काठमाडाैं । आईएमएस ग्रुप प्रस्तुत गर्दछ ” Kids Expo २०२२ “, नेपालको पहिलो र सबैभन्दा ठूलो बाल बालिका को Expo नेपालको पहिलो र सबैभन्दा ठूलो एक्सपो; शिशु र बालबालिका हरुको लागि भनेर यही २४ डिसेम्बर (१०-५ बजे), शनिबार, राई स्कूल, नक्सालमा हुँदैछ ।
यस Kids Expo मा आईएमएस ग्रुप Title Sponsor र स्मार्टडोको अनलाइन पार्टनर रहेका छन। अन्तराष्ट्रिय र राष्ट्रिय ब्रान्डहरु जस्तै डा. ब्राउन, क्रेन, क्रेन बेबी, बिबिलव, ड्रीमबेबी, हिमालया, पाराकिटो, स्मार्टडोको, किको, सी.जी फूड्स, मामाअर्थ, बेबी ट्री,चोकोफन,कोजी लाउन्ज वेयर, स्विमसुइट नेपाल, किड्जको, फन स्टेशन, कृष्णा पौरोटी भण्डार र अन्य धेरै ब्राण्डहरुको स्टल प्रदर्शन मा हुनेछ ।
अभिभावक र बच्चाहरुले विभिन्न स्टलहरुबाट सामान किनमेल गर्न, स्वादिष्ट खानाहरु खान, विभिन्न खेलहरुका मजा लिन साथ साथै Lucky Draw मा सहभागी भई पुरस्कारहरु जित्ने मौका पाउन सक्नु हुनेछ ।
भिजिटरहरूले ब्राण्डहरुमा भारि छुट र अफरहरुको मज्जा लिन सक्नु हुनेछ । यस Kids Expo मा सेलिब्रिटीआमाहरु जस्तै प्रियंका कार्की, जेनिसा मोक्तान, रीचा शर्मा र श्वेता खड्का आफ्ना बच्चाहरुसँग उपस्थित हुनेछन् ।
भिजिटरहरूले मात्र रु.२५०/- मा टिकट खरिद गर्न सक्ने छ, जसमा १३ वर्षभन्दा मुनिका बच्चाहरुलाई नि:शुल्क प्रवेश हुनेछ ।
आगन्तुकहरुले ई-सेवाबाट अनलाइनमा टिकटहरु खरीद्न गर्न सक्ने छ वा आईएमएस लिटिल स्माइल्स शोरूमहरु (दरबारमार्ग र सिटी सेन्टर), राई स्कूल (नक्स|ल), किड्जको (आयप्लेक्स मल, बानेश्वर), र गुडफेलास (बसन्तपुर) मार्फत टिकटहरु खरीद्न गर्न सक्ने छ।


