मोरङ । सुन्दरहरैचा नगरपालिका-१० किस्ती पुलस्थित सडकमा मे.१ ख २७२७ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय भगतसिंह ठकुरीको बिहीबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


