शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सर्लाही। सर्लाहीको उत्तरी चुरेभेग र त्यस आसपासका बस्तीमा दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।

मङ्गलवार रातिदेखि चुरे भेगका बस्ती र चुरे पाखा तल फेदीका बस्तीहरूमा बिजुली अवरुद्ध भएको हो । ईश्वरपुर नगरपालिका–१२, घारिबथानका अर्थबहादुर बम्जनले आफूहरूको क्षेत्रमा मङ्गलबार रातिदेखि बिजुली अवरुद्ध भएकाले मोबाइल चार्ज गर्न समेत नपाएको गुनासो गर्नुभयो ।

चार्ज नभएर मोबाइल ‘अफ’ हुँदा स्थानीय सञ्चार सम्पर्कविहीन बनेका छन् । हावाहुरीले ठाउँ–ठाउँमै पोल भाँचिएको र तार लत्रिएर भुईँमा खसेकाले चुरे भेगमा विद्युत् अवरुद्ध भएको हो ।

बत्ती अवरुद्ध हुँदा कुटानी पिसानी गर्ने मिल र अन्य विद्युतीय उपकरणबाट हुने सम्पूर्ण काम ठप्प भएका छन् । स्थानीय वडा कार्यालय र अन्य सङ्घसंस्था तथा कार्यालयको कामकाज पनि प्रभावित बनेको छ ।

मङ्गलबार रातिको हावाहुरीले हरि वन नगरपालिका–१, बिलन्दीमा बिजुलीको पोल भाँचिदा दुई सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । हावाहुरीले पूर्व–पश्चिम राजमार्ग क्षेत्र र बजार भेगमा समेत व्यापक क्षति गरेकाले नेपाल विद्युत् प्राधिकरणका कर्मचारी गाउँतर्फ पस्न पाएका छैनन् ।

लालबन्दी वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले बुधवार दिउँसो पखको हावाहुरीले नवलपुरस्थित बागवानी जङ्गलमा दुई वटा रुख ढलेर ११ वटा पोलको तार लत्रिएकाले सबै प्राविधिकले त्यसैमा लागिपरिरहेका बताउनुभयो । उहाँका अनुसार हरि वन, हरिपुर, बागमती क्षेत्रमा भने बत्ती सुचारु नै छ ।

लालबन्दी क्षेत्रमा राति हरिपुरबाट तानिएको बत्ती जोडिएको भए पनि त्यताबाट पनि प्राविधिक समस्या आएपछि बिहीबार बिहानबाट फेरि बत्ती अवरुद्ध भएको उहाँले जनाउनुभयो । बत्ती अवरुद्ध हुँदा जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा बिजुलीबाट हुने सबै काम ठप्प भएका छन् ।

वितरण केन्द्र प्रमुख साहका अनुसार मङ्गलवार रातिको हावाहुरीले लालबन्दी ६ स्थित फुटबल चौर क्षेत्र र लालबन्दी १७ रानिगञ्ज जङ्गल क्षेत्रमा बिजुलीको खम्बा र तारमा धेरै क्षति पुर्‍याएकाले मर्मतमा समय लागिरहेको छ । उहाँले बागवानी जङ्गल क्षेत्रमा लत्रिएको तार उठाएपछि प्राविधिक टोलीलाई भित्री बस्तीतर्फ परिचालन गरिने जनाउनुभयो ।

प्राधिकरणसँग प्राविधिक समेत थोरै हुँदा अहिले हावाहुरीको समस्यामा विद्युत् अवरुद्ध भएपछि सुचारु गर्न समय लाग्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनचाँदीमा ०.५ प्रतिशत सीप प्रवद्र्धन व्यवस्था

३ हप्ता अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक