आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चर्च ब्वाइज ‘ए’ डिभिजनको डेब्युमै च्याम्पियन भएर सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
चर्च ब्वाइज ‘ए’ डिभिजनको डेब्युमै च्याम्पियन भएर सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली फुटबलको सबैभन्दा ठुलो घरेलु प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग चर्च ब्वाइज क्लबलाई च्याम्पियन बनाउँदै सम्पन्न भएको छ ।

डबल राउन्ड रोविन लिगमा कूल एक सय ८२ खेल सम्पन्न भएसँगै चर्च ब्वाइज ‘ए’ डिभिजनको डेब्युमै च्याम्पियन बनेको हो । ‘ए’ मा उक्लिएको पहिलो सिजन नै उपाधि उचालेको चर्च ब्वाइज लिग जित्ने १६औँ टोली बनेको  छ । संयोगवश पहिलो पटक ‘ए’ डिभिजन खेलेको एफसी खुमलटार पहिलो वर्ष नै  रेलिगेसन (‘बी’ डिभिजनमा घटुवा) मा परेको छ ।

यसअघि मनाङ मर्स्याङ्दी फुटबल क्लबले सर्वाधिक आठ पटक उपाधि उचालेको छ । रानीपोखरी कर्नर टिम (आरसिटी)ले ६ पटक लिगको उपाधि उचालेको छ । साथै चर्च ब्वाईज मनाङ मर्स्याङ्दी पछि लगातार ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग जित्ने दोस्रो टोली समेत बनेको छ ।

२०६६ सालमा स्थापना भएको चर्च ब्वाईज २०७८ मा ‘सी’ च्याम्पियन, २०७९ मा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको थियो । यसअघि मनाङ २०४१ मा ‘सी’ च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा उक्लिएको मनाङले २०४२ मा नै ‘बी’ च्याम्पियन र २०४३ मा ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो ।

यस्तै प्रशिक्षक बालगोपाल महर्जनको नाममा पनि पहिलो लिग उपाधि हात लागेको छ । २०६१ सालमा खेलाडीको रूपमा थ्रिस्टार क्लबबाट शीर्ष डिभिजन लिगको उपाधि उचालेको बालगोपालले २०८० मा चर्च ब्वाईजलाई प्रशिक्षकको रूपमा उपाधि दिलाउन सफल हुनुभएको छ ।

खुमलटारसँगै विभागीय टोली एपिएफ क्लब रेलिगेसनमा परेको छ । लिगका साबिक विजेता मच्छिन्द्र दोस्रो, नेपाल पुलिस क्लब तेस्रो, जावलाखेल चौथो, सातदोबाटो यूथ क्लब पाँचौँ, एनआरटी छैटौँ, आर्मी सातौँ, मनाङ आठौँ, थ्रिस्टार नवौँ, सङ्कटा १०औँ, हिमालयन शेर्पा ११औँ र फ्रेन्ड्स क्लब १२औँ स्थानमा रह्यो ।

यसपटक ‘ए’ डिभिजनलिगका खेलहरू दशरथ रङ्गशालामा, एन्फा मैदान सातदोवाटो र च्यासल मैदानमा सञ्चालन भएका थिए ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

१ दिन अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक