामा क्लियर (स्पष्ट) गरेर मोर्चाको सङ्गठनात्मक ढाँचा कस्तो हुन्छ भन्ने एउटा मोटो समझदारी गरेका छौं,’ जसपा नेता राजेन्द्र श्रेष्ठले भने ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले भने समाजवादी मोर्चा बुढाहरुको क्लब भएको टिप्पणी गरेका छन् । उनले समाजवादी मोर्चामा रहेका दलहरुबीच पछि झगडा पर्ने र अलग हुने दाबी गरे । ‘यो प्रौढहरुको क्लब हो । यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो ‘। यो बुढाहरुको क्लब हो । भविष्यको सपना केही पनि छैन’ भट्टराईले भने, ‘समाजवादी मोर्चा बनाएर दलहरु अस्तित्वको संकटमा छन् । मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन् ।’ मोर्चामा रहेका दलहरुको समाजवादमा पुग्ने बाटो फरक रहेको र समान दृष्टिकोण नरहेको कारण मोर्चा असफल हुने उनले दाबी गरेका हुन् । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

पृथ्बी राजमार्ग सञ्चालनमा ल्याउने तयारी

तिब्बत तर्फबाट विनाशकारी बाढी, मेडिकल टिम बोकेर सेना बाढीग्रस्त क्षेत्रमा

२ हप्ता अगाडि
रास्वपाको महाधिवेशन भव्य तयारी

रास्वपाको महाधिवेशन भव्य तयारी

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक