आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपाल पराजित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपाल पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ। आइतबार भएको खेलमा नेपाललाई घरेलु टिम जिम्बावेले ८ विकेटले पराजित गरेको हो।

नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४।१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

जिम्बावेको जितमा दुई ब्याटरले शतक प्रहार गरे। क्राग इर्भिन र सिन विलियम्सले शतक प्रहार गरे। इर्भिनले नटआउट १२१ रन र विलियन्सले नटआउट १०२ रन जोडे।

त्यसअघि ओपनर जोएलर्ड २५ रन र माधेवेरे ३२ रन जोडे।

बलिङमा नेपालका सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए।

नेपालले बनायो २९० रन

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टिमले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन जोड्यो। यो नेपालको एकदिवसीय खेलमा तेस्रो ठूलो स्कोर हो।

सुरुवाती दुई ओभरमा रन जोड्न नसके पनि नेपालले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो। कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि अर्धशतक प्रहार गर्दै ३१।५ ‌ओभरमा पहिलो विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। यो साझेदारी नेपालका लागि एकदिवसीय खेलमा समग्र विकेट र पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हो।

दुर्भाग्यवस ९९ रनमा आउट हुन पुगेका कुशलले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरेका थिए। तर उनी टेस्ट टिमविरूद्ध शतक बनाउने ऐतिहासिक अवसरबाट भने चुके। शतक बनाउन एक रन बाँकी रहेको अवस्थामा कुशल मासाकाड्जाको बलमा बोल्ड हुन पुगेका थिए।

अर्का ओपनर आसिफ शेखले ६६ रन जोडे। उनले १०० बलमा ७ चौका हिर्काए। उनलाई पनि माजाकाड्जाले नै क्याच गराए।

कप्तान रोहित पौडेल र कुशल मल्लले नेपालको इनिङ उकासे। दुईबीच तेस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो।

रोहित २९ बलमा ५ चौकाको मद्दतमा ३१ रन जोडेर आउट भए। यस्तै कुशल मल्लले ४२ बलमा २ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडे।

आरिफ शेख १० रनमा आउट पेभिलियन फर्के भने गुल्सन झाले १३ रन जोड्न सके। लगत्तै भीम सार्की डकआउट भए। दीपेन्द्रसिंह ऐरी अन्तिम दुई बल खेल्न बाँकी छदा ६ रनमै आउट भए।

बलिङमा जिम्बावेका गाराभाले ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दा ४३ रन खर्चिए।

मासाकाड्जाले २ विकेट हात पारे। मासाकाड्जाले १० ओभरमा ४२ रन खर्चिदा ३१ बल डट फ्याँकेका थिए।

नेपाली टिम स् कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने।

१० टिमले सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

अब नेपालले असार ५ अमेरिका, वेस्ट इन्डिज असार ७ र असार ९ नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच(पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन(तीन टिम पुग्नेछन्।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

१ दिन अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

३ दिन अगाडि

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक